menu bar

Friday, September 18, 2015

जन्ममा मरे होलान् भनी ठानिएका बच्चा विश्व प्रसिद्ध पास्टरसाथै लेखक बने



तिनको जन्ममा तिनी मरे होलान् भनी ठानियो त्यसैले धाईहरूको ध्यान आमापट्टि गयो जो बेसरी बिरामी परेकी थिइन् तर ४० मिनेटपश्चात् शिशुको धड्कन फेला परेपछि तिनलाई जीवन दिने कोसिस गरियो तिनी बाँच्न सफल भए

ती बच्चा अद्भूत देखा परे तिन वर्षको उमेरमा तिनले बाइबलको एउटा पद कण्ठ पारे, “किनभने मानिसको पुत्र हराएकालाई खोज्न बचाउन आएको हो” (लूका १९:१०) आठ वर्षको उमेरमा तिनले बाइबललाई एक पटक पढेर सिद्धयाए नौ वर्षको उमेरमा दुई पटक चौध वर्षको उमेरसम्म आइपुग्दा तिनले जम्माजम्मी चौध पटक बाइबल धर्मशास्त्रलाई पढेर सिद्धयाइसकेका थिए

एक पटक परिचित प्रचारक डी. एल. मुडीले एउटा ठुलो भिडलाई प्रचार गरिरहँदा ती विलिक्षण केटोको मनमा यस्तो विचार आयो, “हे प्रभु, मलाई पनि एक दिन यत्तिकै ठुलो भिडलाई प्रचार गर्न सहायता गर्नुहोस्

तर डोनाल्ड मुन्रो नाउँ गरेका प्रचारकसँगको भेटघाटपछि ती प्रतिभावान् ठिटोलाई लाग्यो कि तिनले नयाँ जन्म नै पाएका रहेनछन् आगामी महिनासम्म आफ्नो आत्मिक समस्यासित जुधेपछि १३ वर्षको उमेरमा तिनले येशूलाई प्रभु मुक्तिदाताको रूपमा अङ्गाले तिनको नाउँ होएच. . आइरनसाइड   

ख्रीष्टाब्द १८७६ मा क्यानडामा जन्मेका आइरनसाइड परिचित बाइबल शिक्षक, प्रचारक, ईश्वरशास्त्री, पास्टरसाथै लेखक बने तिनले असी ओटाभन्दा बेसी पुस्तकसाथै पर्चाहरू प्रकाशित गरे

Leave Your Comments Here.