२
शमूएलको पुस्तकमा हामी पढ्छौँ,
“तर राजा [दाऊद]
ले अरौनालाई भने,
‘होइन, म ती
तिमीबाट किन्नेछु । पैसा
नपरेको चीज लिएर
परमप्रभु मेरा परमेश्वरलाई
म बलिदान चढाउनेछैनँ
।’ यसकारण दाऊदले
त्यो खला र
गोरुहरू चाँदीका पचास सिक्कामा
किने” (२४:२४)
। तर १
इतिहासको पुस्तकले बताउँछ, “यसैले
त्यस जग्गाको निम्ति
दाऊदले अरौनालाई छ सय
सुनका सिक्का दिए,
र तिनले त्यहाँ
परमप्रभुको निम्ति एउटा वेदी
बनाए” (२१:२५)
। राजा दाऊदले
अरौनाबाट खला कति
मूल्यमा किने भन्ने
सम्बन्धमा यहाँ विरोधाभास
देखिन्छ ।
स्थापित
परम्परामुताबिक यो खला
मोरीयाह पर्वतमा पथ्र्यो जहाँ
दाऊदले वेदी निर्माण
गरी बलिदान चढाउन
चाहेका थिए ।
तर यो जग्गा
अरौना नाउँ गरेको
व्यक्तिको सम्पत्ति थियो ।
दाऊदको चाहना बुझेपछि दाऊदलाई
त्यो खला सित्तैँमा
दिन अरौना इच्छुक
भए तापनि दाऊदले
दाम हालेर उक्त
खला किने ।
स्मरण रहोस्, यही
ठाउँमा अब्राहामले इसहाकलाई बलिदानको
लागि लगेका थिए
(उत्पत्ति २२:२)
र पछि सोलोमनले
वैभवशाली मन्दिर बनाएका थिए
(१ इतिहास २२:१) ।
खला
साधारणतया तिस वा
चालिस फिटभन्दा बेसी
फराकिलो हुँदैनथ्यो । प्राचीन
इतिहासको कुनै पनि
काल खण्डमा खलाको
मूल्य छ सय
सुनका सिक्का भएको
ज्ञात छैन ।
छ सय सुनका
सिक्का भनेको चाँदीका पचास
सिक्काभन्दा झण्डै १८० गुणा
बेसी हुन्छ ।
२
शमूएल र १ इतिहासको खण्डलाई होसियारीपूर्वक
पढ्दा यहाँ कुनै
अन्तर्विरोध पाईंदैन । २ शमूएलको अभिलेखले खला
र गोरुहरूका लागि
दाऊदले चाँदीका पचास सिक्का
तिरे भनी बताउँछ
भने १ इतिहासको
अभिलेखअनुसार दाऊदले त्यस जग्गाको
निम्ति अरौनालाई छ सय
सुनका सिक्का दिए
।
तब
हामी तर्कसङ्गत निष्कर्ष निकाल्न सक्छौँ
कि दाऊदले तिरेको
चाँदीका पचास सिक्का
खला र गोरुहरूको
मूल्य थियो भने
छ सय सुनका
सिक्का जग्गाको मूल्य थियो
जुन जग्गामा खलावरिपरि
भएका अन्य थुप्रै
जमिनहरू पनि पर्थे
।