एक
जवान अङ्ग्रेज मिसनरीको
नाउँ हो, जर्ज
अटली । तिनी
अफ्रिकामा प्रभु येशूको सेवा
गर्ने क्रममा सहिद
भएका थिए ।
एक
दिनको कुरो हो
। वैरभाव राख्ने
स्थानीयहरू तिनलाई आक्रमण गर्न
आए । तिनीसित
भरुवा बन्दुक थियो
। तिनी एउटा
द्विविधामा फसे: बन्दुकले
हानेर तिनीहरूलाई मारिदिने
कि आफू तिनीहरूबाट
मारिने । तिनले
पछिल्लोलाई रोजे ।
तिनले हरेकलाई गोली
हानेर मारिदिन सक्थे
तर तिनले चाँडै
नै निर्णय लिए
। यदि तिनले
बन्दुकले हानेर कसैलाई मारिदिएको
भए त्यसले मिसनलाई
लाभको साटो बढी
हानि पुर्याउँथ्यो भनी तिनले
निष्कर्ष निकाले । त्यसैले,
मारिनलाई लगिएको थुमाको रूपमा
तिनले आफ्नो जीवन
तिलाञ्जलि दिए ।
पछि
खोलामा तिनको मृत शरीरलाई
फेला पारिँदा भरुवा
बन्दुक पनि नजिकै
थियो । तिनले
सर्वोच्च बलिदान गरे ।
हराएका आत्माहरूका लागि तिनको
बोझको तारिफ गरिनैपर्छ
। त्यहाँका स्थानीयहरूले
जीवन पाउन सकून्
भनेर तिनले मृत्युलाई
रोजे, येशूले जस्तै:
“तर परमेश्वरले हाम्रा
निम्ति उहाँको प्रेम यसैमा
देखाउनुहुन्छ, कि हामी
पापी छँदै ख्रीष्ट
हाम्रा निम्ति मर्नुभयो” (रोमी
५:८) ।
येशूले सारा संसारको
निम्ति आफ्नो प्राण त्याग गर्नुभयो
भने जर्जले त्यहाँका
स्थानीयहरूका लागि ।