menu bar

Tuesday, September 8, 2015

मैले एक वर्षमा एक लाख दस हजारभन्दा बेसी शब्दहरू लेखेछु


तपाईंको नाउँ ?
कमल अधिकारी

तपाईंको Reasons to Believe नाउँ गरेको व्यक्तिगत ब्लग के हो ब्लग भनेको हो ?
ब्लग एउटा व्यक्तिगत वेबसाइट हो जहाँ तपाईंले आफ्ना विचारहरू राख्न सक्नुहुन्छ

यो ब्लग कुन विषयमा केन्द्रित ?
यो मूलत: अपोलोजेटिक्स (अर्थात् रक्षाशास्त्र) सित सम्बन्धित

अपोलोजेटिक्स भनेको के हो ?
छोटकरीमा भन्नुपर्दा, ख्रीष्टियान विश्वासको बौद्धिक प्रस्तुतीकरण नै अपोलोजेटिक्स हो एकातिर, हामी प्रश्नहरूको युगमा बाँचिरहेका छौँ जहाँ हाम्रा विश्वासबारे प्रश्नहरू तेर्साइन्छन् भने अर्कोतिर धर्मलाई अन्धविश्वासको दर्जा दिइन्छ जहाँ तर्कलाई ठाउँ दिईंदैन भनिन्छ यस्तो अवस्थामा बाइबलिय, वैज्ञानिक, दार्शनिकसाथै ऐतिहासिक दृष्टिकोणबाट हाम्रो विश्वासलाई प्रस्तुत गर्ने काम गर्दछ अपोलोजेटिक्सले

यस ब्लगलाई तपाईंले कहिले खोल्नुभयो ?
पहिलो लेख सेप्टेम्बर २०१४ अर्थात् ठिक एक वर्षअगि आजकै दिनमा पोस्ट गरिएकोले मैले यही दिनलाई यसको थालनी भएको दिनको रूपमा लिएको छु

ब्लग खोल्ने प्रेरणा कहाँबाट कसरी पाउनुभयो ?
मैले ब्लगको बारेमा पहिले नै सुनेको थिएँ  एक दिन जगदिश पोखरेल भाइले आफ्नो ब्लगको एउटा कविता उहाँले चलाइरहनुभएको एउटा फेसबुक पेजमा पोस्ट गर्नुभएको देखेँ क्लिक गरेर उहाँको साइटभित्र प्रवेश गरेँ मैले पनि यस्तै ब्लग खोलेर आफ्ना विचारहरू राख्ने प्लेटफर्म तयार पार्न पाए हुन्थ्यो भन्ने लाग्यो जगदिश भाइलाई अनुरोध गरेँ, खोलिदिनका लागि व्यस्तताका बाबजुत पनि उहाँले नाइँ भन्नुभएन उहाँले ब्लगको जन्म गराइदिनुभयो दिनहरू बित्दै जाँदा पूर्वका सुमन राई भाइको ब्लगसँग मेरो जम्काभेट भयो जसको लेआउटले मलाई आकर्षण गर्यो मेरो अनुरोधलाई स्वीकार गरी भाइले नहिच्किचाइकन मेरो ब्लगलाई झण्डै उहाँको जस्तै आकार दिनुभयो यसरी जगदिश भाइले जन्म दिनुभयो; सुमन भाइले न्वारन गरिदिनुभयो अनि मैले हुर्काउँदै आएको   

यो एक वर्षको अवधिमा कति ओटा लेख रचनाहरू पोस्ट गरिसक्नुभयो ?
योसहित गरेर ठ्याक्कै ३०१ ओटा पुगेछ मैले हरेक दिन पोस्ट गर्ने रचनाको अभिलेख राख्ने गर्छु जसमा शब्दहरूको गणना पनि गरिन्छ उक्त अभिलेखअनुसार मैले एक वर्षमा एक लाख दस हजारभन्दा बेसी शब्दहरू लेखेछु निश्चय नै, यसमा मैले पहिले नै लेखेका केही पुराना रचनाहरूको पनि गणना भएका छन्

कुनकुन देशमा बस्ने मानिसहरूले भिजिट गर्छन् तपाईंको ब्लगलाई ?
फ्ल्याग काउन्टरको प्रतिवेदनअनुसार हालसम्म ५८ ओटा देशका मानिसहरूले यो साइटलाई भिजिट गरिसकेका छन् जसमध्ये सबैभन्दा बेसी भिजिट गर्नेमा अमेरिका पर्दछ भने दोस्रोमा नेपाल , ब्लगको रिपोर्टअनुसार ७०,००० भन्दा बेसी पेजभिउ भइसकेछ  

ब्लगको थालनीले तपाईंको लेखन कलामा ल्याएको उन्नति ?
ब्लग खोलेपछि हप्ताको कम से कम तिन ओटा लेख पोस्ट गर्ने मेरो योजना थियो मैले गतिलाई बढाएँ शनिबारबाहेक हरेक दिन केही केही पोस्ट गर्ने जमर्को गरेँ हालसम्म मेरो त्यो अनुशासनमा सफल हुँदै आएको छु भन्दा अत्युक्ति हुँदैन निसन्देह, ब्लगको जन्मअगि मैले लेख्ने गरेको भए तापनि ब्लगको जन्मपश्चात् क्रान्ति नै आयो मैले जे प्राप्त गर्नेथिइनँ त्यो प्राप्त गरेँ भन्छु गर्यो भने सकिँदोरहेछ भन्ने पाठ सिकेको छु । आफ्ना विचारहरू राख्ने ठाउँ पाएको छु मैले लेखेका विषयहरूबारे आफूलाई महान् ज्ञाता ठान्दिनँ तर एक सिकारु भन्न रुचाउँछु सिक्नको लागि लेख्छु पहिले आफू सिक्छु अनि आफूले सिकेको कुरो अरूले पनि जानोस् भन्ने हेतुले पोस्ट गरिदिन्छु   

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
मेरा सबै फ्यानहरूप्रति कृतज्ञ छु जसले यस ब्लगलाई लाइक गरिदिनुभएको ; यसमा पोस्ट भएका रचनाहरूलाई पढिदिनुभएको ; कमेन्ट गरिदिनुभएको सेएर गरेर यसको सिमा क्षेत्रलाई बढाइदिनुभएको    

 



Leave Your Comments Here.