तिनको
नाउँ हो, अल्ब्रेज
डुरर । तिनका
एक जना मित्र
थिए । दुवै
जनामा चित्रकलाको निम्ति
तीव्र इच्छा थियो
। तर ती
दुवै जना ज्यादै
गरिब थिए ।
त्यसैले खर्च घटाउने
उद्देश्यले ती दुवै
सँगै बस्थे ।
खर्चको अभावको कारणले गर्दा
तिनीहरूले एउटा सहमति
गरे जसमा एउटाले
काम गर्ने र
अर्कोले अध्ययन गर्नुकासाथै चित्र
कोर्ने अनि केही
वर्ष बितेपछि आ–आफ्नो भूमिका परिवर्तन
गर्ने ।
डुररले
पहिले काम गर्ने
इच्छा व्यक्त गरे
। तर तिनका
मित्रले डुररमा बेसी क्षमता
देखी तिनलाई पहिले
अध्ययन र चित्रकलामा
लाग्न जोड गरे
।
वर्षौं
बितेपछि जब भूमिका
परिवर्तन गर्नुपर्ने बेला आयो
डुररका मित्र चित्र कोर्न
नसक्ने भए ।
किनकि तिनका हातहरू
कामको कारणले गर्दा
अति नै कडा
भइसकेका थिए ।
तर तिनी प्रार्थना
गर्ने मानिस भएकाले
तिनले वैमनस्य पैदा
गरेनन् । एक
दिनको कुरो हो
डुररले आफ्ना मित्रलाई प्रार्थना गरिरहेका भेट्टाए
। तिनको प्रार्थनाले
डुररलाई प्रार्थना गरिरहेका हातहरूको
चित्र बनाउने प्रेरणा
मिल्यो ।
परिणाम
स्वरूप ख्रीष्टाब्द १५०८ मा
डुररले एउटा चित्र
कोरे जसलाई संसारले
“प्रार्थना गरिरहेका हातहरू” भनेर
चिन्छ । जर्मनीका
ख्रीष्टियान चित्रकार डुररद्वारा निर्मित
५०० वर्ष पुरानो
यस चित्रलाई हाल
अस्ट्रियाको अल्बर्टिना
सङ्ग्रहालयमा राखिएको
छ ।