menu bar

Thursday, September 17, 2015

क्रिस्टोफर कोलम्बसलाई सामुद्रिक यात्रा गर्ने प्रेरणा बाइबलले नै दिएको थियो



पन्ध्रौँ शताब्दीमा जन्मेका क्रिस्टोफर कोलम्बस इटालीका सामुद्रिक अन्वेषक थिए तिनले चार पटक एटलान्टिक महासागर वारपार गरे ख्रीष्टाब्द १४९२ मा तिनले पहिलो सामुद्रिक यात्रा थाल्दा जापान पुग्ने तिनको अपेक्षाको विपरीत तिनी नयाँ संसार पुगेका थिए नयाँ संसार भन्नाले पश्चिमी गोलाद्र्धलाई बुझ्नुपर्छ जहाँ उत्तर दक्षिण अमेरिकाको दुवै भुगोल पर्दछन् तसर्थ, अमेरिकाको दुवै महादेश पत्ता लगाउने श्रेय कोलम्बसलाई नै जान्छ  

इतिहासमा परमेश्वरले गर्नुभएका अद्भूत हस्तक्षेपहरूमध्ये कोलम्बसको सामुद्रिक यात्रा एक हो अन्यजातिहरू परमेश्वरमा आउनेथिए भन्ने यशैयाका भविष्यवाणीहरू (जस्तै: ६०:) बारे तिनी सचेत थिए तिनले आफ्ना यात्राहरूलाई यी भविष्यवाणीहरूको समाप्तिको रूपमा हेरेका थिए

आफूले यात्रा सकेको एक दसकपछि तिनले लेखे, “इन्डिजमा सामुद्रिक यात्रा गर्ने विचार परमप्रभुले नै मेरो मनमा हालिदिनुभयो मेरो परियोजनाको बारेमा सुन्ने सबैले नै मेरो उपहास गर्दै यसलाई हाँसोमा उडाइदिए प्रेरणा पवित्र आत्माबाट नै आएको थियो भन्ने कुरोमा कुनै प्रश्न थिएन किनकि पवित्र धर्मशास्त्रका अद्भूत ज्योतिका किरणसहित उहाँले मलाई सान्त्वना दिनुभएको थियो ... इन्डिजमा यात्रा गर्दा हाम्रा प्रभु येशू ख्रीष्टले प्रस्ट आश्चर्यकर्म गर्न चाहनुभएको थियो ”    




Leave Your Comments Here.