“निस्सन्देह,
म धार्मिक थिएँ
। म मण्डलीमा
हुर्कें । मेरा
पिता प्रचारक हुनुहुन्छ;
मेरा हजुरबुबा प्रचारक
हुनुहुन्छ; मेरा जिज्यू
प्रचारक हुनुहुन्थ्यो; मेरा एक
मात्र भाइ प्रचारक
हुनुहुन्छ; मेरा पिताका
दाजु प्रचारक हुनुहुन्छ
। तसर्थ, ममा
धेरै छनौट थिएन
।” यो भनाइ
अमेरिकाका गान्धी भनेर चिनिने
मार्टिन लुथर किङ्गको
हो जसले आफ्नो
३९ वर्षको छोटो
अवधिमा अमेरिकी समाजमा गहन
प्रभाव पारेका थिए ।
मार्टिन
लुथर किङ्ग जुनिएर
अमेरिकाका पास्टर, अभियन्ता, मानवतावादीसाथै
अफ्रिकी–अमेरिकी नागरिक अधिकार
अभियानका प्रमुख अगुवा हुन्
। तिनले ख्रीष्टियान
विश्वासमा आधारित रहेर अहिंसात्मक
आन्दोलन छेडेका थिए ।
पिता
मार्टिन लुथर किङ्ग
सिनिएर र माता
अल्बर्टा विलियम्स किङ्गबाट १५
जनवरी १९२९ मा
मार्टिन लुथरको जन्म अमेरिकामा
भएको थियो ।
जुनिएर किङ्गलाई जन्ममा दिइएको
वैधानिक नाउँ मिखाएल
किङ्ग थियो र
जन्ममा बुबाको नाउँ पनि
त्यही थियो । तर
ख्रीष्टाब्द १९३४ मा
जर्मनीमा आयोजित ख्रीष्टियान भेलामा
उपस्थित भएर फर्केपछि
बुबाले आफ्नो र छोरोको
नाउँ परिवर्तन गरे
। जर्मन ईश्वरशास्त्रीसाथै
सुधारवादी मार्टिन लुथरको आदर
गर्दै मिखाएल किङ्गलाई
मार्टिन लुथर किङ्ग
नाउँ प्रदान गरिएको
थियो ।
मार्टिन
लुथर किङ्ग विश्वकै
प्रभावशाली अगुवा हुन् ।
सम्भवत: बिसौँ शताब्दीमा अमेरिकी
समाजमा तिनले जत्तिकै प्रभाव
अरू कुनै अगुवाले
पारेनन् । तिनले
आफ्ना भाषण र क्रियाकलापद्वारा
लाखौँ मानिसहरूलाई सडकमा
उतारे, अफ्रिकी–अमेरिकी नागरिकहरूको
हक हितलाई स्थापित
गर्नका लागि ।
तिनले आफ्ना मान्छेहरूका लागि
खोजेका स्वतन्त्रता र न्याय
तिनको मृत्युपश्चात् अन्य
समाजसाथै मुलुकहरूमा पनि फैलिए,
वनको डडेलोझैँ ।
जुनिएर
किङ्गका पिता लामो
समयसम्म मण्डलीका पास्टर थिए
। तसर्थ, किङ्गको
जीवनमा ख्रीष्टियान शिक्षाको गहन
प्रभाव परेको थियो ।
हरेक व्यक्ति समान
रूपमा मूल्यवान् छ
भन्ने शिक्षालाई तिनले
बाइबलबाटै सिकेका थिए ।
सुरुमा
किङ्गले चिकित्सा र कानुनको
क्षेत्रमा आफ्नो जीवनलाई अगाडि
बढाउने विचार गरे तापनि
अन्तत: तिनले ख्रीष्टियान सेवा–कार्यलाई नै आफ्नो
जीवनको लक्ष्य बनाए ।
२५ वर्षको उमेरमा
तिनी मण्डलीका पास्टर
बने । येशू
ख्रीष्ट तिनको लागि आदर्श
अगुवा हुनुहुन्थ्यो र
ख्रीष्टियान सुसमाचारले तिनलाई औधि
प्रभाव पारेको थियो ।
आफ्नो छिमेकीलाई आफूलाई
जस्तै प्रेम गर्नुपर्छ
भन्ने येशूको आज्ञामा
किङ्गको विश्वास गडेको थियो
। तिनको अहिंसात्मक
आन्दोलन डाँडाको उपदेश (मत्ती
५–७) मा
आधारित थियो ।
तिनले आफ्नो एउटा
प्रवचनमा यसरी भनेका
छन्, “म नागरिक
अधिकारको अगुवा हुनुअगि म
सुसमाचारको प्रचारक थिएँ ।
यो नै मेरो
पहिलो बोलावट थियो
र यो अझै
पनि मेरो महानतम
प्रतिबद्धता हो ।
नागरिक अधिकारको लागि मैले
जेजति गर्छु वास्तवमा
म ती सबैलाई
मेरो सेवा–कार्यको
एउटा अंश ठान्दछु
। ख्रीष्टियान सेवा–कार्यमा श्रेष्ठता प्राप्त
गर्नुसिवाय मेरो जीवनमा
अरू कुनै आकांक्षा
छैन । राजनीतिक
पदको लागि ममा
कुनै योजना छैनँ
। प्रचारक हुनुसिवाय
मेरो कुनै योजना
छैनँ । र,
योसाथै अन्य सङ्घर्षहरूमा
मैले जे गरिरहेको
छु त्यो प्रचारकले
पूर्ण मानिससित सरोकार
राख्नुपर्छ भन्ने कुरोबाट उदय
भएको हो ।”
ख्रीष्टाब्द
१९५३ मा किङ्गले
कोरिटा स्कटसित बिहे गरे
र परमेश्वरले उक्त
दम्पतिलाई चार सन्तान
दिनुभयो ।
“आई
ह्याभ अ ड्रिम”
अर्थात् मेरो एउटा
सपना
छ
नामक तिनको भाषणलाई
अमेरिकी इतिहासमा एउटा उत्कृष्ट
भाषणको रूपमा लिइन्छ ।
२८ अगस्ट १९६३
का दिन अमेरिकाको
राजधानी वासिङ्गटन डी. सी.
मा २,५०,००० भन्दा
बेसी नागरिक अधिकारकर्मीहरूको
बिचमा किङ्गले यो
भाषण तोडेका थिए
जसमा तिनले अमेरिकामा
जातिभेदको अन्त्य हुने घोषणा
गरेका थिए ।
त्यसको एक वर्षपछि
३५ वर्षको उमेरमा
तिनलाई नोबेल शान्ति पुरस्कार
प्रदान गरियो ।
४
अप्रिल १९६८ मा
केवल ३९ वर्षको
उमेरमा तिनको हत्या गरिएको
थियो । हत्यापश्चात्
अमेरिकाका विभिन्न सहरहरूमा दङ्गा
भड्किएको थियो ।