“हातमा
बत्ती लिएकी केटी”
को उपनामले चिनिने
फ्लोरेन्स नाइटिङ्गेलको जन्म ख्रीष्टाब्द
१८२० मा इटालीमा
भएको थियो ।
आज विश्वले उनलाई
आधुनिक नर्सिङ्गको संस्थापकको रूपमा
आदर गर्दछ ।
मानव–जातिको स्वास्थ्यको
रेखदेखमा उनले अपार
योगदान पुर्याएकी छन् ।
रातमा पनि हातमा
बत्ती लिएर घाइतेहरूको
सेवा पुर्याएकीले उनलाई “हातमा
बत्ती लिएकी केटी”
को उपनाम दिइएको
थियो । अस्पतालमा
उनले पुर्याएको सेवाको कारणले
उनलाई “सेवा गर्ने
स्वर्गदूत” भन्दा पनि अत्युक्ति
नहोला । प्राय:
“पूर्वको तारा” पनि भनिएकी
नाइटिङ्गेलको प्रयासमा सारा संसारभरि
नर्सिङ्ग पेसा एउटा
आदरणीय पेसा बनेको
छ । उनी
सामाजिक सुधारकसाथै तथ्याङ्कशास्त्री पनि
थिइन् ।
नाइटिङ्गेल
एक भक्त स्त्री
थिइन् । उनले
आफ्नो कामको प्रेरणा
प्रभु येशू ख्रीष्टबाट
पाएकी थिइन् ।
उनले जुन सफलता
हात पारिन् त्यो
ख्रीष्ट येशूको प्रेरणाविना प्राप्त
गर्दिन थिइन् । स्वास्थ्यको
क्षेत्रमा अपार योगदान
पुर्याएकी
नाइटिङ्गेल ख्रीष्टका सच्चा भक्त
थिइन् ।
सत्र
वर्षको हुँदा उनलाई परमेश्वरले
उहाँको सेवामा डाक्नुभएको थियो
भनी उनले बताएकी
थिइन् । तर
त्यो सेवा के
थियो भनेर पत्ता
लगाउन उनले २४
वर्षको उमेरसम्म कुर्नुपर्यो ।
ख्रीष्टाब्द
१८६० मा नाइटिङ्गलले
लन्डनस्थित सन्त
थोमास
अस्पतालमा नर्सहरूलाई
तालिम दिन नाइटिङ्गेल स्कुलको स्थापना
गरिन् । उनको
यही कार्यलाई नै
आधुनिक नर्सिङ्गको थालनीको रूपमा
हेरिन्छ । आफ्नो
सम्पूर्ण सेवालाई नाइटिङ्गेलले यस
वाक्यमा उचित तवरले
सारांशमा ल्याएकी छन्, “स्वर्गको
राज्य भित्रपट्टि छ
तर यसलाई हामीले
बाहिर पनि ल्याउनुपर्छ
।”