menu bar

Friday, September 25, 2015

जीवनभर नास्तिकवादी रहेका दक्ष लेखक जोन सी. राइट ख्रीष्टियान बने



ख्रीष्टाब्द १९६१ मा अमेरिकामा जन्मेका जोन सी. राइट विज्ञानसित सम्बन्धित आख्यान काल्पनिक उपन्यासमा कलम चलाउने अमेरिकाका दक्ष लेखक हुन् अरफान्स अफ खायोस, गोल्डेन एजजस्ता प्रसिद्ध उपन्यासहरू प्रकाशित गरिसकेका राइट पहिले वकिलसाथै अखबारका सम्पादक थिए

तिनको दर्शनशास्त्रले तिनलाई यस्तो दृष्टिकोणमा पुर्याएको थियो कि अलौकिकतासाथै आश्चर्यकर्महरूप्रति तिनको रत्ती पनि विश्वास थिएन तिनले ख्रीष्टियान धर्मलाई घृणा गर्थे तर्क नै तिनको ईश्वर थियो

एक दिन राइटले यसरी प्रार्थना गरे, “प्रिय परमेश्वर, मलाई थाहा कि तपाईं अस्तित्वमा हुनुहुन्न ज्यामितिमा दक्षता हासिल गरेको व्यक्तिले विपरीत कोणहरू बराबर हुन्छन् भनी प्रमाणित गर्न सक्छ भनी निश्चयतासाथ पुष्टि गर्न सक्छु तथापि, एउटा विद्वान्को हैसियतले भुलमा छु भन्ने काल्पनिक सम्भाव्यतालाई स्वीकार गर्न बाध्य छु तसर्थ, यदि भुलमा छु भने कुनै कुनै तरिकाले तपाईंले आफैलाई प्रकट गराउनुस् जसले तपाईंको अस्तित्वलाई प्रमाणित गरेको होस् तपाईंले जवाफ दिनुभएन भने मैले तपाईंमाथि विश्वास गर्छु या गर्दिनँ भन्ने कुरामा कि तपाईंले वास्ता गर्नुहुन्न कि मलाई विश्वस्त पार्ने साक्षी उपलब्ध गराउन तपाईंसित शक्ति नै छैन पहिलोले तपाईं दयालु हुनुहुन्न भनी तर्क गर्दछ भने पछिल्लोले तपाईं सर्वशक्तिमान् हुनुहुन्न भनेर जुनसुकै अवस्थामा पनि तपाईं आराधनाको लागि अयोग्य ठहरिनुहुन्छ यदि तपाईं अस्तित्वमा हुनुहुन्न भने यो प्रार्थना हावामा फालिएका शब्दहरू मात्र हुन्छन् मैले थोरै मर्यादाबाहेक केही गुमाउँदिनँ यस विषयमा तपाईंको दयालु सहकार्यको लागि पहिले नै धन्यवाद व्यक्त गर्दछु जोन राइट

यसको दुई दिनपश्चात् राइटलाई ह्दयघात भयो, तर तिनी मरेनन् पछि तिनी अस्पतालमा भर्ना भए दिनहरू बित्दै गए तिनले परमेश्वरको बारेमा धेरै दिनसम्म दर्शन देखे तिनका प्रार्थनाहरूको पनि जवाफ पाए तिनले फलत: ४२ वर्षको उमेरमा तिनले नास्तिकवादलाई त्यागे तिनी ख्रीष्टियान बने            

Leave Your Comments Here.