menu bar

Thursday, September 10, 2015

क्षमासम्बन्धी १० ओटा घतलाग्दा उदाहरणहरू



प्रभु येशूले भन्नुभयो, “किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन” (मत्ती :१४१५) क्षमा येशूको जीवनको एउटा महत्त्वपूर्ण विषय थियो जसको विषयमा उहाँले अरूलाई सिकाउनु मात्र भएन तर यसको कार्यान्वयनको लागि उहाँ आफै नै प्रधान नमुना बन्नुभयो उहाँलाई क्रूसमा टाँग्नेहरूलाई उहाँले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) क्षमासम्बन्धी येशूको उदाहरणलाई पछ्याउनेहरू इतिहासमा मनग्गे छन् हामी १० ओटा उदाहरणलाई ध्यान दिनेछौँ   

. कोरी टेन बुमको उदाहरण
ख्रीष्टाब्द १९४७ मा जर्मनीको प्रसिद्ध सहर म्युनिकको कुनै एउटा मण्डलीमा कोरी टेन बुमले सम्बोधन गरिरहँदा खैरो वस्त्र लगाएको एक जना पुरुषले उनको ध्यान खिँच्यो उनी परमेश्वरको क्षमाको विषयमा बोल्दै थिइन् तर उनले त्यस मान्छेलाई चिनेपछि उनको मुटु चिसो भयो त्यो पुरुष अरू कोही नभएर र्याभेन्सब्रक शिविरका एक जना पहरेदार थिए जो अति नै क्रूर थिए त्यही शिविरमा बुमले आफ्नी दिदी गुमाएकी थिएन् भने उनी आफैले पनि अमानवीय क्रूरता भोगेकी थिइन्

बुमको सम्बोधन सकिएपछि ती मान्छे उनलाई भेट्न आए यसो भने, “तपाईंको मिठो सन्देशको लागि धन्यवाद हाम्रा सबै पाप समुद्रको पिँधमा पुगेका छन् भनी थाहा पाउनु कति अचम्मको कुरो हो !

बुमलाई ती पहरेदारलाई क्षमा दिन निकै सङ्घर्ष गर्नुपरिरहेको थियो अन्तत: गहभरि आँसु झार्दै बुमले भनिन्, “मेरो सारा ह्दयले तपाईंलाई क्षमा दिन्छु ”   

. दबोरा निराकाबिरिकिराको उदाहरण
दबोरा निराकाबिरिकिरा एक जना महिलाको नाउँ हो ख्रीष्टाब्द १९९४ मा अफ्रिकी मुलुक रुवान्डामा भएको जातिहत्यामा उनी बाँचेकी थिइन् उनी आफ्ना एघार सन्तानमाथि पूर्णत: भर पर्थिन् मृत्यु निरुत्साहले निर्मित उनको जीवनमा इन्नोसेन्ट नाउँ गरेको उनको उन्नाइस वर्षको छोरो उनको आनन्द सन्तुष्टिको विशेष स्रोत थियो तर सिपाहीहरूले इन्नोसेन्टलाई गोली हानेर मारिदिए

केही समय बितेपछि केही सिपाहीहरू उनको ढोकामा देखा परे सुरुमा तिनीहरू उनलाई मार्न आएका थिए भनी दबोराले ठानिन् तीमध्ये एक जना सिपाहीलाई उनले चिनिन् जो पहिले पनि त्यहाँ आएको थियो उसको नाउँ चाल्र्स थियो त्यो सिपाही अगाडि बढयो दबोराको कुममा समाती उनलाई बैठक कोठामा लग्यो उसले ढोका बन्द गर्यो दबोराले आफू मारिनेभयो भनी ठानिन् दबोरापट्टि फर्केर उसले भन्यो, “मेरो निम्ति प्रार्थना गरिदिनुस् दबोरा छक्क परिन् तिनीहरू दुवै जनाले सँगै घुँडा टेके उनले उसको निम्ति प्रार्थना गरिदिइन् उनले चाल्र्सलाई भनिन्, “मैले तिमीलाई दिन सक्ने एउटै मात्र दण्ड तिमीलाई मेरो छोरोको ठाउँमा राखी मैले मेरो छोरोलाई खुवाउने खाना तिमीलाई खुवाउनु हो दबोरापट्टि फर्केर चाल्र्सले भन्यो, “अब तपाईंको छोरो भएको छु सम्भव हुँदा तपाईंलाई भेट्न आउनेछु

. ख्रीष्टियान पिताको उदाहरण
कोरियाई युद्ध (ख्रीष्टाब्द १९५०१९५३) को बेला दक्षिण कोरियाका एक जना नागरिकलाई साम्यवादीहरूले गिरफ्तार गरी मृत्युदण्डको आज्ञा दिए ती कैदी कुनै अनाथालयको मुख्य जिम्मेवार व्यक्ति रहेछन् भन्ने थाहा पाएर जवान साम्यवादी अगुवाले तिनलाई बचाउने निर्णय गरे तर तिनको सट्टामा तिनको छोरोलाई मृत्युदण्ड दिइनुपर्छ भनी ती साम्यवादी नेताले आज्ञा दिए बुबाको सट्टामा १९ वर्षे जवान छोरोलाई गोली हानी हत्या गरियो

युद्ध साम्य भएपछि संयुक्त राष्ट्र सङ्घले उक्त जवान साम्यवादी अगुवालाई समात्यो युद्ध अपराधमा दोषी ठहर गरी तिनलाई मृत्युदण्ड तोकियो तर मृत्युदण्डको कार्यान्वयन हुनुअगावै आफ्नो छोरो गुमाएको ख्रीष्टियान अगुवाले छोरोको हत्याराको जीवनको लागि बिन्ती गरे तिनको तर्क थियो, “तिनले मृत्युदण्ड दिँदा तिनी जवान थिए तिनले के गरिरहेका थिए तिनी आफै नै अनभिज्ञ थिए ख्रीष्टियान अगुवाले अनुरोध गरे, “ती मानिसलाई मकहाँ सुम्पिदिनुस् तिनलाई तालिम दिनेछु

संयुक्त राष्ट्र सङ्घले तिनको असाधारण बिन्तीलाई सुन्यो ती पिताले आफ्नै छोरोको हत्यारालाई आफ्नो घरमा लगे अनि तिनको हेरचाह गरे अन्तत: ती जवान साम्यवादी हत्यारा ख्रीष्टियान पास्टर बने  

. पिटर मिलरको उदाहरण
अमेरिकी क्रान्तिकारी युद्ध (ख्रीष्टाब्द १७७५१७८३) को समयमा पेन्सलभेनियामा पिटर मिलर नाउँ गरेका आदरणीय पास्टर बस्थे तर तिनको मण्डली नजिकै एक जना मान्छे बस्थ्यो जसले पास्टरलाई घृणा गथ्र्यो जसको कारणले उसले कुख्याती कमाएको थियो पछि देशद्रोहमा दोषी ठहरियो अनि उसलाई मृत्युदण्ड तोकियो

पास्टर मिलरले यस विषयमा सुन्नेबित्तिकै तिनी सेनापति वासिङ्गटनलाई भेट्न पैदलै हिँडेर फिलाडेल्फिया गए पास्टरले वासिङ्गटनलाई उक्त मानिसलाई क्षमा दिइओस् भनी बिन्ती गरे पास्टरको अनुरोधलाई सेनापतिले मानिलिए

सेनापति वासिङ्गटनले क्षमापत्रमा हस्ताक्षर गरे त्यही दिन दिउँसो जुन ठाउँमा अभियुक्तलाई आत्महत्या दिइने तालिका मिलाइएको थियो मिलर पैदलै १५ माइल हिँडेर त्यहाँ पुगे अपराधीलाई मञ्चमा लगिरहँदा मिलर हस्याङफस्याङ गर्दै आएको देखेर उसले भन्यो, “त्यो बुढो पिटर मिलर हुन् आज मलाई झुण्ड्याएको हेरेर सन्तुष्ट हुन तिनी एफ्रातादेखि हिँडेर आएका छन् तर जब पास्टर मिलरले क्षमापत्र झिकेर उसलाई दियो मौन भइरह्यो    

. पोप जोन पावल द्वितीयको उदाहरण
१३ मे १९८१ बुधबारका दिन पोप जोन पावल द्वितीय भ्याटिकन सिटीको सन्त पिटर स्क्वाएरमा जम्मा भएका श्रोतागणलाई सम्बोधनका लागि जाँदै गर्दा तिनीमाथि गोली प्रहार भयो मेहमेत अली अका नाम गरेको टर्कीको आतङ्ककारीले अर्धस्वचालित पेस्तोल प्रयोग गरी तिनको शरीरमा चार गोली हानेको थियो एकैछिनमा पोप रगताम्मे भए तिनलाई हतारहतार अस्पताल पुर्याइयो शल्यक्रियापश्चात् तिनी बाँच्न सफल भए

यता मेहमेतलाई तुरुन्त गिरफ्तार गरियो पछि इटलीको अदालतले जन्म कैदको फैसला सुनायो १९८३ को ख्रीष्टमसको दुई दिनपछि पोप जोन पावल द्वितीयले अकालाई जेलमा भेट्न गए जोन पावल द्वितीयले भने, “हामीले जेको विषयमा कुराकानी गर्यौँ त्यो मबिचमा नै गोप्य रहनुपर्छ एउटा भाइलाई जस्तै मैले ऊसँग कुरा गरेँ मैले उसलाई क्षमा दिएको छु अनि उसमाथि मेरो पूर्ण भरोसा क्षमापश्चात् पोपको अनुरोधमा इटली सरकारले जुन २००० मा उसलाई टर्कीमा पठायो २००७ मा टर्कीको जेलमा छँदा नै तिनले ख्रीष्टियान धर्म अङ्गाले १८ जनवरी २०१० मा तिनी जेलमुक्त भए   

. कन्सास बैङ्कको उदाहरण
कन्सास बैङ्क लुट्नका लागि उन्नाइस वर्षको उमेरमा अल जोनसन अन्य दुई जना मानिसहरूसँगै मिले कुनै दुर्घटनामा दुई जना अभियुक्तहरूको मृत्यु भयो ती मृतकहरू त्यही लुटेराहरू थिए भनी बैङ्कका कर्मचारीहरूले गलत पहिचान गरेपछि त्यो मुद्दा सदाको लागि बन्द भयो अब आफू कहिल्यै नसमातिने भयो भनी जोनसन निर्धक्क भए

जोनसनले एउटी ख्रीष्टियान केटीसित बिहे गरे अनि उनको अगि आफू पनि ख्रीष्टियान भएको अभिनय गरे पत्नीलाई तिनको विगतको अपराधबारे केही थाहा थिएन तर एउटा ख्रीष्टियान पर्चा पढेपछि तिनले पनि क्षमा पाउन सक्थे भनी तिनले बुझे तिनले घुँडा टेकी प्रार्थना गरे अनि येशूलाई आफ्नो प्रभु मुक्तिदाताको रूपमा स्वीकार गरे

तिनको जीवन बद्लियो जीवनभरि झुट बोल्ने तिनको आदतमा परिवर्तन आयो निकै विचार प्रार्थना गरेपछि तिनले आफ्नो अपराध स्वीकार गरे तिनको स्वीकारलाई टेलिभिजनमा प्राथमिकतासाथ प्रसारण गरियो; समाचारपत्रहरूले त्यसलाई मुखपृष्ठमा छापे

चोरीमा आफूले प्राप्त गरेको रकमको हिस्सालाई तिनले कन्सास बैङ्कलाई पूर्ति गर्न खोजे तापनि बैङ्कले उसलाई क्षमा दियो पछि तिनी कुनै अफिसको प्रबन्धक बने

. मास्केपेटुनको उदाहरण
क्यानडाको पश्चिममा अल्बर्टा नाउँ गरेको प्रान्त पर्दछ जब पहिलो पटक येशू ख्रीष्टको सुसमाचार लिएर मिसनरीहरू यस प्रान्तमा आइपुगे क्रि इन्डियन नामक जातिको मुखियाले मिसनरीहरूलाई निर्दयतापूर्वक विरोध गरे ती मुखियाको नाउँ थियोमास्केपेटुन तर परमेश्वरले तिनको ह्दयमा बिस्तारै काम गरिरहनुभएको थियो एउटा यस्तो समय आयो जुन बेला तिनले आफ्नो जीवन येशूमा अर्पण गरे

तिनले येशूमाथि विश्वास गरेको केही समय बितेपछि ब्ल्याकफुट नाउँ गरेको जातिको एक जना सदस्यले ती मुखियाको पिताको हत्या गरिदियो मास्केपेटुन त्यस हत्याराको गाउँमा गए उसलाई तिनको सामु हाजिर गराइयोस् भनी अनुरोध गरे त्यस दोषी मानिसलाई मुखियाले भने, “तपाईंले मेरा पिताको हत्या गर्नुभएको त्यसैले, अब तपाईं नै मेरा पिता हुनुपर्छ तपाईं मेरो सबैभन्दा उत्तम घोडामा सवार हुनुपर्छ तपाईंले मेरो सबैभन्दा उत्तम वस्त्र धारण गर्नुपर्छ

तिन छक खाँदै पश्चात्तापले लज्जित भएर मुखियाका शत्रुले भन्यो, “मेरो छोरो, अब तपाईंले मलाई मार्नुभएको !तिनको भनाइको अर्थ यही थियो कि तिनको ह्दयमा भएको घृणा ती मुखियाको क्षमा दयाको कारणले पूर्णत: हटेर गएको थियो

. इम्माक्युली इलिबागिजाको उदाहरण  
अप्रिल १९९४ मा पूर्वी अफ्रिकी मुलुक रुवान्डाका राष्ट्रपति सवार विमानलाई खसालियो परिणामत: विमानमा सवार सबै नै मरे राष्ट्रपति हुटु जातिका थिए त्यसपछि टुट्सी जातिलाई लक्षित नरसंहार सुरु भयो लाखौँ मानिसहरू मारिए

इम्माक्युली इलिबागिजा एक जना स्त्रीको नाउँ हो जो उक्त नरसंहारमा बाँच्न सफल भइन् लडाईंको बेलामा हुटु लडाकाहरूले इलिबागिजाका प्राय: सबै आफन्तहरूलाई मारिदिएका थिए उनले आफ्ना बुबाआमासाथै परिवारका अन्य सदस्यहरू गुमाएकी थिइन्

हाम्रो मानवीय स्वभाव बदलातिर लक्षित भए तापनि इलिबागिजाले आफ्नो परिवारका हत्याराहरूलाई क्षमा दिने छनौट गरिन् सजिलो नभए तापनि उनले क्षमालाई नै रोजिन् उनले एक जना हत्यारालाई व्यक्तिगत रूपमा आमनेसामने भेट गरिन् आफूले त्यस हत्यारालाई क्षमा दिएको कुरो प्रत्यक्ष रूपमा व्यक्त गरिन् उनी आज प्रेरणादायी वक्ता कहलाइएकी छिन्

. स्टिभेन म्याकडोनाल्डको उदाहरण
स्टिभेन म्याकडोनाल्ड न्युयोर्क पुलिस विभागका गुप्तचर हुन् १२ जुलाई १९८६ का दिन तिनी आफ्ना सहकर्मीसँगै न्युयोर्कस्थित सेन्ट्रल पार्कमा गस्ती गर्दै थिए तिनीहरूले त्यहाँ साइकल चोरी भएको खबर पाएका थिए १३१५ वर्ष उमेरका तिन जना केटाहरू शंकास्पद देखिए तिनीहरूसित सोधपुछ गर्ने क्रममा साभोद जोन्स नाउँ गरेका १५ वर्षे ठिटोले म्याकडोनाल्डलाई तिन गोली हान्यो पहिलो गोली आँखामाथि टाउकोमा, दोस्रो गोली घाँटीमा तेस्रो गोली मेरुदण्डमा लाग्न पुगे तरै पनि  म्याकडोनाल्ड मरेनन्

उपचारपश्चात् डाक्टरहरूले म्याकडोनाल्डको जीवन बचाए तर त्यस अनपेक्षित घटनाले तिनलाई सदाको लागि पक्षाघाती बनाइदियो तिनले रेस्पिरेटरको माध्यमद्वारा मात्र सास फेर्न सक्ने भए

तर ह्दयमा वैमनस्य पाल्नुको साटो तिनले आफूलाई गोली हान्ने ठिटोलाई क्षमा दिए तिनको क्षमा यति पूर्ण थियो कि जोनले झ्यालखानामा नै जेल जीवन बिताइरहँदा म्याकडोनाल्डले तिनलाई भेट्न खोजेका थिए यद्यपि त्यो सम्भव भएन

म्याकडोनाल्डका मित्रसाथै पास्टर जे. सी. अर्नोल्डद्वारा लिखित ह्वाइ फरगिभनेस ? नामक पुस्तकमा म्याकडोनाल्डले प्रस्तावना लेखेका छन् जसमा तिनले आफूले क्षमा दिनुको कारणलाई सबिस्तार ढङ्गमा प्रस्तुत गरेका छन्

१०. जुन गोन किमको उदाहरण
जुन गोन किम कोरियाई क्याम्पस क्रूसेड फर क्राइस्ट नामक ख्रीष्टियान संस्थाका संस्थापकसाथै प्रसिद्ध ख्रीष्टियान प्रचारक हुन्     

कोरियाई युद्ध (ख्रीष्टाब्द १९५०१९५३) को समयमा साम्यवादी छापामारहरूले किम बसेको गाउँमा आक्रमण गरे तिनीहरूले बुढाबुढी, स्त्री बालबालिकाहरू गरी झण्डै ६० जनाको हत्या गरे किमले चिनेका दस जना सिपाहीहरू किमको परिवारलाई मार्न खटाइएका थिए तिनको आँखाको सामु तिनीहरूले तिनकी पत्नी तिनका बुबाको हत्या गरे किमलाई मरणासन्न हुने गरी पिटियो मरे होलान् भनी छाडियो पछि तिनी बिउँझे छोरीसँगै सुरक्षाको लागि तिनी पहाडतर्फ भागे

आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्छ आफूलाई सतावट गर्नेहरूका लागि प्रार्थना गर्नुपर्छ भनी किमले बाइबल धर्मशास्त्रबाट सिके परमेश्वरको आत्माले तिनलाई त्यही गाउँमा फर्केर जान प्रेरित गर्नुभयो, ती हत्याराहरूलाई क्षमा दिई तिनीहरूलाई परमेश्वरको सन्देश सुनाएर प्रभुमा डोर्याउन किमले आफ्नै पत्नी बुबाको हत्यारासहित ३० जना साम्यवादीहरूलाई प्रभुमा डोर्याए     
 
   







Leave Your Comments Here.