menu bar

Sunday, September 6, 2015

ख्रीष्टलाई इन्कार गर्नुभन्दा बरु मृत्युलाई रोजे पोलिकार्पले



पोलिकार्प दोस्रो शताब्दीका स्मर्नाका बिशप थिए तिनलाई ख्रीष्टियान जगत्ले सन्तको रूपमा आदर गर्छ तिनी प्रेरित यूहन्नाका चेला थिए तिनी आफ्नो ख्रीष्टियान विश्वासको निम्ति सहिद भएर यस धरतीबाट आफ्नो स्थायी घरमा प्रवेश गरेका थिए

यो सम्भवत: ख्रीष्टाब्द १५५ को कुरो हो पोलिकार्पको गिरफ्तारीको लागि केही सिपाहीहरू पठाइए तर पोलिकार्पले तिनीहरूलाई स्वादिष्ठ भोजन खुवाएपछि तिनीहरूका निम्ति यसरी प्रार्थना गरे कि तिनीहरूमध्ये केहीले येशूमाथि विश्वास गरे

तिनको पक्राउपश्चात् रोमी अधिकारीले तिनलाई ख्रीष्टलाई इन्कार गर्न अनुरोध गर्दा तिनले निर्भीक भएर जवाफ दिए, “मैले छयासी वर्षसम्म उहाँको सेवा गरेको छु उहाँले मेरो कुनै हानि गर्नुभएको छैन तब कसरी मैले मेरा राजा मुक्तिदाताको विरुद्धमा बोल्ने ? तपाईं मलाई आगोले त्रसित पार्नुहुन्छ जसले केही समयको लागि जलाउने काम गर्छ त्यसपछि त्यो निभ्छ तर तपाईं अनन्त दण्डको आगोबारे अनभिज्ञ हुनुहुन्छ जुन दुष्टहरूका लागि तयार पारिएको

रोमी सम्राट्लाई पुजा गर्न इन्कार गरेकाले पोलिकार्पलाई जिउँदै जलाइएको थियो यसरी आफ्नो विश्वासको निम्ति तिनले कुनै सम्झौता नगरी आफ्नो जीवन बलिदान गरे    

Leave Your Comments Here.