विश्व
[युनिभर्स] अचम्म
रीतिले व्यवस्थापन गरिएको र
यसले केही नियमहरूलाई
पालन गरेको देख्छौँ
हामी । तर
ती नियमहरूलाई हामी
अस्पष्ट रूपमा मात्र बुझ्दछौँ
। तारा मण्डलहरूलाई
क्रियाशील बनाउने रहस्यपूर्ण शक्तिलाई
हाम्रा सीमित समझले बुझ्न
सक्दैनन् ।
अल्बर्ट आइन्स्टाइन,
भौतिकशास्त्रीसाथै
नोबेल
पुरस्कार
विजेता
मेरो
लागि, सर्वोच्च चेतनाले
यो विश्वासलाई अस्तित्वमा
ल्यायो र मानिसलाई
सृष्टि गर्यो भन्ने
बोधसँगै विश्वासको थालनी हुन्छ
। यस्तो किसिमको
विश्वास राख्न मलाई कुनै
कठिनाइ छैन किनकि
जहाँ योजना हुन्छ
त्यहाँ चेतना हुन्छ भन्ने
कुरो अपरिवर्तनीय छ
। सुव्यवस्थित, प्रकट
भइरहेको विश्वले सर्वाधिक वैभवशाली
कथनको सत्यताको गवाही
दिन्छ जुन कथनले
भन्छ, “आदिमा परमेश्वरले ... ।”
आर्थुर कम्प्टोन,
भौतिकशास्त्रीसाथै
नोबेल
पुरस्कार
विजेता
भौतिक
संसारबारे हाम्रो वैज्ञानिक समझद्वारा
देखाइएको अत्युत्तम सुव्यवस्थित अवस्थाले
अलौकिकताको माग गर्दछ
।
भेरा किस्टियाकोस्की,
भौतिकशास्त्रीसाथै
शिक्षक
भौतिकशास्त्रले
मलाई परमेश्वरको नजिक
लग्यो । विज्ञानमा
मेरा वर्षहरूभरि नै
त्यो विचार ममा
रहिरह्यो । मेरा
विद्यार्थीहरूमध्ये कोही एक
जना वैज्ञानिक प्रोजेक्ट
लिएर मकहाँ आउँदा
मैले एउटा प्रश्न
सोध्थेँ, “के यसले
तपाईंलाई परमेश्वरको नजिक लैजानेछ
?”
एसिडोर आइज्याक
रबी,
भौतिकशास्त्रीसाथै
नोबेल
पुरस्कार
विजेता
मेरो
विज्ञानले मलाई संसार
विज्ञानद्वारा व्याख्या गर्न सकिनेभन्दा
ज्यादै जटिल छ
भन्ने निष्कर्षमा पुर्यायो
। अस्तित्वको रहस्यलाई
म केवल अलौकिकताद्वारा
बुझ्न सक्दछु ।
अलान स्यान्डेज,
खगोलविद्
विज्ञानले
विश्वको संयन्त्रलाई जान्न खोज्छ
जब कि धर्मले
यसको अर्थलाई ।
यी दुई ओटालाई
अलग गर्न सकिँदैन
।
चाल्र्स टाउनेस,
भौतिकशास्त्री,
अन्वेषकसाथै
नोबेल
पुरस्कार
विजेता
मलाई
लाग्छ, विश्व र जीवका
आश्चर्यहरूसित जुध्नुपर्दा कसरी मात्र नभएर किन भनेर पनि
सोध्नुपर्छ । एउटै
मात्र सम्भाव्य उत्तर
भनेको धर्म हो
। ... विश्व र
मेरो व्यक्तिगत जीवनमा
म परमेश्वरको आवश्यकतालाई
देख्छु ।
आर्थुर एल.
स्काओ,
भौतिकशास्त्रीसाथै
नोबेल
पुरस्कार
विजेता
विज्ञानले
हामीलाई कार र
चालक मात्र उपलब्ध
गराउँछ तर कहाँ
हाँक्ने भनेर यसले
हामीलाई बताउँदैन ।
जर्ज लन्डवर्ग,
समाजशास्त्री
धर्मविनाको
विज्ञान लङ्गडो हुन्छ र
विज्ञानविनाको धर्म अन्धो
हुन्छ ।
अल्बर्ट आइन्स्टाइन,
भौतिकशास्त्रीसाथै
नोबेल
पुरस्कार
विजेता
म
ईश्वरशास्त्री हुन चाहन्थेँ
। लामो समयसम्म
म बेखुसी थिएँ
। तर अहिले
खगोल विज्ञानमा पनि
मेरो कामद्वारा परमेश्वरको
प्रशंसा भएको छ
।
जोहानन केप्लर,
गणितज्ञसाथै
खगोलविद्
सोचाइको
साँचो स्वतन्त्रताबाट कोही
पनि भयभीत नहोस्
। सोचाइ र
आलोचनामा हामी स्वतन्त्र
होऔँ । तर
स्वतन्त्रतासहित हामी विज्ञान
धर्मको विरोधी होइन तर
यसको सहायता हो
भन्ने निष्कर्षमा आउनुपर्छ
।
लर्ड केल्भिन,
भौतिकशास्त्रीसाथै
इन्जिनिएर
विज्ञानमा
भएका मेरा अनुभवहरूले
मलाई परमेश्वरतर्फ डोर्याए
। तिनीहरूले विज्ञानलाई
परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्न
चुनौती दिन्छन् । तर
के सूर्यलाई हेर्न
हामीले साँच्चै मैनबत्ती बाल्नुपर्छ
र ?
भोन बारुण,
इन्जिनिएरसाथै
रकेट
विज्ञानका
पिता
जसरी
प्रकाश र विद्युत
एक अर्कामा अन्तर्विरोधी
छैनन् त्यसै गरी
विज्ञान र धर्म
पनि परस्पर विरोधी
होइनन् ।
विलियम हिराम
विज्ञानले
अनुसन्धान गर्छ; धर्मले अर्थ
खोल्छ । विज्ञानले
मानिसलाई ज्ञान प्रदान गर्छ
जुन शक्ति हो;
धर्मले मान्छेलाई बुद्धि दिन्छ
जुन नियन्त्रण हो
। विज्ञान मूलत:
सत्यतासित सम्बन्धित छ; धर्म
मूलत: मूल्य–मान्यतासित
सम्बन्धित छ ।
यी दुई प्रतिद्वन्द्वी
होइनन्, तर पुरक
हुन् ।
मार्टिन लुथर
किङ्ग,
पास्टर,
अभियन्तासाथै
मानवतावादी
यदि
हामीले विज्ञानलाई परमेश्वरको सिंहासनसित
जोड्न इन्कार गर्यौँ
भने यो केवल
सत्यताको थुप्रो हुन्छ, सत्यताले
बनेको सुनको सिक्री
होइन ।
फ्रान्सिस पी.
कोबे,
लेखिकासाथै
सामाजिक
सुधारक