menu bar

Wednesday, December 31, 2014

विलियम विल्बरफोर्स: ब्रिटिस साम्राज्यबाट दास व्यापारको उन्मूलनकर्ता



सर्वशक्तिमान् परमेश्वरले मेरो सामु दुई ओटा महान् उद्देश्यहरू राखिदिनुभएको : दास व्यापारको उन्मूलन नैतिकताको सुधार”, २८ वर्षको उमेरमा विलियम विल्बरफोर्सले आफ्नो जर्नलमा परमेश्वरको बोलावटलाई यसरी व्यक्त गरेका थिए  

विलियम विल्बरफोर्स ख्रीष्टियान राजनीतिज्ञ, ईश्वरशास्त्रीसाथै सामाजिक सुधारक थिए तिनकै निरन्तर सक्रियतामा ब्रिटिस साम्राज्यबाट दास व्यापार सदाको निम्ति उन्मूलन भएको थियो तिनको मृत्युको तिन दिनअगि संसदले दास उन्मूलन कानुन १८३३ पारित गरेको थियो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्यो   

२४ अगस्ट १७५९ मा इङ्गल्यान्डमा जन्मेका विलियम विल्बरफोर्स परिवारमा एकलो छोरा थिए तिनका पिता रोबर्ट धनी व्यापारी थिए भने आमाको नाउँ एलिजाबेथ थियो तिनका हजुरबुबा विलियम दुई पटक सहरको मायोरमा चुनिएका थिए सात वर्षको उमेरमा विल्बरफोर्स स्थानीय स्कुलमा जान थाले जहाँ तिनी नमुना विद्यार्थी बने, तिनको वक्तृत्वकलाको लागि   

ख्रीष्टाब्द १७८५ मा विल्बरफोर्स ख्रीष्टियान बने त्यसपछि तिनको जिउने शैलीमा परिवर्तनका रेखाहरू देखा परे तिनले प्रसिद्ध भजन लेखक जोन न्युटनसित सल्लाह मागे विल्बरफोर्स जुन राजनीतिक ओहोदामा पुगेका थिए त्यसलाई परमेश्वरको निम्ति प्रयोग गर्न प्रोत्साहित गरे न्युटनले तिनले विल्बरफोर्सको बारेमा भविष्यवाणीसम्बन्धी यी वचनहरू पनि कोरे, “परमेश्वरले तपाईंलाई उहाँको मण्डली यो राष्ट्रको भलाइको निम्ति उदय गराउनुभएको भनी आशा गरिएको विश्वास गरिएको त्यसको दुई वर्षपछि परमेश्वरले तिनलाई व्याप्त दास व्यापारको उन्मूलन सामाजिक सुधारको निम्ति बोलाउनुभएको महसुस गरे जुन उद्देश्यलाई तिनले आफ्नो जर्नलमा लेखे

सोर्हौँ शताब्दीमा नै ब्रिटिसले दास व्यापार गर्न थालेको थियो अफ्रिकाबाट लाखौँ दासहरूलाई किनेर वेस्ट इन्डिजमा निर्यात गरिन्थ्यो जहाँ ती दासहरूले चिनी, सुर्ती कपास उत्पादन गर्थे तिनीहरूको उत्पादन नै ब्रिटिसको ८० प्रतिशत विदेशी आय थियो दास व्यापार ब्रिटिस आम्दानीको एउटा प्रमुख हिस्सा नै बनेको थियो यस्तो पृष्ठभूमिमा कानुनी रूपमा दास व्यापारको उन्मूलन फलामको चिउरा चपाउनुसरह थियो

तथापि परमेश्वरको योजनाभित्र पर्ने अठोटले मूर्त रूप लिन्छ भन्ने यथार्थता विल्बरफोर्सको निरन्तर प्रयासपश्चात्को कानुनत: दास प्रथाको खारेजीमा देख्न सकिन्छ

१७८९ मा तिनले संसद भवनमा दास प्रथाको विरुद्धमा खरो भाषण गरे दास व्यापार अन्याय मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भन्ने तिनको तर्क थियो १७८१ देखि संसदमा झण्डै प्रत्येक वर्ष नै दास प्रथाको विरुद्धमा विधेयक पेस गरिएको भए तापनि विलियम विल्बरफोर्स तिनको पक्षमा मत हाल्नेहरू पटकपटक पराजित भए तर तिनीहरूले हरेस खाएनन् निरन्तर प्रयासको बाबजुत १८०७ मा दास व्यापार कानुनी रूपमा उन्मूलन भयो २८३ भोट निर्मूलनको पक्षमा खसेको थियो भने केवल १६ ओटा त्यसको विपक्षमा

दास व्यापार कानुनले दास प्रथालाई गैरकानुनी ठहराई बाँकी कामको निम्ति मार्ग प्रशस्त गर्यो दास प्रथा कानुनत: गैरकानुनी भए तापनि हजारौँ दासहरू फुक्का भइसकेका थिएनन् तसर्थ, विल्बरफोर्सले आफ्नो बाँकी जीवन अफ्रिकासाथै विश्वका अन्य मुलुकहरूमा भएका दासहरूको अधिकारको पक्षमा वकालत गरी बिताए अन्तत: तिनको मृत्युको केही दिनअगावै २६ जुलाई १८३३ मा दास उन्मूलन कानुन १८३३ पारित भयो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्यो निश्चय नै, यो विल्बरफोर्सको जीवनको महानतम प्राप्ति थियो

२९ जुलाई १८३३ मा तिनी यस धरतीबाट विदा भए तिनको मृत्युको एक महिनापश्चात् दासत्व उन्मूलन कानुन पारित गरी झण्डै लाख अफ्रिकी दासहरूलाई फुक्का गरियो जसको निम्ति हर्जानास्वरूप अरबौँ रुपियाँ खर्च गरिएको थियो
 




Leave Your Comments Here.


Tuesday, December 30, 2014

बाइबलको वचनले गर्दा तेल खानी पत्ता लाग्यो



स्ट्यान्डर्ड आयल कम्पनी ख्रीष्टाब्द १८७० मा स्थापित तेल कम्पनीको नाउँ हो यसले तेल उत्पादन गर्ने, प्रशोधन गर्ने, निर्यात गर्ने बजारमा पुर्याउने काम गर्दछ यस कम्पनीले अफ्रिकी मुलुक मिश्र (अर्थात् इजिप्ट) मा तेल पत्ता लगाएको इतिहास धेरैलाई थाहा भए तापनि यो कम्पनी खोजको लागि उक्त प्राचीन भूमिमा जानुको कारण धेरैलाई थाहा छैन

उक्त कम्पनीका निर्देशकहरूमध्ये एक जनाले बाइबलको प्रस्थानको पुस्तक पढ्दा दुई अध्यायको तिन पदले तिनको ध्यान खिँच्यो जहाँ लेखिएको , “जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्, त्यसलाई तारपीन अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाडीको बीचमा राखिदिइन् यहाँ प्रस्टसँग लेखिएको कि मोशाकी आमाले बनाएको टोकरीतारपीन अलकत्राबाट लिपिएको थियो । धेरै वर्ष पहिले इस्राएलीहरू मिश्रीहरूको भूमिमा दासदासी बनेर रहेका थिए ।  

यी वचन पढ्ने निर्देशकको तर्क थियो कि जहाँ अलकत्रा हुन्छ त्यहाँ तेल हुनुपर्छ यदि मोशाको समयमा त्यहाँ तेल थियो भने सम्भवत: अहिले पनि त्यहाँ तेल हुनुपर्छ तसर्थ, कम्पनीले भूगर्भविद्साथै तेल विशेषज्ञ चाल्र्स ह्विसुटलाई अनुसन्धानको लागि त्यहाँ पठायो परिणाम अपेक्षा गरेअनुसार नै भयो अर्थात् त्यहाँ तेल खानी पत्ता लाग्यो      

Leave Your Comments Here.


Monday, December 29, 2014

बाइबलको वैज्ञानिक सच्चाइबारे केही भनाइहरू




अन्य सबै प्राचीन धार्मिक ग्रन्थहरूबाट बाइबललाई फरक बनाउने एउटा कुरो हो यसको वैज्ञानिक सच्चाइ विनाअपवाद अन्य प्रत्येक प्राचीन धार्मिक ग्रन्थमा कुनै कुनै वैज्ञानिक त्रुटिहरू पाइन्छ उदाहरणको लागि, सूर्य हिल्लाम्मे झर्नाभित्र गएर बिलाउँछ भनी मोहम्मदले कुरआनमा सिकाएका छन् पृथ्वी थेप्चो त्रिभुजाकारको अनि पृथ्वीमुनि भएका हात्तीहरूले आफैलाई हल्लाउँदा भूकम्पहरू जान्छन् भनी हिन्दु वेदहरूले सिकाउँछन्
चार्ली क्याम्पबेल

गतिको नियमका आविष्कारक आइज्याक न्युटन बाइबलका महानतम रक्षकहरूमध्ये एक हुँदाहुँदै पनि पछि अरूहरूले उक्त नियम बाइबलका अंशहरूको विपरीत छन् भनी देखाउने प्रयास गर्नु विडम्बना हो बाइबलको सच्चाइको समर्थनमा तिनको समयका बाइबल आलोचकहरूको विरुद्धमा तिनले थुप्रै पेपरहरू लेखे
राल्फ . मुङ्कास्टर

जवान मानिसहरू, वैज्ञानिक समस्याहरूको सामना गर्नका लागि जब तिमीहरू संसारमा जान्छौ, याद गर कि आफ्नो सारा जीवनमा केवल विज्ञानलाई मात्र जानेको यस पाको मान्छेले तिमीहरूलाई भन्दछ कि परमेश्वरको वचन [बाइबल] मा भएका वैज्ञानिक कथनहरूभन्दा विश्वमा अन्य कुनै कुरो बढी साँचो छैन
जेम्स डी. डाना, अमेरिकाका विख्यात भूगर्भविद् 

विश्वको उत्पत्तिसम्बन्धी सिद्धान्त, खगोल विज्ञान, भूगर्भ विज्ञान प्राणी विज्ञान, शरीरक्रिया विज्ञान तुलनात्मक शरीर विज्ञान, प्राकृतिक दर्शनशास्त्र सरसफाइसम्बन्धी विज्ञान आदिबाट जाँच्दा यो पुस्तक [बाइबल] ले अलौकिक ज्ञान बुद्धिलाई प्रदर्शित गर्दछ यो एउटा वैज्ञानिक आश्चर्यकर्म हो
डा. . टी. पिएर्सन

हामी देख्छौँ कि खगोल विज्ञानको साक्षीले कसरी संसारको उत्पत्तिको सम्बन्धमा बाइबलको धारणातर्फ डोर्याएको वर्णन गर्ने तरिका फरकफरक होलान् तर खगोल विज्ञान बाइबलको उत्पत्तिको पुस्तकको विवरणका अपरिहार्य तत्त्वहरू उही छन्
रोबर्ट ज्यास्ट्रो, नासाको अन्तरिक्ष अध्ययन गोडार्ड संस्थाका संस्थापक वैज्ञानिक

निष्कर्षमा, बाइबलको कुनै पनि कथन आधुनिक सौर्य प्रणालीको खगोल विज्ञानसित बेमेल भन्ने एउटै पनि अवलोकनीय सत्यता छैन तर, यस्ता कैयौँ सत्यताहरू छन्, जुन धर्मशास्त्रसित सुन्दर ढङ्गमा परस्पर सम्बन्धित छन्
डा. हेन्री एम. मोरिस, सृष्टिवादी वैज्ञानिक



Leave Your Comments Here.


Sunday, December 28, 2014

एउटा बाइबल पढेर २०० जना विश्वासी बने



यो दोस्रो विश्वयुद्ध हुनुअगिको कुरो हो एक जना घुमन्ते पुस्तक बिक्रेताबाट युरोपेली मुलुक पोल्यान्डको पूर्वमा अवस्थित ग्रामीण गाउँको एक जना मानिसले एउटा बाइबल प्राप्त गर्यो उसले बाइबललाई पढ्यो अनि ख्रीष्टियान भयो आफूमा मात्र सीमित नगरी उसले त्यो बाइबल अरूहरूलाई पनि पढ्न दियो त्यो एउटा बाइबल पढेर अरू दुई सय जना मानिसहरू विश्वासी बने

ती बिक्रेताको नाउँ थियो, मिखाएल बिलेस्टर ख्रीष्टाब्द १९४० को ग्रिष्म ऋतुमा मिखाएल पुन: त्यो गाउँमा आए ती विश्वासीहरू भेला भए, आराधना गर्नको लागि तिनको वचन सुन्नको लागि साधारणतया तिनले मानिसहरूलाई गवाही बाँड्न अनुरोध गर्थे तर यस पटक तिनले सल्लाह दिए, “तपाईंहरूले गवाही बाँड्नुको साटो बाइबल धर्मशास्त्रबाट तपाईंहरूले कण्ठस्थ गर्नुभएका पदहरू सुनाउनुभयो भने राम्रो हुन्छ

एक जना मानिस उठ्यो उसले भन्यो, “सायद हामीले तपाईंको अनुरोधलाई गलत किसिमले बुझ्यौँ तपाईंको भनाइको अर्थ पदहरू कि अध्यायहरू ?”

छक्क पर्दै बिलेस्टरले प्रश्न गरे, “के तपाईंको भनाइको अर्थ यहाँ यस्ता मानिसहरू छन् जसले बाइबलका अध्यायहरू कण्ठस्थ सुनाउन सक्छन् ?”

हो, तिनीहरूले त्यही भन्न खोज्दै थिए ती गाउँलेहरूले अध्यायहरू मात्र होइनन् बाइबलका सिङ्गै पुस्तकहरूलाई पनि कण्ठस्थ पारेका थिए तेर् जनालाई मत्ती लूकाको सुसमाचार अनि उत्पत्तिको आधा भाग कण्ठस्थ आउँथ्यो एक जनाले पुरै भजनसंग्रहलाई दिमागमा राखेको थियो सबैले कण्ठ पारेका खण्डहरूलाई एकत्रित गर्दा ती दुई सय जनाले झण्डै पुरै बाइबललाई दिमागमा राखेका थिए त्यो एउटा बाइबललाई एउटा घरदेखि अर्को घरमा अनि हरेक आइतबार सङ्गतिको दिनमा ल्याउँदा त्यो थोत्रो बाइबल यसरी च्यातिसकिएको थियो कि त्यसका अक्षरहरूलाई मुश्किलैले पढ्न सकिन्थ्यो        

Leave Your Comments Here.