menu bar

Sunday, December 21, 2014

बाइबलले निर्माण गरेको उदाहरणीय गाउँ— सिमाबुकू



दोस्रो विश्वयुद्ध (ख्रीष्टाब्द १९३९१९४५) मा अमेरिका जापान एक अर्काका शत्रु थिए दोस्रो विश्वयुद्धको अन्त्य नजिकिँदै थियो

जापानको ओकिनवा टापुस्थित एउटा गाउँ जसलाई सिमाबुकू भनेर चिनिन्छ केही अमेरिकी सिपाहीहरू त्यहाँ पुगे तिनीहरू गाउँमा प्रवेश गरिरहँदा तिनीहरूले पूर्णत: आक्रमणको अपेक्षा गरेका थिए जुन अस्वाभाविक थिएन तर ती अमेरिकी सिपाहीहरू छक्क परे जब दुई जना भद्र भलादमी मानिसहरूले तिनीहरूको स्वागत गरे तिनीहरूले शिर झुकाउँदै ती सिपाहीहरूलाई ख्रीष्टियान दाजुभाइको रूपमा निमन्त्रणा दिए छक्क पर्दै ती गाउँलेका असल व्यवहारलाई विश्वास गर्न नसकेपछि ती सिपाहीहरूले तिनीहरूका पादरीलाई डाके

तिनीहरू सँगसँगै गाउँभित्र प्रवेश गरे तिनीहरूले पहिले त्यस्तो कहिल्यै देखेका थिएनन् ओकिनवा टापुका अन्य गाउँहरू फोहोर दुर्गन्धित थिए अनि मानिसहरू गरिबी अज्ञानतामा बाँचेका थिए तर सिमाबुकू सफा मनोहर थियो गाउँलेहरूले प्रगति गरेका थिए तिनीहरू खुसी थिए

के भएको रहेछ भन्ने कुरा ती सिपाहीहरूले पछि त्यही दिनमा थाहा पाए  तिस वर्षअगि एक जना अमेरिकी मिसनरी त्यो गाउँको बाटो भएर गएका रहेछन् तिनी त्यहाँ छोटो समयको लागि बसेका रहेछन् जुन बेला तिनले दुई जना मानिसलाई प्रभुमा जितेका रहेछन्: सोसी किना तिनका भाइ मोजोन मिसनरीले तिनीहरूको हातमा जापानी भाषामा अनुवाद गरिएको एउटा बाइबल दिएर त्यहाँबाट प्रस्थान गरेका रहेछन्

यस अवधिमा ती दाजुभाइले अन्य कुनै ख्रीष्टियानलाई भेटेनन् तर बाइबल पढेर तिनीहरू ख्रीष्टप्रति यति समर्पित भएका थिए कि तिनीहरूले त्यस गाउँमा उदाहरणीय जीवन जिए

सोसी किना गाउँले प्रमुख बने भने मोजोन मुख्य शिक्षक तिनीहरूको प्रभावमा परेर प्रत्येक गाउँले ख्रीष्टियान भयो

बाइबलका आदेशहरू नै तिनीहरूका कानुन थिए गाउँको जीवन पूर्णत: परिवर्तन भएको थियो तिनीहरू एकले अर्कालाई श्रेष्ठ ठान्थे दाजुभाइ भनी सम्बोधन गर्थे त्यहाँ संसारकै सर्वोत्तम प्रजातन्त्र अभ्यास भइरहेको थियो दस आज्ञा डाँडाको उपदेशलाई तिनीहरूले कानुन नीतिशास्त्र बनाएका थिए किनाको स्कुलमा बाइबललाई मुख्य साहित्य बनाइएको थियो त्यसलाई दैनिक पढिन्थ्यो

यस्तो अभ्यासले के नतिजा ल्याएको थियो ? सिमाबुकूमा वर्षौंसम्म कुनै जेलको आवश्यक परेन; कुनै वेश्यालय थिएन; मद्यपान थिएन; सम्बन्धविच्छेद थिएन त्यहाँ उच्च स्तरको स्वास्थ्य खुसी थियो

के यो बाइबलको रूपान्तरण गर्न सक्ने शक्तिको प्रस्ट उदाहरण होइन ?  

Leave Your Comments Here.