आफ्ना
पिताको इँटा भट्टीमा
काम गरेर जोन
वानामेकरले ७ रुपियाँ
हात पारे ।
पिताको मृत्युपश्चात् तिनले पुस्तक पसलमा
काम गरे जहाँ
तिनले हप्तामा १२५
रुपियाँ तनाखा बुझ्थे ।
काम गर्नको लागि
तिनी हप्तामा दुई
पटक चार माइलको
यात्रा गर्थे । स्याउ
र रोटी तिनको
खाना थियो ।
थप २५ रुपियाँ
आम्दानीको लागि तिनले
कपडा बेच्ने पसलमा
काम गर्थे ।
त्यहाँ नै तिनले
एउटा अठोट गरे,
महान् व्यापारी बन्ने
।
तिनले
ख्रीष्टियान क्रियाकलापमा भाग लिए
र जवान ख्रीष्टियानहरूको
निम्ति खोलिएको YMCA ख्रीष्टियान
संस्थामा तिनी सचिवमा
नियुक्त गरिए फिलाडेल्फियामा
र त्यसको निम्ति
तिनलाई तलब दिइन्थ्यो
। सात वर्षको
सेवापश्चात् तिनी पुन:
व्यापारमा हाम्फाले ।
आफ्नो
एक जना नातेदारसँगै
मिलेर तिनले एउटा
गोदाम भाडामा लिए
अनि सामानहरू ठेलागाडामा
राखेर बेच्ने गर्थे
। तिनले हरेक
दिनको मुनाफा अर्को
दिनमा प्रकाशित हुने
इन्क्वाइरर
नामक पत्रिकामा विज्ञापनको लागि
लगानी गर्थे ।
पछि तिनले डिपार्टमेन्ट
स्टोर (सामानका किसिम–किसिम
छुट्टयाएर अलग–अलग
खण्डमा बिक्रीका लागि मिलाएर
राखिने ठुलो पसल)
खोले ।
दस
वर्षमा तिनी फिलाडेल्फियाकै
मुख्य व्यापारीमा गनिए
। तिनले आफ्ना
उत्कृष्ट कर्मचारीहरूलाई उच्च तनाखा
दिए । तिनको
स्टोरमा काम गर्ने
दर्जनौँ कर्मचारीहरूका तलब अमेरिकी
संसदका सचिवहरूकाभन्दा बेसी थियो
। हातमा कौडी
लिएर हिँडेको मान्छे
मुख्य व्यापारी बने
।
तिनको
व्यापारको सफलताको कारण ख्रीष्टियान
धर्ममा तिनले पाएको तालिम
र ख्रीष्टियमतको वास्तविक
अभ्यासको कारणले भएको थियो
भनी तिनी आफैले
गवाही दिएका छन्
। तिनले आफ्नो
सफलताको श्रेय परमेश्वरमाथिको भरोसालाई
दिएका छन् ।
यसरी
आफ्नो मिहिनेत, कुशलता,
ख्रीष्टियान अभ्यास र परमेश्वरमाथिको
भरोसाको परिणामस्वरूप ७ रुपियाँबाट
कमाइ थालेका वानामेकर
खरबपति बने ।