आजभन्दा
दुई हजार वर्षअगाडि
येशूको जन्म संयोग
थिएन । उहाँ
खास उद्देश्यहरू लिएर
यस धरतीमा आउनुभयो
। उहाँले देह
धारण गर्नुका मनग्गे
कारणहरू छन् ।
यहाँ दस ओटा
कारणहरूलाई सङ्क्षिप्त व्याख्यासहित प्रस्तुत
गरिएका छन् ।
१. मानव–जातिको
पापको
लागि
मर्न
येशूले
स्पष्टत: भन्नुभयो, “मानिसको पुत्र
पनि सेवा पाउनलाई
होइन तर सेवा
गर्न र धेरैको
छुटकाराको मोल स्वरूप
आफ्नो प्राण दिन
आयो” (मत्ती २०:२८) ।
येशू यस ग्रहमा
जन्मनुका धेरै कारणहरूमध्ये
निश्चय नै यो
प्राथमिक हो ।
धेरै वर्षअगि आदमले
पापलाई यस ग्रहमा
भित्र्याएका थिए ।
फलत: प्रत्येक मानिस
पापमा नै जन्मने
भयो । पापी
मानिसद्वारा पापी मानव–जातिको उद्धार असम्भव
भएकोले एक जना
सिद्ध मानिस यस
धरतीमा आउनैपथ्र्यो । येशू
अलौकिक रूपमा जन्मनुभयो र
उहाँले सिद्ध जीवन जिउनुभयो
। मानव–जातिको
लागि मर्न उहाँ
योग्य व्यक्ति हुनुहुन्थ्यो
।
२. पुरानो
करारको
व्यवस्था
पुरा
गर्न
डाँडाको
उपदेशमा येशूले भन्नुभयो, “व्यवस्था
अथवा अगमवक्ताहरूलाई रद्द
गर्न म आएको
भन्ने नसम्झ । म
ती रद्द गर्न
होइन, तर पूरा
गर्न आएँ” (मत्ती
५:१७) ।
पुनरुत्थान हुनुभएपछि येशूले चेलाहरूलाई
बताउनुभयो, “तिमीहरूसँग हुँदा मैले
बोलेका कुराहरू यी नै
हुन्, अर्थात् मोशाको
व्यवस्था, अगमवक्ता र भजनका
पुस्तकमा मेरा विषयमा
लेखिएका सबै कुरा
पूरा हुनैपर्छ” (लूका
२४:४४) ।
पुरानो करारले वर्षौंदेखि एक
जना मसीहको अपेक्षा
गरेको थियो जसको
विषयमा कैयौँ भविष्यवाणीहरू गरिए
। येशू नै
त्यो मसीह हुनुहुन्थ्यो
।
३. सत्यको
गवाही
दिन
प्रभु
येशूलाई गिरफ्तार गरी जाँचपडतालको
लागि बडाहाकिम पिलातसको
सामु उभ्याइयो ।
येशू नै राजा
हुनुहुन्छ त ? भन्ने
पिलातसको प्रश्नमा उहाँले जवाफ
दिनुभयो, “म राजा
हुँ भनी तपाईं
नै भन्नुहुन्छ ।
यसैको निम्ति म
जन्मेको हुँ, र
यसैको निम्ति सत्यको
गवाही दिन म
यस संसारमा आएको
हुँ । प्रत्येक
जो सत्यको पक्षमा
छ, त्यसले मेरो
सोर सुन्छ” (यूहन्ना
१८:३७) ।
४. शैतानका
कामहरू
नष्ट
पार्न
नयाँ
करारका पाँच ओटा
पुस्तकका लेखकसाथै येशूका चेला
यूहन्ना लेख्छन्, “जसले पाप
गर्छ त्यो दियाबलसको
हो । किनकि
दियाबलसले त सुरुदेखि
नै पाप गर्दैआएको
छ । दियाबलसका
कामहरू नष्ट पार्नलाई
नै परमेश्वरका पुत्र
प्रकट हुनुभएको हो”
(१ यूहन्ना ३:८) ।
दियाबलस शैतानका नाउँहरूमध्ये एउटा
हो । उहाँको
आगमनले शैतानका कामहरू नष्ट
पार्यो
भन्नुको अर्थ त्यो
पूर्णत: निष्क्रिय छ भन्नु
होइन । पराजित
शत्रुको रूपमा त्यसको असफल
प्रयास अझै जारी
छ (१ पत्रुस
५:८) ।
५. पापीहरूलाई
उद्धार
गर्न
प्रेरित
पावलद्वारा तिमोथीलाई लेखिएको पहिलो
पत्रमा भनिएको छ, “यो
वचन हरप्रकारले ग्रहणयोग्य
छ, कि पापीहरूलाई
उद्धार गर्न येशू
ख्रीष्ट संसारमा आउनुभयो, र
पापीहरूमा म सबैभन्दा
मुख्य हुँ” (१
तिमोथी १:१५)
। पापले मानिसलाई
पापी बनाएको थियो
। उसले नरक
साँचेको थियो तर
परमेश्वरले आफ्नो अपार कृपामा
उसलाई त्यस भयानक
दण्डबाट उद्धार गर्न आफ्नो
पुत्र येशूलाई यस
संसारमा पठाउनुभयो ।
६. पितालाई
हामीकहाँ
प्रकट
गराउन
प्रेरित
यूहन्ना लेख्छन्, “परमेश्वरलाई कसैले
कहिल्यै देखेको छैन ।
पिताको साथमा हुनुहुने एक
मात्र पुत्रले उहाँलाई
प्रकट गर्नुभएको छ”
(यूहन्ना १:१८)
। निश्चय नै
पुरानो करारमा परमेश्वरले आफैलाई
विभिन्न माध्यमहरूद्वारा प्रकट गराउनुभएको थियो
। तर येशूको
अवतारले उहाँको सार तत्त्वलाई
नै प्रकट गर्यो
।
७. विश्वसनीय
प्रधान
पूजाहारी
बन्न
हिब्रूका
लेखक येशूको बारेमा
लेख्छन्, “यसैकारण हरेक कुरामा
उहाँ आफ्नै भाइहरूजस्तै
बनाइनुपर्यो,
र मानिसहरूका पापको
प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा
उहाँ कृपालु र
विश्वस्त प्रधान पूजाहारी बन्नुभयो”
(हिब्रू २:१७)
। येशूले मानवीय
चोलामा दु:खहरू
भोग्नुभएकोले (हिब्रू ४:१४–१६) प्रधान
पूजाहारीको रूपमा उहाँले हाम्रा
कठिनाइहरूलाई पिताको सामु टक्र्याउनुहुन्छ
।
८. हराएकाहरूलाई
खोज्न
येशूले
पुड्को जखायसलाई भन्नुभयो, “किनभने
मानिसको पुत्र हराएकालाई खोज्न
र बचाउन आएको
हो” (लूका १९:१०) ।
जखायस हराएकाहरूमध्ये एक
थिए । तिनीजस्तै
हराएकाहरू येशूको समयमा धेरै
थिए र आज
पनि धेरै छन्
।
९. मानव–जातिलाई
प्रशस्तताको
जीवन
दिन
येशू
प्रशस्तताको जीवनदाता हुनुहुन्छ जस्तो
उहाँले भन्नुभयो, “चोर त
चोर्न, मार्न र नाश
पार्न मात्र आउँछ
। म त तिनीहरूले जीवन पाऊन्,
र त्यो प्रशस्त
मात्रामा पाऊन् भन्ने हेतुले
आएँ” (यूहन्ना १०:१०) ।
जीवनलाई आशिष्पूर्ण र खुसी
पार्न चाहिने हरेक
तत्त्व येशूले दिनुहुन्छ ।
उहाँले दिनुहुने जीवन अर्थपूर्ण
छ भने उहाँविनाको
जीवन अन्धकारमय हुन्छ
।
१०. हाम्रो
निम्ति
उदाहरण
बन्न
येशूका
चेला पत्रुसले आफ्ना
पाठकहरूलाई लेखेका छन्, “किनकि
यसैको निम्ति तिमीहरू
बोलाइएका हौ ।
ख्रीष्टले पनि तिमीहरूका
निम्ति कष्ट भोग्नुभयो,
अनि तिमीहरूका लागि
एउटा उदाहरण छोडिजानुभयो,
र तिमीहरू उहाँकै
पाइलामा हिँड्नुपर्छ” (१ पत्रुस
२:२१) ।
सम्पूर्ण मानव इतिहासमा
हाम्रो जीवन यापनको
लागि येशूभन्दा उत्तम
नमुना अर्को को
हुन सक्छ ?