मत्तीको
विवरणअनुसार याकूब र यूहन्नाकी
आमाले उक्त बिन्ती
चढाइन्, “तब जब्दियाका
छोराहरूकी आमाले आफ्ना छोराहरूलाई
साथमा लिई उहाँको
सामुन्ने घुँडा टेकी उहाँसँग
बिन्ती गरिन् ... ‘आज्ञा गर्नुहोस्
र तपाईंको राज्यमा,
मेरा यी दुई
छोराहरूमध्ये एक जना
तपाईंको दाहिने हातपट्टि, र
अर्को तपाईंको देब्रे
हातपट्टि बस्न पाऊन्’”
(मत्ती २०:२०–२१) ।
जब कि मर्कूसको
अभिलेखअनुसार बिन्ती चढाउने याकूब
र यूहन्ना थिए,
“जब्दियाका दुई छोराहरू,
याकूब र यूहन्ना
उहाँकहाँ आएर ... भने, ‘तपाईंको
महिमामा हामीमध्ये एक जना
तपाईंको दाहिनेपट्टि र अर्को
तपाईंको देब्रेपट्टि बस्न पाउने
मन्जूरी हामीलाई दिनुहोस्’” (मर्कूस
१०:३५–३७)
। कसले येशूलाई
बिन्ती चढाए— आमाले या
छोराहरूले ? कुनचाहिँ विवरण सही
हो ? कम से
कम एक जना
सुसमाचारिय लेखकले भुल गरेका
छन् भन्ने केही
बाइबल आलोचकहरूको ठम्याइ
रहेको छ । सतही निष्कर्षमा
पुग्नुअगि यी खण्डहरूलाई
होसियारी ढङ्गमा अध्ययन गर्नु
आवश्यक छ; सम्भावनाहरूलाई
केलाउनु पर्दछ ।
बाइबल
विद्वान्हरूले विभिन्न व्याख्याहरूलाई अगाडि
सारेको भए तापनि
मत्ती र मर्कूसले
बेग्लाबेग्लै व्यक्तिहरूलाई जोड दिई
उही घटनालाई उल्लेख
गरेका छन् भन्ने
व्याख्याचाहिँ यस पङ्क्तिकारलाई
बढी सम्भाव्यजस्तो लागेको
छ । म यसलाई व्याख्या गर्न
चाहन्छु ।
मत्तीको
विवरणअनुसार प्रस्ट छ कि
येशूलाई बिन्ती गर्दा आमाको
साथमा दुवै छोराहरू
पनि थिए (पद
२०) । त्यसो
हो भने तिनीहरूले
सामूहिक रूपमा बिन्ती चढाए
। मर्कूसले छोराहरूको
उल्लेख गरेका छन् तर
आमाको उपस्थितिलाई जनाएका
छैनन् । यसको
अर्थ उनी त्यहाँ
थिइनन् भन्ने होइन ।
मर्कूसले दुई जना
दाजुभाइको धृष्टतालाई जोड दिन
तिनीहरूले येशूलाई उक्त बिन्ती
चढाए भनेको हुन
सक्छ । त्यसैकारण,
अन्य चेलाहरू ती
दुईसँग रिसाए ।
निष्कर्षमा,
दुवै विवरणहरू सही
छन् । मत्ती
र मर्कूसले फरक–फरक दृष्टिकोणबाट
उही घटनालाई प्रस्तुत
गरेका हुन् ।
यी विवरणहरू एक
आपसमा अन्तर्विरोधी नभएर
परिपूरक छन्