menu bar

Saturday, December 6, 2014

किन परमेश्वरले मोशालाई मार्ने इच्छा गर्नुभयो (प्रस्थान ४:२४) ?



बाइबलका विद्यार्थीहरू मोशाको जीवनीबारे परिचित छन् तिनले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाएर कनान देशको सङ्घारमा पुर्याएका थिए तिनीमार्फत नै परमेश्वरले इस्राएल जातिलाई व्यवस्था प्रदान गर्नुभएको थियो तिनी इस्राएल जातिका एक महान् अगुवा हुन् तर मोशा आफ्नी पत्नी छोराहरूलाई लिएर मिद्यानबाट मिश्रतर्फ फर्कंदै गर्दा परमेश्वरले तिनलाई मार्न चाहनुभयो, “अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, तिनलाई मार्ने इच्छा गर्नुभयो” (प्रस्थान :२४) किन ?

इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउन परमेश्वरले मोशालाई चुन्नुभएको थियो तिनी निकट भविष्यमा महान् अगुवा बन्दै थिए भावी अगुवाको रूपमा तिनी एक अनुकरणीय व्यक्ति हुनुपथ्र्यो जसले यहूदी विधिहरूलाई राम्ररी पालन गर्नु आवश्यक थियो तर तिनी यहूदी जातिका भएकाले जुन विधिलाई तिनले गम्भीरतापूर्वक पालन गरेको हुनुपथ्र्यो कुनै कारणले गर्दा तिनले त्यसलाई बेवास्ता गरेका थिए अर्थात् यहूदी भएकाले तिनले आफ्नो छोरोको खतना गरेको हुनुपथ्र्यो तिनका पुर्खा अब्राहामको समयमा परमेश्वरले खतनाको विधिलाई स्थापित गर्नुभएको थियो हरेक यहूदी पुरुषको आठौँ दिनमा खतना गरिएको हुनुपथ्र्यो नत्रता त्यो आफ्नो जातिबाट बहिष्कार हुनुपथ्र्यो (उत्पत्ति १७:१४)

यति पृष्ठभूमि हेरिसकेपछि प्रस्थान :२५ बाट हामी निष्कर्ष निकाल्न सक्छौँ कि मिद्यानमा बस्दा मोशाले आफ्नो छोरोको खतना गरेका थिएनन् त्यस महत्त्वपूर्ण विधिलाई बेवास्ता गरेकोले परमेश्वरले तिनलाई मार्न चाहनुभएको थियो भन्ने तथ्य प्रस्ट हुन्छ जब तिनकी पत्नी सिप्पोराले छोराको खतना गरिन् तब मोशालाई मार्ने आफ्नो इच्छालाई परमप्रभु परमेश्वरले त्यागिदिनुभयो           

Leave Your Comments Here.