पृथ्वी
हाम्रो सौर्य मण्डलको सूर्यबाट
तेस्रो ग्रह हो
। हालसम्मको मानवीय
ज्ञानअनुसार यो मात्र
एउटा यस्तो पिण्ड
हो जसमा जीवको
अस्तित्व छ ।
यस अद्भूत ग्रहको
बारेमा कतिपय रहस्यहरू उजागर
हुन बाँकी भए
तापनि पत्ता लगाइएका
तथ्यहरूले पनि हामीलाई
छक्क पार्छन् ।
१.
तपाईंले कुनै अफिसको
टेबुलमा राखिएको ग्लोबलाई देख्नुभएको
छ होला र
त्यसलाई घुमाउनु पनि भएको
होला । पृथ्वी
आफ्नै अक्षवरिपरि घुम्नुलाई
पृथ्वीको परिक्रमण भनिन्छ ।
यो घुमाइमा पृथ्वी
घडीको विपरीत दिशा
हुँदै पश्चिमबाट पूर्वतर्फ
घुम्दछ । यो
एक घण्टामा एक
हजार माइलको रफ्तारमा
हुँइकिन्छ अर्थात् हाम्रा लोकमार्गहरूमा
कुद्ने रात्री बसको गतिभन्दा
दसौँ गुणा बेसी
। यो गतिमा
घुम्दा पृथ्वीलाई एक फन्को
मार्न झन्डै २४
घण्टा लाग्दछ ।
पृथ्वीको यही घुमाइको
कारणले हामीले १२ घण्टाको
दिन र १२
घण्टाको रात पाउँछौँ
। यदि पृथ्वी
प्रति घण्टा १००
माइलको रफ्तारमा घुम्ने हो
भने यहाँको वातावरणमा
कायापलट आउँथ्यो अर्थात् बेस्सरी
चिसो र तातो
हुन्थ्यो । परिणामस्वरूप
जीव बाँच्न लायक
हुँदैनथ्यो ।
२.
आफ्नो उपग्रह चन्द्रमालाई
साथमा लिई पृथ्वीलाई
सूर्यको वरिपरि एक फन्को
मार्न ३६५ दिन
लाग्छ । पृथ्वीको
यस घुमाइलाई पृथ्वीको
परिभ्रमण भनिन्छ । यस
घुमाइमा पृथ्वी आफ्नो कक्ष
(बाटो) मा प्रति
घण्टा ६७,०००
माइल (करिब १९
माइल प्रति सेकेन्ड)
को रफ्तारमा कुद्छ
। आफ्नो वार्षिक
यात्रामा यसको गतिमा
थोरैभन्दा थोरै पनि
अदलबदल हुँदैन ।
३.
यदि पृथ्वी चन्द्रमा
जत्तिकै सानो भइदिएको
भए मानिसको आवश्यकताको
निम्ति पर्याप्त वातावरणलाई कायम
राख्न गुरुत्वाकर्षणको शक्ति
निकै कमजोर हुन्थ्यो
। अर्कोतिर, यदि
यो बृहस्पति, शनि
वा अरुणजत्तिकै ठुलो
भइदिएको भए अत्यधिक
गुरुत्वाकर्षणको शक्तिको कारणले मानवीय
चलहललाई प्राय: असम्भव बनाइदिन्थ्यो
।
४.
पृथ्वीदेखि सूर्य ९ करोड
३० लाख माइल
टाढा छ । यदि पृथ्वी
शुक्र ग्रहजत्तिकै नजिक
भइदिएको भए हामीले
सूर्यको तापलाई सहन सक्दैनथ्यौँ
। अर्कोतिर, यदि
यो मंगल ग्रहजत्तिकै
टाढा भइदिएको भए
प्रत्येक रात हामीले
हिउँको वर्षालाई सहनुपथ्र्यो ।
पृथ्वी
आफ्नो अक्षमा र
कक्षमा जुन रफ्तारमा
कुद्छ; सूर्यबाट यो जुन
दुरीमा रहेको छ; पृथ्वीको
जुन ढल्काइ छ;
यसको जुन आकार
छ; यसमा जति
मात्रामा अक्सिजन छ यी
सबै नै मानव–जातिको लागि असाध्यै
ठिक–ठिक छन्
। यस्ता कुराहरूमा
थोरै मात्र परिवर्तन
भइदिएको भए जीवको
अस्तित्व सम्भव हुनेथिएन ।
गोबरको
थुप्रोलाई हातमा लिएर भित्तामा
हान्दा नेपालको नक्सा बन्दैन
भन्ने जानिफकारहरूले नेपालको
नक्साभन्दा हजारौँ गुणा जटिल
संरचनाचाहिँ आफसे आफ
उत्पन्न भयो भनेर
पत्याउँदा तिनीहरू अन्धविश्वासी कि
हामी ? ख्रीष्टियानहरूको पवित्र धर्मशास्त्र बाइबलले
त प्रस्टसित बताउँछ
कि मानव–जातिको
आवासको लागि यस
सुन्दर, व्यवस्थितसाथै जटिल पृथ्वीलाई
परमेश्वरले सृष्टि मात्र गर्नुभएको
छैन तर यसको
नियन्त्रण गर्ने पनि उहाँ
नै हुनुहुन्छ ।