menu bar

Wednesday, December 17, 2014

विलियम केरी: नयाँ करारलाई नेपाली भाषामा अनुवाद गर्ने प्रथम व्यक्ति



मण्डलीका सेवकहरू जम्मा भएका थिए अठारौँ शताब्दीमा महान् आज्ञा केवल प्रेरितहरूका लागि थियो भन्ने सामान्य बुझाइ रहेको थियो तर तिनीहरूको बुझाइको विपरीत एक जना सेवकले छलफलको लागि एउटा प्रस्तावलाई अगाडि सारे, “सबै जातिहरूलाई सुसमाचार प्रचार गर्नुपर्ने महान् आज्ञा आज हाम्रो लागि लागु कि छैन होला ?”

एक जना पाका सेवकले तिनलाई यसो भन्दै हप्काए, “ ठिटो बस् परमेश्वरले अन्यजातिहरूलाई येशूमा डोर्याउन चाहनुहुन्छ भने तेरो मेरो सहयोगविना नै उहाँले यसो गर्नुहुनेछ

तर तिनी चुप रहेनन् मानिसहरूलाई मिसनमा अभिप्रेरित गर्नका लागि तिनले ८७ पृष्ठको एउटा पुस्तिका निकाले पछि तिनी आफै नै मिसनरी भई भारतमा आए मिसनको निम्ति तिनले जे गरे त्यसैको सम्मानस्वरूप आज ख्रीष्टियान जगत्ले तिनलाईआधुनिक मिसनका पिताभनेर श्रद्धा गर्छ तिनको नाउँ होविलियम केरी

विलियम केरीको जन्म १७ अगस्ट १७६१ मा इङ्गल्यान्डमा भएको थियो तिनका बुबा एडमन्ड आमा एलिजाबेथ जुलाहा (कपडा बुन्ने व्यक्ति) हरू थिए पाँच जना सन्तानमध्ये जेठो केरीले १४ वर्षदेखि जुत्ता सिउने काम गरे, २८ वर्षको उमेरसम्म

किशोर अवस्थामा प्रभु येशूलाई ग्रहण गरेका केरी ख्रीष्टाब्द १७९३ मा आफ्नो परिवारलाई साथमा लिई भारतमा आए, भारतवासीहरूलाई सुसमाचार सुनाउन विलियमको परिवारले कठिनाइसाथ अगिल्ला वर्षहरू बिताए बङ्गालको भूमिमा झण्डै वर्षसम्म परिश्रम गर्दा एक जना भारतीयले पनि नयाँ विश्वासलाई पछ्याएको थिएन तर तिनको निरन्तर प्रयासलाई परमेश्वरले कदर गर्नुभयो अनि बिस्तारै मानिसहरूले ख्रीष्टियान विश्वासलाई अङ्गाल्न थाले

तिनको मृत्यु नहुञ्जेलसम्म तिनले भारतमा ४१ वर्ष बिताए दसौँ लाखको भिडमा तिनको सेवाकार्यबाट केवल ७०० जना येशू प्रभुमा आएको भए तापनि बाइबल अनुवाद, शैक्षिक विकास सामाजिक सुधारको निम्ति तिनले प्रभावशाली जगको निर्माण गरे आधुनिक भारत निर्माणमा विलियम केरी केन्द्रिय पात्र हुन्

नयाँनयाँ भाषाहरू सिक्न माहिर विलियमले बाइबल अनुवादको महत्त्वलाई राम्ररी बुझेका थिए तिनले ओटा भाषामा पुरै बाइबललाई अनुवाद गरे भने २४ ओटा भाषामा आंशिक अनुवाद ३४ ओटा भाषाहरूमा बाइबलका अंशहरूलाई रूपान्तरण गरे तिनले ख्रीष्टाब्द १८२१ मा भारतको बङ्गालमा नयाँ करारलाई नेपाली भाषामा अनुवाद गरेका थिए   

भारतीय संस्कृतिसाथै रीतिरिवाजमा केरीले उत्सुकतापूर्वक चासो लिए सामाजिक सुधारमा हात हाल्नदेखि तिनी कत्ति पनि भयभीत भएनन् भारतमा त्यसबेला अभ्यास गरिने शिशु हत्या, किशोरी वेश्यागमनको तिनले खरो रूपमा विरोध गरे अनि पतिको मृत्युपश्चात् पत्नीलाई जिउँदै जलाइने अमानवीय सती प्रथाको उन्मूलनको लागि तिनले हिन्दु सुधारवादीहरूलाई कानुन निर्माणमा मद्दत गरे

तिनले अन्य दुई जना मित्रहरूको सहयोगमा १८१८ मा पश्चिम बङ्गालमा सेराम्पुर कलेजको स्थापना गरे यो ख्रीष्टियान कलेज खास गरी भारतीय विद्यार्थीहरूको लागि थियो नेपालीहरूले पनि यहाँ पढ्ने मौका पाएका छन्

नेपाली भाषामा पहिलो पटक नयाँ करारलाई अनुवाद गरी साहित्यिक दृष्टिकोणबाट सग्रग नेपालीहरूलाई योगदान पुर्याएका केरीले धार्मिक दृष्टिकोणबाट नेपाली ख्रीष्टियानहरूलाई कहिल्यै तिर्न नसक्ने ऋण लगाएका छन् जुन १८३४ मा ७२ वर्षको उमेरमा पश्चिम बङ्गालको सेराम्पुर सहरमा तिनको निधन भएको थियो        



Leave Your Comments Here.