अफ्रिका
महादेशमा मिसनरी भई जानका
लागि पुरुष विश्वासीहरूलाई
अभिप्रेरित गर्न एक
जना प्रचारक स्कटल्यान्डको
कुनै एउटा मण्डलीमा
गए । स्त्रीहरूको
बिचमा एक जना
मात्र किशोरलाई देखेपछि
वक्ताले सन्देशको विषयलाई बदल्ने
मनसाय बनाए ।
तर तिनले प्रचारको
निम्ति आफूले तयार पारेकै
वचनलाई तोडे अनि
मिसनमा लाग्न आव्हान गरे
। त्यो ठिटोले
प्रचारकको वचनलाई निकै ध्यान
लगाएर सुन्यो ।
ती वचनहरूलाई उसले
मनमा राख्यो ।
उक्त वचनले उसको
जीवनमा कस्तो विस्मयकारी प्रभाव
पार्नेथियो भनी ठिटोले
कहिल्यै कल्पना पनि गरेको
थिएन होला ।
ऊ हुर्केपछि उसले
चिकित्सा क्षेत्रमा पदवी हासिल
गर्यो
। अन्तत: ऊ
मिसनरी भई अफ्रिका
गयो । उसको
नाउँ हो— डेभिड
लिभिङ्गस्टोन ।
लिभिङ्गस्टोन
मिसनरीसाथै अन्वेषक थिए ।
उन्नाइसौँ शताब्दीका लोकप्रिय हिरो
लिभिङ्गस्टोन तिनको सहादतपश्चात् धेरैको
निम्ति प्रेरणाको स्रोत बने
। वैज्ञानिक अनुसन्धानकर्तासाथै
सामाजिक सुधारक लिभिङ्गस्टोनले अफ्रिकी
भूमिबाट दासदासी बेचबिखनको अन्त्यको
लागि उल्लेखनीय योगदान
दिए । मिसनरी
गाथाका तिनी शेर
हुन् । लामो
समयसम्म अन्धकारपूर्ण महादेशको रूपमा चिनिएको
अफ्रिकामा दोस्रो शताब्दीमा नै
सुसमाचार पुगेको भए तापनि
लिभिङ्गस्टोनको आगमनले मात्रै दिगो
प्रभाव पार्यो ।
मिसनरीहरू तटिय क्षेत्रमा
मात्रै सीमित भएको बेलामा
भित्री इलाकाहरूमा जाने खतरा
मोलेका थिए तिनले
।
डेभिड
लिभिङ्गस्टोनको जन्म १९
मार्च १८१३ मा
स्कटल्यान्डमा भएको थियो
। लिभिङ्गस्टोन नेल
र तिनकी पत्नी
अग्नेसबाट जन्मेका सात जना
सन्तानमध्ये माहिला थिए ।
तिनका माता पिता
गरिब थिए, तर
ईश्वरभक्त ।
१०
वर्षको उमेरमा लिभिङ्गस्टोन कपास
कारखानाको कामदार बने ।
तिनी बिहान ६
बजेदेखि बेलुका ८ बजेसम्म
काम गर्थे ।
तरै पनि शिक्षाको
निम्ति तिनमा यस्तो अद्भूत
तृष्णा थियो कि
बेलुका काम सकेपछि
तिनी रात्री स्कुलमा
पढ्थे अनि घरमा
मध्यरातसम्म अध्ययन गर्थे ।
कामको बेलामा पनि
तिनले पढ्ने समय
निकाल्थे ।
किशोर
अवस्थामा प्रभु येशूलाई ग्रहण
गरेका लिभिङ्गस्टोनले चीनमा
मिसनरी डाक्टर भई जाने
सपना बुनेका थिए
। त्यसैको निम्ति
तिनले आफूलाई तयार
पनि पार्दै गए
। २७ वर्षको
उमेरमा तिनी मिसनको
कामको लागि योग्य
ठहरिएको भए तापनि
त्यसबेला चीन र
बेलायतको बिचमा युद्ध चलिरहेको
कारणले तिनको चीन जाने
सपना तुहियो ।
परमेश्वरले तिनको निम्ति तयार
पारको भूमि अर्कै
थियो । अफ्रिकाका
लागि अनुभवी मिसनरी
रोबर्ट मोफाटको प्रभावमा परेर
तिनी ख्रीष्टाब्द १८४०
मा अफ्रिका प्रस्थान
गरे ।
धेरै
वर्ष अफ्रिकामा बिताएका
लिभिङ्गस्टोनको बारेमा तिनको जीवनका
पछिल्ला वर्षहरूमा केही खबर
नआएपछि तिनी जीवितै
थिए या मरे
भन्ने विषयमा अत्तोपत्तो
भएन । फलस्वरूप
पत्रकार हेन्री स्टान्ली तिनको
खोजीको लागि हिँडे
। ९९९ दिनको
जोखिमपूर्ण यात्रापछि तिनले लिभिङ्गस्टोनलाई
ख्रीष्टाब्द १८७१ मा
उजिजी भन्ने ठाउँमा
फेला पारे ।
स्टान्लीको
प्रस्थानपछि लिभिङ्स्टोन केही महिना
मात्र बाँचे ।
१ मे १८७३
मा घुँडा टेकिरहेको
अवस्थामा तिनी मृत
फेला परे ।
स्थानीयहरूले तिनलाई यति धेरै
प्रेम गर्थे कि
तिनीहरूले लिभिङ्गस्टोनको मुटु भए
पनि तिनीहरूको भूमिमा
गाड्न चाहेकाले तिनीहरूले
तिनको मुटु झिकी
तिनले प्राण त्याग
गरेकै ठाउँ नजिकैको
रुखमुनि त्यसलाई गाडे जहाँ
अहिले तिनको स्मारक
खडा गरिएको छ
। तिनका भक्त
अनुयायीहरू खुमा र
सुसीले मुटुविनाको तिनको मृत
शरीरसाथै तिनको जर्नल (दैनिक
अभिलेख) लाई बोकी
१,६०० किलोमिटरको
यात्रा गरेर तटसम्म
पुर्याए
।
देशभरका
प्रतिष्ठित व्यक्तिहरूको बिचमा इङ्गल्यान्डमा मुटुरहित
तिनको मृत शरीरलाई
राष्ट्रिय सम्मानका साथ दफन
गरिएको थियो ।