- मत्ती— “बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले” (२०:३०) येशूलाई चङ्गाइको निम्ति बिन्ती गरे ।
- मर्कूस— “तिमैको छोरो बारतिमै, एक जना अन्धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो” (१०:४६) जसले येशूलाई दृष्टिको लागि बिन्ती गर्यो ।
- लूका— “त्यहाँ एक जना अन्धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो” (१८:३५) जसले देख्न सकूँ भनेर अनुरोध गर्यो ।
यी
तिन ओटा विवरणहरूलाई
पढ्दा प्रस्ट हुन्छ
कि मत्तीको अभिलेखअनुसार
दुई जनाले चङ्गाइ
पाएका छन् भने
मर्कूस र लूकाको
अभिलेखअनुसार एक जनाले
। वास्तवमा कति
जनाले चङ्गाइ पाए—
एक वा दुई
? के यो प्रस्ट
विरोधाभास होइन र
?
यी
तिन ओटै विवरणहरूलाई
होसियारीपूर्वक पढ्दा प्रस्ट हुन्छ
कि मर्कूस र
लूकाले एक जनाले मात्र चङ्गाइ पायो
भनेर लेखेका छैनन्
। यदि ती
लेखकद्वयले एक जना
व्यक्तिले मात्र चङ्गाइ पाएको
थियो भनेर बताएका
भए कि मत्ती
कि भने मर्कूससाथै
लूकाले भुल गरेको
हुनेथियो भनी हामीले
निष्कर्ष निकाल्नुपथ्र्यो । तर
अवस्था त्यस्तो छैन ।
हामीलाई थाहा छ
कि जहाँ दुई
जना हुन्छ त्यहाँ
एक जना अवश्य
हुन्छ । मर्कूसले
त्यो दृष्टिविहीन र
उसको पिताको नाउँ
उल्लेख गरेको यथार्थताले अङ्कित
गर्छ कि तिनी
एक जना व्यक्तिमा
केन्द्रित छन् जसलाई
तिनी व्यक्तिगत रूपमा
चिन्दछन् । तब
हामी निष्कर्ष निकाल्न
सक्छौँ कि जम्मा
दुई जनाले चङ्गाइ
पाए जसमध्ये एक
जना तिमैको छोरो
बारतिमै थियो भने
अर्कोको नाउँ अज्ञात
छ ।