१. नेपाली
रूप “ख्रीष्टमस” अङ्ग्रेजी
भाषा Christmas
को लिप्यन्तरण हो
। यो ख्रीष्टियानहरूले
प्रयोग गर्ने हिज्जे हो
भने गैरख्रीष्टियानहरू साधारणतया
“क्रिसमस” भन्छन् । अङ्ग्रेजी
भाषामा यो संयुक्त
संज्ञा हो जुन
पुरानो अङ्ग्रेजी भाषाको Crīstesmæsse बाट
व्युत्पन्न हुन्छ जसको अर्थ
हुन्छ Christ's Mass । यसको
नेपाली अर्थ हुन्छ,
“ख्रीष्टको समारोह ।”
२. ख्रीष्टमस
जिसस क्राइस्ट अर्थात्
येशूको जन्मको सम्झनामा मनाइने
वार्षिक पर्व हो
जुन डिसेम्बर २५
अर्थात् पौष १०
गते मनाइन्छ ।
यो मूलत: ख्रीष्टियानहरूको
बडादिन भए तापनि
संसारका ख्रीष्टियानसाथै गैरख्रीष्टियान दुवै थरीका
अरबौँ मानिसहरू उहाँको
जन्मोत्सवमा रमाउँछन् ।
३. बाइबलको
दोस्रो भाग अर्थात्
नयाँ करारका अगिल्ला
चार ओटा पुस्तकहरू
येशूको जीवनीबारे बताउने आधिकारिक
स्रोतहरू हुन् ।
येशूका जीवनीकारहरूमध्ये मत्ती र लूकाले
उहाँको जन्मबारे केही महत्त्वपूर्ण
जानकारीहरू उपलब्ध गराए तापनि
बाइबल उहाँको वास्तविक
जन्म मितिबारे मौन
छ ।
४. पवित्र–शास्त्र बाइबलमा उहाँ
जन्मनुभएको मिति उल्लेख
नभएकोले सुरुका ख्रीष्टियानहरूका बिचमा
उहाँको जन्मदिनको लागि कुनै
निर्धारित मिति थिएन
। चौथो शताब्दीको
उत्तराद्र्धसम्म आइपुग्दा ख्रीष्टमस भिन्नाभिन्नै
स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि
प्रायजसो मण्डलीमा मनाइन थालिएको
थियो ।
५. तर
डिसेम्बर २५ (पुष
१०) नै ख्रीष्टमसको
लागि औपचारिक मिति
हुन पुग्यो ।
किन ? सम्भवत: त्यस
समयमा मनाइने गैरख्रीष्टियान
पर्वले गर्दा उक्त मितिमा
ख्रीष्टमस मनाउनलाई प्रभाव पारेको
थियो ।
६. ख्रीष्टमससँग
गाँसिएका थुप्रै चलनहरू विभिन्न
समयमा विभिन्न देशबाट
आएका छन् ।
ख्रीष्टमसको समयमा उपहारहरू साँटासाँट
गर्ने चलन प्राचीन
रोमबाट आएको हो
। अठारौँ शताब्दीको
अन्त्यसम्ममा परिवारका सदस्यहरूबिच उपहारहरू
साँटासाँट गर्ने अभ्यास राम्ररी
नै स्थापित भइसकेको
थियो । उपहार
लेनदेनले हामीलाई परमेश्वरले आफ्नो
एकमात्र पुत्र दिनुभएको तथ्यको
सम्झना गराउँछ । ज्योतिषीहरूले
बालक येशूलाई किम्मती
उपहारहरू चढाएका थिए— सुन,
सुगन्धित धूप र
मूर्र ।
७. ख्रीष्टमस
वृक्ष अर्थात् ख्रीष्टमस
ट्रि समयको मार्गमा
थपिएको अर्को परम्परा हो
जसलाई जर्मनीले भित्र्याएको
थियो । पुनर्जागरणकालीन
मानवअधिकारवादी लेखक सेबास्टिएन
ब्रान्टद्वारा ख्रीष्टाब्द १४९४ मा
लिखित आफ्नो कृतिमा
तिनले घरहरूमा देवदारु
वृक्षका हाँगाहरू राख्ने चलनलाई
अभिलिखित गरेका छन् ।
ख्रीष्टमस वृक्षको परम्पराको सुनिश्चित
मिति र उत्पत्तिबारे
अनिश्चित भए पनि
स्याउहरूसँग सजाइएका देवदारु रूखहरू
पहिलो पटक ख्रीष्टाब्द
१६०५ मा स्ट्रासवर्गमा
जानकारीमा आएजस्तो देखिन्छ ।
८. ब्रिटिस
नागरिक जे. सी.
हर्सले ख्रीष्टाब्द १८४३ मा
पहिलो ख्रीष्टमस कार्डको
रचना गरेका थिए
। यो आधुनिक
पोस्टकार्डजस्तै थियो र
यसमा लेखिएका शब्दहरू
यस्ता थिए, ''Merry
Christmas and a Happy New Year to You'' ।
९. क्यारल
शब्दको अर्थ हुन्छ,
“गित वा भजन
।” ख्रीष्टमसको अवसरमा
गाइने क्यारल गितका
शब्दहरू ख्रीष्टियान विषयवस्तुसित जोडिएका
हुन्छन् । वर्तमान
समयमा क्यारलमा गाइने
थुप्रै भजनहरू अठारौँ र
उन्नाइसौँ शताब्दीमा रचना गरिएका
थिए जसमध्ये केही
नेपाली भाषामा पनि अनुवाद
भएका छन् ।
१०. ख्रीष्टमसको
केन्द्रिय सन्देश येशूको अवतार
हो । यो
ख्रीष्टियमतको अद्वितीय पक्ष हो
जुन अन्य धर्महरूमा
पाईंदैन । परमेश्वरले
मानव चोला धारण
गर्नुभयो, हाम्रा बिचमा जिउन
र हाम्रो पापको
निम्ति मर्न ।
योभन्दा महानतम सन्देश के
हुन सक्छ ?