menu bar

Wednesday, December 31, 2014

विलियम विल्बरफोर्स: ब्रिटिस साम्राज्यबाट दास व्यापारको उन्मूलनकर्ता



सर्वशक्तिमान् परमेश्वरले मेरो सामु दुई ओटा महान् उद्देश्यहरू राखिदिनुभएको : दास व्यापारको उन्मूलन नैतिकताको सुधार”, २८ वर्षको उमेरमा विलियम विल्बरफोर्सले आफ्नो जर्नलमा परमेश्वरको बोलावटलाई यसरी व्यक्त गरेका थिए  

विलियम विल्बरफोर्स ख्रीष्टियान राजनीतिज्ञ, ईश्वरशास्त्रीसाथै सामाजिक सुधारक थिए तिनकै निरन्तर सक्रियतामा ब्रिटिस साम्राज्यबाट दास व्यापार सदाको निम्ति उन्मूलन भएको थियो तिनको मृत्युको तिन दिनअगि संसदले दास उन्मूलन कानुन १८३३ पारित गरेको थियो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्यो   

२४ अगस्ट १७५९ मा इङ्गल्यान्डमा जन्मेका विलियम विल्बरफोर्स परिवारमा एकलो छोरा थिए तिनका पिता रोबर्ट धनी व्यापारी थिए भने आमाको नाउँ एलिजाबेथ थियो तिनका हजुरबुबा विलियम दुई पटक सहरको मायोरमा चुनिएका थिए सात वर्षको उमेरमा विल्बरफोर्स स्थानीय स्कुलमा जान थाले जहाँ तिनी नमुना विद्यार्थी बने, तिनको वक्तृत्वकलाको लागि   

ख्रीष्टाब्द १७८५ मा विल्बरफोर्स ख्रीष्टियान बने त्यसपछि तिनको जिउने शैलीमा परिवर्तनका रेखाहरू देखा परे तिनले प्रसिद्ध भजन लेखक जोन न्युटनसित सल्लाह मागे विल्बरफोर्स जुन राजनीतिक ओहोदामा पुगेका थिए त्यसलाई परमेश्वरको निम्ति प्रयोग गर्न प्रोत्साहित गरे न्युटनले तिनले विल्बरफोर्सको बारेमा भविष्यवाणीसम्बन्धी यी वचनहरू पनि कोरे, “परमेश्वरले तपाईंलाई उहाँको मण्डली यो राष्ट्रको भलाइको निम्ति उदय गराउनुभएको भनी आशा गरिएको विश्वास गरिएको त्यसको दुई वर्षपछि परमेश्वरले तिनलाई व्याप्त दास व्यापारको उन्मूलन सामाजिक सुधारको निम्ति बोलाउनुभएको महसुस गरे जुन उद्देश्यलाई तिनले आफ्नो जर्नलमा लेखे

सोर्हौँ शताब्दीमा नै ब्रिटिसले दास व्यापार गर्न थालेको थियो अफ्रिकाबाट लाखौँ दासहरूलाई किनेर वेस्ट इन्डिजमा निर्यात गरिन्थ्यो जहाँ ती दासहरूले चिनी, सुर्ती कपास उत्पादन गर्थे तिनीहरूको उत्पादन नै ब्रिटिसको ८० प्रतिशत विदेशी आय थियो दास व्यापार ब्रिटिस आम्दानीको एउटा प्रमुख हिस्सा नै बनेको थियो यस्तो पृष्ठभूमिमा कानुनी रूपमा दास व्यापारको उन्मूलन फलामको चिउरा चपाउनुसरह थियो

तथापि परमेश्वरको योजनाभित्र पर्ने अठोटले मूर्त रूप लिन्छ भन्ने यथार्थता विल्बरफोर्सको निरन्तर प्रयासपश्चात्को कानुनत: दास प्रथाको खारेजीमा देख्न सकिन्छ

१७८९ मा तिनले संसद भवनमा दास प्रथाको विरुद्धमा खरो भाषण गरे दास व्यापार अन्याय मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भन्ने तिनको तर्क थियो १७८१ देखि संसदमा झण्डै प्रत्येक वर्ष नै दास प्रथाको विरुद्धमा विधेयक पेस गरिएको भए तापनि विलियम विल्बरफोर्स तिनको पक्षमा मत हाल्नेहरू पटकपटक पराजित भए तर तिनीहरूले हरेस खाएनन् निरन्तर प्रयासको बाबजुत १८०७ मा दास व्यापार कानुनी रूपमा उन्मूलन भयो २८३ भोट निर्मूलनको पक्षमा खसेको थियो भने केवल १६ ओटा त्यसको विपक्षमा

दास व्यापार कानुनले दास प्रथालाई गैरकानुनी ठहराई बाँकी कामको निम्ति मार्ग प्रशस्त गर्यो दास प्रथा कानुनत: गैरकानुनी भए तापनि हजारौँ दासहरू फुक्का भइसकेका थिएनन् तसर्थ, विल्बरफोर्सले आफ्नो बाँकी जीवन अफ्रिकासाथै विश्वका अन्य मुलुकहरूमा भएका दासहरूको अधिकारको पक्षमा वकालत गरी बिताए अन्तत: तिनको मृत्युको केही दिनअगावै २६ जुलाई १८३३ मा दास उन्मूलन कानुन १८३३ पारित भयो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्यो निश्चय नै, यो विल्बरफोर्सको जीवनको महानतम प्राप्ति थियो

२९ जुलाई १८३३ मा तिनी यस धरतीबाट विदा भए तिनको मृत्युको एक महिनापश्चात् दासत्व उन्मूलन कानुन पारित गरी झण्डै लाख अफ्रिकी दासहरूलाई फुक्का गरियो जसको निम्ति हर्जानास्वरूप अरबौँ रुपियाँ खर्च गरिएको थियो
 




Leave Your Comments Here.