कल्पना
गर्नुस् कि एउटा
खास उद्देश्य लिएर
तपाईं एउटा ठुलो
विमानमा सवार हुनुहुन्छ
। त्यो उद्देश्य
हो पृथ्वीको धरातलमा
सुन्दरसाथै व्यवस्थित घर बनाउने
। इँट, सिमेन्ट,
रड, काठ, रङ,
बिजुलीसाथै धाराका सामानहरू अर्थात्
घर निर्माणको लागि
चाहिने सम्पूर्ण सामग्रीहरू तपाईंले
आफूसँगै विमानमा लैजानुभएको छ
। ती सबै
सामानहरूलाई तपाईंले विमानबाट खसालिदिनुभयो
। के ती
सामग्रीहरू ठिक ठिक
ठाउँमा जम्मा भएर एउटा
सुन्दरसाथै व्यवस्थित घरको निर्माण
हुन्छ त ? असम्भव
! किन ? सुन्दर, जटिलसाथै
व्यवस्थित रचनाको लागि सधैँ
बुद्धिमान् रचनाकारको खाँचो पर्छ
। हाम्रो अनुभवले
हामीलाई सिकाएको छ कि
त्यस्ता वस्तुहरू कहिल्यै आफसे
आफ बन्दैनन् ।
यो
सारा विश्व अस्तित्वमा
मात्र छैन तर
यो अकल्पनीय रूपमा
जटिल, सुन्दर र
व्यवस्थित छ ।
तपाईंले जुन उपकरण
प्रयोग गरेर यस
आलेखलाई पढ्दै हुनुहुन्छ त्यसलाई
एक बुद्धिमान् इन्जिनिएर
वा प्राविधिज्ञले निर्माण
गरेको हो ।
किन यस पङ्क्तिकारले
त्यसो भनेको ? किनकि
कुनै पनि समयमा
हामीले जटिल रचना
देख्यौँ भने हाम्रो
पहिलेको अनुभवले हामीलाई यही
बताउँछ कि यसको
पछाडि रचनाकार हुनैपर्छ
। घडीले घडी
बनाउनेलाई अङ्कित गर्छ; भवनले
कालिगडलाई अङ्कित गर्छ; चित्रले
चित्रकारलाई अङ्कित गर्छ ।
व्यवस्थित रचना कहिल्यै
स्वत: उत्पन्न हुँदैन
। हजारौँ बाँदरहरू
कम्प्युटरको अगाडि बसेर लाखौँ
वर्षसम्म किबोर्डमा थिच्दा पनि
तिनीहरूले कहिल्यै मुनामदनको उत्पादन
गर्न सक्दैनन् ।
तर लक्ष्मी प्रसाद
देवकोटाले सजिलैसित यसको रचना
गरे । रचना
जति जटिल हुन्छ
त्यति नै रचनाकार
बुद्धिमान् हुनुपर्छ ।
हाम्रो
विश्व सुनिश्चित वैज्ञानिक
नियमहरूद्वारा सञ्चालित छ । यी नियमहरूको
कारणले वैज्ञानिकहरूले चन्द्रमामा रकेट पठाउन
सक्षम भएका छन्
भने खगोलविद्हरूले चन्द्र
ग्रहण र सूर्य
ग्रहणको मिति अगावै
तोक्न सफल भएका
छन् । विश्वमा
अचुकपना, जटिलता र सुव्यवस्था
पाइन्छ भन्ने कुरा विवादमा
छैन । रिक्की,
डाउकिन्स, लेवेन्टिनजस्ता लेखकहरूले यसलाई बढी
नै बुझेका छन्
। विश्वमा जटिलता
छ भनी नास्तिकहरू
स्वीकार गर्न तयार
भए तापनि रचनाले
रचनाकारको खाँचोलाई सूचित गर्ने
भएकोले विश्वमा रचना छ
भनी स्वीकार गर्न
तिनीहरू अनकनाउँछन् । तर
तिनीहरूको यो बेतयारीपन
साक्षीमा आधारित छैन ।
विश्वमा रचनाको साक्षी सुस्पष्ट
छ ।
सूर्य
एउटा विशाल परमाणु
यन्त्रजस्तो छ ।
मानव–जातिले सृष्टिदेखि
उत्पादन गरेको शक्तिभन्दा बेसी
शक्ति यसले एक
सेकेन्डमा उत्पादन गर्छ ।
प्रत्येक सेकेन्डमा असी लाख
टन पदार्थलाई यसले
शक्तिमा रूपान्तरण गर्छ ।
सूर्यले विभिन्न प्रकारका विकिरण
पनि फ्याँक्छ जसमध्ये
केही जीवित प्राणीहरूका
लागि घातक छन्
। तर पृथ्वी
सूर्यबाट ठिक दूरीमा
रहेकोले जीवन बाँच्नको
लागि यसले ठिक
ताप र विकिरण
पाउँछ । सूर्य
र पृथ्वीको बिचमा
भएको ९ करोड
३० लाख माइलको
दूरी प्राणी र
बोटविरुवाको अस्तित्वको लागि ज्यादै
उचित छ । केही टाढा/नजिक भइदिएको
भए जीवधारीको अस्तित्व
सङ्कष्टमा पथ्र्यो । पृथ्वी सूर्यबाट ठिक
दूरीमा छ ।
चन्द्रमाबाट यसको दूरी
ज्यादै ठिक छ
। पृथ्वीको व्यास
एकदमै ठिक छ
। यसको वातावरणीय
चाप अति नै
ठिक छ । यसको ढल्काइ
ठिक छ । समुद्रमा भएको यसको
पानीको मात्रा ठिक छ
। यसको तौल
र पिण्ड ठिक
छ । याद
गर्नुस् कि तिनीहरूको
सामान्य अदलबदलले पनि हामी
अस्तित्वविहीन हुन पुग्छौँ
। यी सबै
ठिक–ठिक ठाउँमा
रहेका कुराहरू “अकस्मात्”
भएका हुन् भनेर
पत्याउन सजिलो होला कि
प्रज्ञावान् रचनाकारद्वारा तिनको सृष्टि गरिएको
हो भनेर मान्नु
तर्कसङ्गत होला ?
तपाईं
बाटोमा हिँडिरहनुहुँदा अकस्मात् एउटा हाते
घडी फेला पार्नुभयो
भने त्यो घडी
त्यहाँ आइपुग्नुको कारण के
होला भनी तपाईं
सोच्नुहुन्छ— हुरी बतास
वा वृष्टि ? वा
कुनै प्राकृतिक शक्ति
? होइन । कुनै
एउटा प्राविधिज्ञले यो
बनाएको हुनुपर्छ र अभाग्यवश:
कुनै एउटा यात्रीले
त्यसलाई त्यहाँ खसाएको हुनुपर्छ
भनी तपाईंले निष्कर्ष
निकाल्नुहुन्न र ? अवश्य
।
निष्कर्षमा,
यो विश्व ज्यादै
सुन्दर, जटिल, व्यवस्थित र
उद्देश्यपूर्ण छ ।
व्यवस्थित वस्तु कहिल्यै आफसे
आफ उत्पन्न हुँदैन
र भएको पनि
छैन । तसर्थ,
यसको पछाडि एक
जना बुद्धिमान् रचनाकार
हुनुपर्छ । विश्वबारे
भएको यस ज्ञानले
तपाईं र मलाई
मण्डलीको सतावटकर्ताबाट सुसमाचारको राजकुमारमा परिवर्तित
लेखकको भनाइतर्फ डोर्याउँदै छ, “उहाँको
अदृश्य गुण, अर्थात्
उहाँको अनन्त शक्ति र
ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि
नै बनाइएका थोकहरूमा
छर्लङ्गै देखिएको छ” (रोमी
१:२०) ।