इङ्गल्यान्डका
राजा विलियम चतुर्थको
मृत्यु हुँदा राजदरबारमा एक
जना १८ वर्षकी
केटी सुतिरहेकी थिइन्
। तिनलाई बिउँताइयो
र भनियो, “अब
तपाईं इङ्गल्यान्डको रानी
बन्नुहुनेछ ।” उक्त
खबर सुन्नेबित्तिकै उनले
घुँडा टेकिन् र
स्वर्गीय पितालाई बिन्ती चढाइन्,
“हे पिता परमेश्वर,
अबका वर्षहरूमा मलाई
मद्दत गर्नुहोस् ।
मलाई तपाईंको अगुवाइको
खाँचो छ ।”
ख्रीष्टाब्द
१९०१ मा आफ्नो
मृत्यु नहुञ्जेलसम्म उनले ब्रिटिस
साम्राज्यमाथि ६४ वर्ष
राज्य गरिन् ।
उनको नाउँ हो—
महारानी भिक्टोरिया । उनले
इङ्गल्यान्डमा कुनै पनि
राजाले भन्दा बेसी शासन
गरिन् र उनी
नै सारा इतिहासमा
सबैभन्दा बेसी राज्य
गर्ने महिला रानी
हुन् । महारानी
भिक्टोरियाको शासनकालमा बेलायतले औद्योगिक,
सांस्कृतिक, राजनीतिक, वैज्ञानिक र
सैनिक क्षेत्रमा व्यापक
परिवर्तन ल्याएको थियो ।
एक वाक्यमा भन्नुपर्दा,
इङ्गल्यान्डले उनको शासनकालमा
जति उन्नति गर्यो
त्यति कहिल्यै गरेको
थिएन । एक
पटक उनलाई इङ्गल्यान्डको
सफलताको रहस्य के हो
भनी सोधियो ।
उनले झट्टै टेबुलमा
भएको एउटा पुस्तकलाई
उठाइन् र भनिन्,
“यो हो रहस्य
।” उनले उठाएको
पुस्तक अरू कुनै
नभएर बाइबल थियो
।