menu bar

Monday, December 29, 2014

बाइबलको वैज्ञानिक सच्चाइबारे केही भनाइहरू




अन्य सबै प्राचीन धार्मिक ग्रन्थहरूबाट बाइबललाई फरक बनाउने एउटा कुरो हो यसको वैज्ञानिक सच्चाइ विनाअपवाद अन्य प्रत्येक प्राचीन धार्मिक ग्रन्थमा कुनै कुनै वैज्ञानिक त्रुटिहरू पाइन्छ उदाहरणको लागि, सूर्य हिल्लाम्मे झर्नाभित्र गएर बिलाउँछ भनी मोहम्मदले कुरआनमा सिकाएका छन् पृथ्वी थेप्चो त्रिभुजाकारको अनि पृथ्वीमुनि भएका हात्तीहरूले आफैलाई हल्लाउँदा भूकम्पहरू जान्छन् भनी हिन्दु वेदहरूले सिकाउँछन्
चार्ली क्याम्पबेल

गतिको नियमका आविष्कारक आइज्याक न्युटन बाइबलका महानतम रक्षकहरूमध्ये एक हुँदाहुँदै पनि पछि अरूहरूले उक्त नियम बाइबलका अंशहरूको विपरीत छन् भनी देखाउने प्रयास गर्नु विडम्बना हो बाइबलको सच्चाइको समर्थनमा तिनको समयका बाइबल आलोचकहरूको विरुद्धमा तिनले थुप्रै पेपरहरू लेखे
राल्फ . मुङ्कास्टर

जवान मानिसहरू, वैज्ञानिक समस्याहरूको सामना गर्नका लागि जब तिमीहरू संसारमा जान्छौ, याद गर कि आफ्नो सारा जीवनमा केवल विज्ञानलाई मात्र जानेको यस पाको मान्छेले तिमीहरूलाई भन्दछ कि परमेश्वरको वचन [बाइबल] मा भएका वैज्ञानिक कथनहरूभन्दा विश्वमा अन्य कुनै कुरो बढी साँचो छैन
जेम्स डी. डाना, अमेरिकाका विख्यात भूगर्भविद् 

विश्वको उत्पत्तिसम्बन्धी सिद्धान्त, खगोल विज्ञान, भूगर्भ विज्ञान प्राणी विज्ञान, शरीरक्रिया विज्ञान तुलनात्मक शरीर विज्ञान, प्राकृतिक दर्शनशास्त्र सरसफाइसम्बन्धी विज्ञान आदिबाट जाँच्दा यो पुस्तक [बाइबल] ले अलौकिक ज्ञान बुद्धिलाई प्रदर्शित गर्दछ यो एउटा वैज्ञानिक आश्चर्यकर्म हो
डा. . टी. पिएर्सन

हामी देख्छौँ कि खगोल विज्ञानको साक्षीले कसरी संसारको उत्पत्तिको सम्बन्धमा बाइबलको धारणातर्फ डोर्याएको वर्णन गर्ने तरिका फरकफरक होलान् तर खगोल विज्ञान बाइबलको उत्पत्तिको पुस्तकको विवरणका अपरिहार्य तत्त्वहरू उही छन्
रोबर्ट ज्यास्ट्रो, नासाको अन्तरिक्ष अध्ययन गोडार्ड संस्थाका संस्थापक वैज्ञानिक

निष्कर्षमा, बाइबलको कुनै पनि कथन आधुनिक सौर्य प्रणालीको खगोल विज्ञानसित बेमेल भन्ने एउटै पनि अवलोकनीय सत्यता छैन तर, यस्ता कैयौँ सत्यताहरू छन्, जुन धर्मशास्त्रसित सुन्दर ढङ्गमा परस्पर सम्बन्धित छन्
डा. हेन्री एम. मोरिस, सृष्टिवादी वैज्ञानिक



Leave Your Comments Here.