ख्रीष्ट
र ख्रीष्टियमतका शिक्षाहरूको
सम्बन्धमा सेनापति लिउ वालेस
प्राय: तटस्थ थिए ।
तिनले ती शिक्षाहरूलाई
न त पूर्ण
रूपमा इन्कार गरेका
थिए न त तिनी ती
शिक्षाबाट प्रभावित नै भएका
थिए । तर
एक दिनको वार्तालापले
तिनको जीवनमा नाटकीय
मोड ल्याइदियो ।
एक
दिन तिनी रेलमा
यात्रा गरिरहेका थिए ।
पछाडिपट्टिबाट कसैले तिनको नाउँ
बोलायो । त्यो
व्यक्ति अरू कोही
नभएर रोबर्ट इङ्गरसोल
भएको देख्दा तिनी
छक्क परे ।
ओहोदाको दृष्टिकोणबाट इङ्गरसोल कर्नेल थिए
भने विश्वासको दृष्टिकोणबाट
तिनी अज्ञेयतावादी ।
परमेश्वर हुनुहुन्छ या हुनुहुन्न
भनी जान्न सकिँदैन
भनी विश्वास गर्ने
व्यक्तिलाई अज्ञेयातावादी भनिन्छ । इङ्गरसोल
अज्ञेयतावादको प्रबल पक्षपोषक थिए
। त्यसैले तिनले
“महान् अज्ञेयतावादी” भन्ने उपनाम नै
कमाएका थिए ।
विश्वचर्चित
अज्ञेयतावादी इङ्गरसोल लिउ वालेससित
कुरा गर्न उत्सुक
थिए । तसर्थ
वालेसलाई इङ्गरसोलको डिब्बामा आउन
निमन्त्रणा गरियो । वालेसले
तिनको निमन्त्रणको तारिफ
गरे तर छफललको
विषय छान्ने मौका
वालेसलाई दिने सर्तमा
मात्रै तिनी राजी
भए । इङ्गरसोलले
सहमत जनाए ।
वालेसले आत्मिक र धार्मिक
विषय छाने ।
त्यसपछि इङ्गरसोलले ख्रीष्टका शिक्षाहरूका
विभिन्न पाटाहरूलाई नकारात्मक दृष्टिकोणबाट
बयान गर्न थाले
। झण्डै दुई
घन्टासम्म लम्बिएको त्यस वार्तालापमा
वालेस मन्त्रमुग्ध भई
सुनिरहे । इङ्गरसोलले
आफ्नो बौद्धिक र
तार्किक क्षमताको प्रयोग गरी
ख्रीष्ट र मण्डलीलाई
निकै होच्च्याए ।
यस वार्तालाले वालेसलाई
यसरी प्रभावित तुल्यायो
कि येशू ख्रीष्ट
र ख्रीष्टियमतका दाबीहरूलाई
गम्भीर रूपमा जाँच गर्न
प्रेरित गर्यो वालेसलाई
।
परिणामस्वरूप
तिनी ऐतिहासिक रूपमा
साँचो उपन्यास लेख्न
कस्सिए । आफूलाई
चाहिने जानकारीहरू हासिल गर्न
तिनी युरोप र
अमेरिकाका पुस्तकालयहरू धाए ।
बाइबललाई गहन रूपमा
अध्ययन गरे तिनले
।
ख्रीष्टलाई
मिथ्या प्रमाणित गर्न तम्सिएका
वालेस अन्तत: ख्रीष्टको
पाउमुनि घुँडा टेक्दै चिच्च्याए,
“मेरा प्रभु र
मेरा परमेश्वर ।”
येशूलाई तिनले प्रभुको रूपमा
स्वीकार गरे ।
तिनी साँचो ख्रीष्टियान
बने । साहित्यिक
प्रतिभाका धनी वालेसले
आफूले जम्मा गरेका
स्रोतहरूबाट एउटा उपन्यास
लेखे । सात
वर्षको अनुसन्धानपछि लेखिएको त्यस उपन्यासको
नाम हो— बेनहुर
। उन्नाइसौँ शताब्दीमा
सर्वाधिक बिक्री भएको पुस्तकको
रूपमा ख्याति कमायो
बेनहुरले । त्यस
बेला यो सबैभन्दा
प्रभावशाली ख्रीष्टियान पुस्तक थियो
।