menu bar

Thursday, December 11, 2014

अतुलनीय येशू ख्रीष्ट


दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा एउटा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एउटा बालकको जन्म भयो उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो उहाँ गरिबीमा बाँच्नुभयो आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो उहाँसँग धनसम्पत्ति थियो प्रभावशाली व्यक्तित्वहरूले गर्ने कार्यहरू नै गर्नुभयो उहाँले उहाँका नातेदारहरू विशिष्ट थिएनन् । तथापि आफ्नो शिशुवस्थामा उहाँले राजालाई भयभीत पारिदिनुभयो; आफ्नो बाल्यावस्थामा उहाँले डाक्टरहरूलाई दङ्ग पारिदिनुभयो; आफ्नो प्रौढावस्थामा उहाँले प्राकृतिक नियममाथि शासन गर्नुभयो उहाँले पानीलाई दाखमद्यमा परिणत गरिदिनुभयो शैतानद्वारा परीक्षित हुनुभए तापनि उहाँले कहिल्यै पाप गर्नुभएन चिकित्सशास्त्र अध्ययन नगरीकनै उहाँले बिरामीलाई निको पार्नुभयो; अन्धोलाई दृष्टि दिनुभयो; बैरोलाई सुन्ने बनाउनुभयो; कुष्टरोगीलाई चङ्गाइ गर्नुभयो; लङ्गडोलाई हिँड्न सक्ने बनाउनुभयो तरै पनि त्यसको सट्टामा उहाँले एक पैसा कसैबाट लिनुभएन
उहाँले कहिल्यै विवाह गर्नुभएन आफ्नो जन्मस्थलबाट उहाँले कहिल्यै २०० माइल भन्दा बढी यात्रा गर्नुभएन उहाँ करिब ३३ वर्षको मात्र पुग्नुहुँदा दुर्इ जना डाँकूहरूको बिचमा उहाँलाई क्रूसमा मृत्युदण्ड दिइयो उहाँलाई मृत्युदण्ड दिनेहरूले उहाँको सम्पत्तिको नाउँमा रहेको एउटै मात्र टुक्रा अर्थात् वस्त्रको लागि गोला हाले उहाँलाई जुन चिहानमा गाडियो त्यो उहाँको आफ्नो थिएन तिन दिनपश्चात् उहाँ मृतकहरूबाट बौरी उठ्नुभयो यसरी मृतकहरूबाट बौरी उठी आफूले दाबी गर्नुभएजस्तै परमेश्वरले पठाउनुभएको मुक्तिदातासाथै परमेश्वरका अवतारी पुत्रको रूपमा आफैलाई प्रमाणित गर्नुभयो
उहाँले कहिल्यै एउटै पुस्तक लेख्नुभएन तथापि उहाँको विषयमा लेखिएका पुस्तकहरू यति धेरै छन् कि कुनै पनि देशको सम्पूर्ण पुस्तकालयहरूमा ती अटाउँदैनन् उहाँले कहिल्यै गीतको रचना गर्नुभएन तरै पनि सारा गीतहरूको लागि चाहिने विषयवस्तुभन्दा बढी विषयवस्तु जुटाउनुभयो उहाँले उहाँ कहिल्यै सेमिनारी वा कलेजमा जानुभएन उहाँले कुनै कलेजको स्थापना गर्नुभयो तथापि उहाँले यति धेरै विद्यार्थीहरूको उत्पादन गर्नुभयो कि अन्य सबै कलेजका विद्यार्थीहरू एकत्रित गर्दा पनि तिनीहरूले घमण्ड गर्न सक्दैनन् उहाँले कुनै सेनालाई सैनिक तालिम दिनुभएन, सिपाहीलाई भर्ना लिनुभयो आफैले बन्दुक चलाउनुभयो तथापि उहाँको आज्ञामा जति विद्रोहीहरू स्वेच्छाले समर्पित भए त्यति अन्य कुनै अगुवाको आज्ञामा भएको छैन उहाँले कहिल्यै मनचिकित्सको अभ्यास गर्नुभएन तथापि सबै डाक्टरहरूले भन्दा उहाँले टुटेको हृदयलाई बढी निको पार्नुभयो
ग्रिस रोमका विगतका घमण्डी राजनीतिज्ञहरूका नामहरू आए गए विगतका वैज्ञानिक, दर्शनशास्त्री ईश्वरशास्त्रीहरूका नामहरू आए गए तर उहाँको नाम झन्झन् वृद्धि हुँदै गइरहेको उहाँको क्रूसारोहणको दृश्य आजको पुस्ताबिचमा दुई हजार वर्षको अन्तर भए तापनि उहाँ अझै जीवित हुनुहुन्छ हेरोदले उहाँलाई मार्न सकेन चिहानले उहाँलाई रोक्न सक्यो
दुर्इ सहस्राब्दी बितिसकेको आज पुनरुत्थान हुनुभएका प्रभु येशू ख्रीष्ट मानव–जातिको मुख्य व्यक्तित्व हुनुहुन्छ उहाँको जन्मले अङ्ग्रेजी पात्रोलाई इतिहासको दुई भागमा विभाजन गर्छ विश्वका विकसित देशहरूमा प्रत्येक हप्ताको एक दिन उहाँको सम्झनाको निम्ति छुट्टयाइन्छ संसारभरि नै प्रत्येक वर्ष उहाँको जन्म पुनरुत्थानको उत्सव मनाइन्छ इतिहासमा अन्य कुनै व्यक्तिको जीवनी वा घटनाले भन्दा उहाँको जीवनीले गीत, पुस्तक, कविता चित्रहरूको विषयवस्तुको लागि बढी सामग्रीहरू उपलब्ध गराएको हाम्रो लागि जीवन अर्पण गर्नुहुने यस मानिसको सम्झनामा हजारौँ क्याम्पस, अस्पताल, अनाथालयसाथै अन्य संस्थाहरू स्थापित गरिएका छन् । उहाँको नाउँ हो— येशू अर्थात् जिसस क्राइस्ट ।
(नोट: यो अज्ञात व्यक्तिद्वारा लिखित अङ्ग्रेजी भाषाको निबन्धबाट अनूदितसाथै सम्पादित आलेख हो )



Leave Your Comments Here.