स्ट्यान्डर्ड आयल
कम्पनी
ख्रीष्टाब्द १८७० मा
स्थापित तेल कम्पनीको
नाउँ हो ।
यसले तेल उत्पादन
गर्ने, प्रशोधन गर्ने, निर्यात
गर्ने र बजारमा
पुर्याउने
काम गर्दछ ।
यस कम्पनीले अफ्रिकी
मुलुक मिश्र (अर्थात्
इजिप्ट) मा तेल
पत्ता लगाएको इतिहास
धेरैलाई थाहा भए
तापनि यो कम्पनी
खोजको लागि उक्त
प्राचीन भूमिमा जानुको कारण
धेरैलाई थाहा छैन
।
उक्त
कम्पनीका निर्देशकहरूमध्ये एक जनाले
बाइबलको प्रस्थानको पुस्तक पढ्दा
दुई अध्यायको तिन
पदले तिनको ध्यान
खिँच्यो जहाँ लेखिएको
छ, “जब तिनले
त्यसलाई अझ लुकाउन
सकिनन्, तब त्यसको
निम्ति कुशको एउटा टोकरी
ल्याइन्, र त्यसलाई
तारपीन र अलकत्राले
लिपेर बालकलाई त्यसैमा
राखेर नील नदीको
तीरमा नर्कट झाडीको
बीचमा राखिदिइन् ।”
यहाँ प्रस्टसँग लेखिएको
छ कि मोशाकी
आमाले बनाएको टोकरी
“तारपीन र अलकत्रा”
बाट लिपिएको थियो
। धेरै वर्ष पहिले इस्राएलीहरू मिश्रीहरूको
भूमिमा दासदासी बनेर रहेका थिए ।
यी
वचन पढ्ने निर्देशकको
तर्क थियो कि
जहाँ अलकत्रा हुन्छ
त्यहाँ तेल हुनुपर्छ
र यदि मोशाको
समयमा त्यहाँ तेल
थियो भने सम्भवत:
अहिले पनि त्यहाँ
तेल हुनुपर्छ ।
तसर्थ, कम्पनीले भूगर्भविद्साथै तेल
विशेषज्ञ चाल्र्स ह्विसुटलाई अनुसन्धानको
लागि त्यहाँ पठायो
। परिणाम अपेक्षा
गरेअनुसार नै भयो
अर्थात् त्यहाँ तेल खानी
पत्ता लाग्यो ।