चार
ओटा सुसमाचारमध्ये मत्ती
र लूकाले येशूको
जन्मको बारेमा केही महत्त्वपूर्ण
विवरणहरू उपलब्ध गराएका छन्
(मत्ती १:१८–२:२३;
लूका १:२६–५६; २:१–४०)
। यी विवरणहरूलाई
नियाली मुक्तिदाता येशूको जन्मको
वरिपरि भएका १०
ओटा घटनाहरूलाई हामी
सङ्क्षिप्त रूपमा ध्यान दिनेछौँ
। यहाँ ती
घटनाहरूलाई क्रमैसँग राखिएका छन्
।
१. योसेफ
र
मरियमको
मगनी
भयो
(मत्ती
१:१८–१९;
लूका
१:२६–२७)
।
योसेफ
याकूबका पुत्र थिए ।
तिनी धार्मिक मानिस
थिए र दाऊदको
वंशका थिए ।
तिनी गालीलको नासरतका
बासिन्दा थिए ।
मरियम यहूदाको कुल
र दाऊदको घरानाका
थिइन् । लूका
३ अध्यायमा उनको
वंशावली अभिलिखित छ । मरियम र योसेफ
दुवै नै यहूदी
जातिका भएकाले तिनीहरूको मगनीलाई
यहूदी संस्कृतिअनुसार नै
बुझिनुपर्छ । विवाहको
व्यवस्था मिलाउने काम बुबाआमाले
नै गर्थे ।
मगनीपश्चात् समाजले उक्त जोडीलाई
पति र पत्नीको
रूपमा हेथ्र्यो यद्यपि
तिनीहरू सँगसँगै बस्न भने
पाउँदैनथ्ये । मगनी
र विवाहको बिचमा
एक वर्षको परीक्षणकाल
हुन्थ्यो जुनबेला यदि केटी
गर्भवती भएको थाहा
हुन आयो भने
विवाहलाई रद्द गर्न
सकिन्थ्यो । तर
विवाहलाई आँच नपुर्याउने
त्यस्तो कुनै तत्त्व
नदेखिएको खण्डमा विवाह सम्पन्न
भई नव जोडी
सँगसँगै बस्न सुरु
गर्थे । यहूदीहरूको
चलनअनुसार मगनी यति
कडा संस्कार थियो
कि त्यसको विघटनको
लागि सम्बन्धविच्छेदको औपचारिक
घोषणाको खाँचो पथ्र्यो ।
२. स्वर्गदूत
मरियमकहाँ
देखा
परे
(लूका
१:२६–३८)
।
योसेफसँग
मगनी भएकी कन्या
मरियम नासरतमा रहँदा
गब्रिएल नाउँ गरेको
स्वर्गदूत उनीकहाँ देखा परे ।
मरियम कन्या छँदै
गर्भवती भएर लामो
समयदेखि प्रतिक्षा गरिएको मसीहलाई
उनले जन्माउनेथिइन् भनी
स्वर्गदूतले बताउँदा उनी छक्क
परिन्, “यो कसरी
हुन सक्छ, किनकि
म एक कन्या
हुँ ।” उनको
गर्भधारण अलौकिक हुनेथियो भनी
स्वर्गदूतले मरियमलाई प्रस्ट पारे,
“पवित्र आत्मा तिमीमा आउनुहुनेछ,
र सर्वोच्चका शक्तिको
छाया तिमीमाथि पर्नेछ
। यसैकारण जो
जन्मनुहुनेछ, उहाँ पवित्र,
अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ
।”
३. स्वर्गदूत
योसेफकहाँ
देखा
परे
(मत्ती
१:२०–२५)
।
योसेफले
मरियमसित मगनी गरे
तर तिनीहरूको विवाहअगि
नै मरियम गर्भवती
भएको थाहा हुन
आयो । मरियम
अविश्वासयोग्य भएको ठानी
योसेफले तिनलाई गुप्तमै त्याग्ने
मनसाय बनाए ।
योसेफले चाहेको भए उनलाई
न्यायको लागि सार्वजनिक
स्थानमा उभ्यान सक्थे जसले
मरियमको ज्यानै जान पनि
सक्थ्यो (व्यवस्था २२:२३–२४) ।
तर योसेफ धार्मिक
मानिस भएकाले र
मरियमलाई साँचो रूपमा प्रेम
गरेकाले तिनले त्यो बाटोलाई
रोजेनन् । मरियम
कसरी गर्भवती भइन्
भनेर योसेफलाई पनि
अवगत गराउनुपथ्र्यो भनी
परमेश्वर जान्नुहुन्थ्यो । तसर्थ,
वास्तविकतालाई प्रकट गराउन सपनामा
एउटा स्वर्गदूत योसेफकहाँ
देखा परे र
तिनले मरियम पवित्र
आत्माद्वारा गर्भवती भएको तथ्य
जाहेर गराए योसेफलाई
। कन्याबाट येशूको
जन्म हुँदा सयौँ
वर्ष पुरानो यशैयाको
भविष्यवाणी पनि पुरा
हुनेथियो भनी बताए
स्वर्गदूतले ।
४. जनगणनाको
लागि
हुकुम
जारी
गरियो
(लूका
२:१–६)
।
कैसर
अगस्टस जसले यस
जनगणनाको आदेश दिएका
थिए तिनी २७
ख्रीष्टपूर्वदेखि ख्रीष्टाब्द १४ सम्म
रोमको सम्राट् भएका
थिए । योसेफ
र मरियम गालीलको
नासरतमा बस्दै गर्दा यो
जनगणनाको लागि हुकुम
जारी भयो ।
योसेफ दाऊदको वंशका
भएका हुनाले नाउँ
लेखाउन तिनी मरियमलाई
साथमा लिई दाऊदको
सहर अर्थात् बेथलेहेम
गए । नासरतदेखि
बेथलेहेम झण्डै ६५ माइल
टाढा थियो ।
५. बेथलेहेममा
बालकको
जन्म
भयो
(लूका
२:७)
।
नाउँ
दर्ता गराउन आउने
आगन्तुकहरूले बेथलेहेम खचाखच भएकोले
योसेफ र मरियमले
पौवामा कुनै ठाउँ
पाएनन् । परम्पराअनुसार
योसेफ र मरियम
पौवा नजिकैको गुफामा
बसे जहाँ मरियमले
बालकलाई जन्म दिइन्
अनि डूँडमा राखिन्
। येशू बेथलेहेममा
जन्मनुहुँदा मीका अगमवक्ताले
बोलेको ७०० वर्षअगिको
भविष्यवाणी पुरा भयो
(मीका ५:२)
।
६. गोठालाहरू
बालकलाई
भेट्न
आए
(लूका
२:८–२०)
।
स्वर्गदूतले
मसीहको जन्मको कथा पहिलो
पटक गोठालाहरूलाई बताए
जो बेथलेहेमको इलाकामा
बगालको हेरचाह गर्दै थिए
। खुसीको सन्देश
सुनेर तिनीहरू हतार–हतार बालक
भएको ठाउँमा आए
। तिनीहरूले देखेको
कुरो अरूहरूलाई पनि
बताए र सुन्नेहरू
आश्चर्यमा परे ।
७. बालकको
खतना
गरी
“येशू”
नाउँ
राखियो
(लूका
२:२१)
।
यहूदी
चलनअनुसार आठौँ दिनमा
बालकको खतना गरियो,
सम्भवत: बेथलेहेममा नै ।
अब्राहामको समयदेखि नै सबै
यहूदी पुरुषहरूले पालना
गर्नुपर्ने शारीरिक चिन्ह थियो
खतना । स्वर्गदूतले
भनेअनुसार योसेफ र मरियमले
बालकको नाउँ येशू
राखे । संसारको
मुक्तिदाताको लागि यो
नाउँ उपयुक्त थियो
।
८. येशूलाई
मन्दिरमा
अर्पण
गरियो
(लूका
२:२२–४०)
।
यहूदी
परम्पराअनुसार ४० दिनपछि
बालकलाई मन्दिरमा अर्पण गरिन्थ्यो
। योसेफ र
मरियमले यी दिनहरू
सम्भवत: बेथलेहेममा नै बिताए
। दुई ओटा
उद्देश्य लिएर तिनीहरू
यरूशलेमस्थित मन्दिरमा गए— बालकलाई
परमप्रभुको सामु अर्पण
गर्न र मरियमको
निम्ति शुद्देईंको बलिदान चढाउन
। बालक येशूलाई
मन्दिरमा अर्पण गर्दा परमेश्वरका
भक्तजन शिमियोन र अगमवादिनी
हन्ना दुवैले उहाँलाई
मसीहको रूपमा पहिचान गरे
।
९. येशूलाई
भेट्न
पूर्वबाट
ज्योतिषीहरू
आए
(मत्ती
२:१–१२)
।
केही
ज्योतिषीहरू (गगनबारे जानेका ज्ञाताहरू)
येशूलाई भेट्न आए ।
तिनीहरूको सङ्ख्या, वास्तविक पहिचान
र आगमनको समयबारे
किटेर भन्न गार्हो
छ । तिनीहरूले
आकाशमा मुक्तिदाताको जन्मलाई अङ्कित गर्ने
तारा देखे अनि
तिनीहरू धेरै लामो
यात्रा गरेर मसीहलाई
भेट्न आए ।
तिनीहरूले बालक येशूलाई
आफूले ल्याएका महत्त्वपूर्ण
उपहारहरू दिए ।
१०. योसेफ
र
मरियम
बालक
येशूलाई
साथमा
लिई
मिश्रमा
गए
(मत्ती
२:१३–१५)
।
आफू
राजा हुँदाहुँदै कोही
अर्को राजा जन्मेको
खबरले हेरोदलाई बेचैन
बनायो । तिनले
बालक येशूलाई मार्न
खोजेपछि स्वर्गदूतबाट सपनामा जानकारी पाएर
योसेफ मरियम र
बालक येशूलाई लिएर
मिश्रमा गए ।
ज्योतिषीहरूको
चाललाई धोका ठानी
हेरोद राजा रिसले
चूर भएर तिनले
बालकहरूको हत्या गर्ने आदेश
दिए (मत्ती २:१६–१८)
। तर उक्त
घटना हुँदा योसेफको
परिवार त्यहाँ थिएन ।
हेरोदको मृत्युपश्चात् योसेफको परिवार पुन:
नासरत फर्के (मत्ती
२:१९–२३)
। अनि येशू
नासरतमा नै हुर्कनुभयो
।