१४
अप्रिल १९१२ रातको
११ बजेर ४०
मिनेट गएको थियो
। एटलान्टिक महासागरको उत्तरपट्टि
अकल्पनीय दुर्घटनाले पाइला चाल्दै
थियो । आरएमएस टाइटानिक नाम गरेको
बडेमाको पानी जहाज
बेलायतबाट अमेरिकातर्फ जाँदै थियो
। अनुमानित २,२२४ मानिसहरूमध्ये
१,५०० भन्दा
बेसी मानिसहरू जहाज
दुर्घटनामा परेर मरे
। तर उक्त
अनपेक्षाकृत दुर्घटनामा परमेश्वरले एउटा
उदेकको काम गनुभएको
थियो ।
दुर्घटनाको
थालनी भएको आइतबार
बेलुका एक जना
अमेरिकी स्त्री निकै चिन्तित
थिइन् । डरको
दबाबले उनी सुत्न
सकिनन् । भित्री
ह्दयले प्रार्थनाको लागि ढकढकायो
उनलाई । उनका
पति टाइटानिकबाट यात्रा
गरी आफ्नो घरतर्फ
आउँदै थिए ।
उनले पुरा इमान्दारीसाथ
आफ्ना श्रीमान्को सुरक्षाको
निम्ति परमेश्वरलाई पुकारा गरिन्
। समय बित्दै
थियो तर उनले
कुनै निश्चयता पाइनन्
। त्यसैले, वेदनापूर्वक
प्रार्थनालाई जारी राखिन्
ती महिलाले ।
बिहान पाँच बजेसम्मको
निरन्तर प्रार्थनाको परिणामस्वरूप उनले
चैनको महसुस गरिन्
अनि शान्तिसँग सुत्न
गइन् ।
आर्खिबाल्ड
ग्रेसी उनका पतिको
नाउँ हो जो
टाइटानिक जहाजका एक यात्रु
थिए । हिउँको
ढिक्कामा ठोक्किएर जहाज दुर्घटना
भएपछि लाइफबोट (आकस्मिक
स्थितिमा प्रयोग गर्नका लागि
पानी जहाजमा राखिएको
सानो डुङ्गा) मार्फत
ज्यान जोगाउने कोसिस
गरे सयौँले ।
तर कर्नेल ग्रेसीले
आफ्नो बाँच्ने आशा
गुमाइसकेका थिए ।
आफू मर्ने भए
तापनि स्त्री र
केटाकेटीहरू बाँचून् भन्ने उद्देश्यले
तिनले आफूले सकेजति
गरे । आफ्नी
प्यारी पत्नीलाई “गुड बाइ
माई डार्लिङ” भन्ने
अन्तिम सन्देश दिने इच्छा
थियो तिनको ।
पानी जहाज आफ्नो
समुद्ररुपि चिहानमा डुब्दै थियो
। तर पानीको
भुमरीले कर्नेल ग्रेसीलाई यसरी
पानीको सतहमा ल्याइदियो कि
तिनी आफै नै
छक्क परे ।
नजिकै तिनले लाइफबोट
फेला पारे ।
अन्य केही यात्रुहरूसँगै
तिनी पाखामा उत्रन
सफल भए ।
यता श्रीमान् मृत्युसँग
मुकाबिला गरिरहेकै बेलामा उता
श्रीमतीले तिनको सुरक्षाको निम्ति
बिन्ती गरिरहेकी थिइन् ।
परमेश्वरसामु
उनले यस्तो बिन्ती
बिसाइन् जसमा उहाँले
“भो” भन्नुभएन; स्वर्गका
पर्खालहरू हल्लिए; नरकका शक्तिहरू
धुजाधुजा भए र
मृत्यु फिर्ता गर्न बाध्य
भयो ।