menu bar

Wednesday, December 10, 2014

जोस म्याकडोल: ख्रीष्टियमतलाई झुटो साबित गर्न तम्सेका व्यक्ति ख्रीष्टियान विश्वासको रक्षकमा परिवर्तित



कुनै एक दिन बातचितको क्रममा जोस म्याकडोलले एक जना केटीलाई सोधे, “तपाईंको जीवन केले परिवर्तन गर्यो ? किन तपाईंको जीवन अन्य विद्यार्थी शिक्षकहरूको भन्दा फरक ?”

तिनले जीवनमा कहिल्यै कल्पना नगरेको उत्तर आयो, “येशू ख्रीष्ट

म्याकडोलले तुरुन्तै जवाफ फर्काए, “येशू ख्रीष्ट ! त्यो फोहोरको पोको मलाई नदिनुस् धर्म, बाइबल मण्डलीदेखि वाक्क भइसकेको छु

ढिलो नगरी केटीले जवाफ दिइन्, “महासय, मैलेधर्मभनिनँ, तर येशू ख्रीष्ट केटीको उत्साह दृढ निश्चयतादेखि म्याकडोलले आफ्नो धारणाप्रति खेद प्रकट गरे

पछि म्याकडोलका मित्रहरूले तिनलाई ख्रीष्टियमतका दाबीहरूलाई जाँच गर्न चुनौती दिए सुरुमा तिनले यस चुनौतीलाई ठट्टामा लिए पनि तिनीहरूको जोडले गर्दा तिनले यसलाई स्वीकार गरे बौद्धिक वृत्तमा ख्रीष्टियमत कुनै पनि हालतमा टिक्दैन भन्ने तिनको ठम्याइ थियो बौद्धिक रूपमा ख्रीष्टियान धर्म झुटो भनी पुष्टि गरेर दिखाइदिन एउटा गतिलो किताब लेख्ने अठोट गरे तिनले ख्रीष्टियमत एउटा छल हो भनी भरपर्दा स्रोतहरू जुटाई प्रमाणित गर्न तिनी अमेरिका युरोपभरि चाहारे

तर परिणाम तिनले अपेक्षा गरेजस्तो भएन तिनले जुटाएका स्रोतहरूले येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनी तिनलाई देखाइरहेका थिए तिनी तार्किक रूपमा बेइमान हुन सकेनन् अन्ततोगत्वा, ख्रीष्टाब्द १९५९ डिसेम्बर १८ तारिखका दिन राती :३० बजे तिनले आफ्नो जीवन येशूमा समर्पण गरे तिनी ख्रीष्टका एक सच्चा अनुयायी बने त्यसपछिका दिनहरूमा तिनको जीवनमा आमूल परिवर्तनका रेखाहरू देखिन थाले

जोस म्याकडोलको जन्म १७ अगस्ट १९३९ मा अमेरिकामा भएको थियो अज्ञेयतावादबाट ख्रीष्टका अनुयायी बनेका जोस म्याकडोल विश्वप्रसिद्ध ख्रीष्टियान रक्षाशास्त्री, प्रचारसाथै लेखक हुन् तिनी १३८ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन् प्रस्ट वक्ताको रूपमा तिनले १२५ ओटा मुलुकमा करोड ५० लाखभन्दा बेसी मानिसहरूलाई सम्बोधन गरिसकेका छन् क्रिस्चियानिटी टुडे नामक पत्रिकाले प्रकाशित गरेको दोस्रो विश्वयुद्धपश्चात् सर्वाधिक प्रभावशाली इमान्जलिकल पुस्तकहरूको सूचीमा तिनको कृति (एभिडेन्स द्याट डिमान्ड भर्डिक्ट) तेर्हौँ श्रेणीमा परेको थियो मोर देन कार्पेन्टर नामक तिनको कृति ८५ ओटा भाषामा अनुवाद भइसकेका छन् भने करोड ५० लाख प्रति छापिएका छन्   

Leave Your Comments Here.