एक
जना व्यक्तिले येशूलाई
पछ्याउन चाहन्थे । तर
तिनले पहिले येशूलाई
यसो भन्दै बिन्ती
चढाए, “प्रभु, पहिले गएर
मलाई मेरा बाबुलाई
गाड्ने अनुमति दिनुहोस्” (मत्ती
८:२१) ।
यही प्रसङ्गमा येशूले
तिनलाई जवाफ दिनुभयो,
“मेरो पछि आऊ,
मुर्दाले नै तिनका
आफ्ना मुर्दा गाडून्”
(पद २२; लूका
९:६० लाई
पनि हेर्नुस्) ।
निश्चय
नै, ती जवान
मानिस चेलापनको लागि
तयार हुँदै थिए
भनी येशूले देख्नुभयो
। येशूले तिनलाई
परमेश्वरका राज्यको सुसमचार प्रचारको
लागि डाक्दै हुनुहुन्थ्यो
जुन महानतर बोलावट
थियो । येशूको वास्तविक चेला
बन्नाका लागि केही
मूल्य चुकाउनुपर्ने हुन्छ
। त्यो मूल्य
विभिन्न परिस्थितिहरूमा बेग्लाबेग्लै रूप धारण
गरेर आउन सक्छ
। यस सन्दर्भमा,
तिनले कसलाई प्राथमिकतामा
राख्ने भन्ने सवाल थियो—
परिवार वा येशू
ख्रीष्ट । हामीले
आमा–बाबुलाई आदर
गर्नुपर्छ भनी बाइबलले
प्रस्टसित सिकाउँछ (एफिसी ६:१–२)
। तर प्राथमिकताको
सवालमा येशू अगाडि
हुनुहुन्छ । पत्रुस,
अन्द्रियास, याकूब, यूहन्ना र
मत्तीले येशूको आज्ञालाई तुरुन्तै
शिरोपर गरी उहाँलाई
पछ्याए (मत्ती ४:१८–२२; ९:९) ।
येशूले
“मुर्दाले नै तिनका
आफ्ना मुर्दा गाडून्”
भन्नुहुँदा उहाँले यहाँ दुई
किसिमका “मुर्दा” को उल्लेख
गर्दै हुनुहुन्छ: आत्मिक
रूपमा मरेको र
शारीरिक रूपमा मरेको ।
ती जवान मानिसलाई
येशूले दिनुभएको जवाफले अङ्कित
गर्छ कि तिनको
परिवार आत्मिक रूपमा मरेको
थियो अर्थात् तिनीहरूले
येशूलाई विश्वास गरेका थिएनन्
। येशूलाई ग्रहण
गर्नुअगिको अवस्थालाई आत्मिक रूपमा
मरेको अवस्था भनिन्छ
जस्तो प्रेरित पावलले
प्रस्ट पारेका छन्, “तिमीहरू
आफ्ना अपराध र
पापहरूद्वारा मरेको बेलामा उहाँले
तिमीहरूलाई जीवित पार्नुभयो” (एफिसी
२:१) ।
तब येशूको भनाइलाई
हामीले यसरी बुझ्नुपर्छ:
आत्मिक रूपमा मरेकाहरूले शारीरिक
रूपमा मरेकोलाई गाडून्
। तिनको परिवारका
बाँकी सदस्यहरू जो
आत्मिक रूपमा मरेका थिए
(अगिल्लो मुर्दा) तिनीहरूले नै
शारीरिक रूपमा मरेको बुबा
(पछिल्लो मुर्दा) लाई गाडून्
भन्ने येशूको जवाफ
थियो । तर
तिनलेचाहिँ उहाँलाई पछ्याएको चाहनुहुन्थ्यो
येशूले । ख्रीष्टियान
चेलापनको लागि उच्चतर
प्रतिबद्धताको खाँचो पर्छ ।