कोरियाई
युद्ध (ख्रीष्टाब्द १९५०–१९५३)
को बेला दक्षिण
कोरियाका एक जना
नागरिकलाई साम्यवादीहरूले गिरफ्तार गरी मृत्युदण्डको
आज्ञा दिए ।
ती कैदी कुनै
अनाथालयको मुख्य जिम्मेवार व्यक्ति
रहेछन् भन्ने थाहा पाएर
जवान साम्यवादी अगुवाले
तिनलाई बचाउने निर्णय गरे
। तर तिनको
सट्टामा तिनको छोरोलाई मृत्युदण्ड
दिइनुपर्छ भनी ती
साम्यवादी नेताले आज्ञा दिए
। बुबाको सट्टामा
१९ वर्षे जवान
छोरोलाई गोली हानी
हत्या गरियो ।
युद्ध
साम्य भएपछि संयुक्त
राष्ट्र सङ्घले उक्त जवान
साम्यवादी अगुवालाई समात्यो ।
युद्ध अपराधमा दोषी
ठहर गरी तिनलाई
मृत्युदण्ड तोकियो । तर
मृत्युदण्डको कार्यान्वयन हुनुअगावै आफ्नो
छोरो गुमाएको ख्रीष्टियान
अगुवाले छोरोको हत्याराको जीवनको
लागि बिन्ती गरे
। तिनको तर्क
थियो, “तिनले मृत्युदण्ड दिँदा
तिनी जवान थिए
र तिनले के
गरिरहेका थिए तिनी
आफै नै अनभिज्ञ
थिए ।” ख्रीष्टियान
अगुवाले अनुरोध गरे, “ती
मानिसलाई मकहाँ सुम्पिदिनुस् ।
म तिनलाई तालिम
दिनेछु ।”
संयुक्त
राष्ट्र सङ्घले तिनको असाधारण
बिन्तीलाई सुन्यो । ती
पिताले आफ्नै छोरोको हत्यारालाई
आफ्नो घरमा लगे
अनि तिनको हेरचाह
गरे । अन्तत:
ती जवान साम्यवादी
हत्यारा ख्रीष्टियान पास्टर बने
।