पुरै
बाइबलमा जम्माजम्मी १८१७ ओटा
अगमवाणी पाइन्छन्— पुरानो करारमा
१२३९ र नयाँ
करारमा ५७८ ।
पुरै बाइबलको २७
प्रतिशत भाग अगमवाणीसित
सम्बन्धित छन् ।
जे. बार्टोन
पाइने
बाइबलमा
सयौँ वर्षअगि भनिएका
सयौँ भविष्यवाणीहरू अक्षरश:
पुरा भएका छन्
। ख्रीष्टको जन्मको
समय (दानिएल ९),
सहर (मीका ५:२) र
प्रकृति (यशैया ७:१४)
को विषयमा पुरानो
करारमा भविष्यवाणी गरिएको थियो
। यसका अतिरिक्त
उहाँको जीवनी, मृत्यु र
पुनरुत्थानबारे दर्जनौँ भविष्यवाणीहरू गरिए
(यशैया ५३ लाई
हेर्नुस्) । एदोमको
विनाश (ओबदिया १), बेबिलोनमाथि
सराप (यशैया १३),
टुरोस (इजकिएल २६) र
निनवे (नहूम १–३) को
विनाश अनि आफ्नो
देशमा इस्राएलको फिर्ती
(यशैया ११:११)
आदिजस्ता अनगिन्ती भविष्यवाणीहरू पुरा
भइसकेका छन् ।
अन्य पुस्तकहरू जस्तै:
कुरआन, मोर्मोनको पुस्तकसाथै वेदका
अंशहरूले पनि ईश्वरीय
प्रेरणाको दाबी गर्छन्
। तर यी
कुनै पनि पुस्तकमा
भविष्यवाणी पाईंदैन । फलत:
पुरा भएको भविष्यवाणी
बाइबलको अद्वितीयसाथै ईश्वरीय प्रेरणाको एउटा
मजबुत सङ्केत हो
।
नर्मन गेइस्लर
र
विलियम
निक्स
पुरानो
करारमा मसीहको सम्बन्धमा ३००
भन्दा बेसी सन्दर्भहरू
पाइन्छन् जुन येशू
ख्रीष्टमा पुरा भए
। यी भविष्यवाणीहरूमध्ये
केवल ८ ओटामा
सम्भाव्यताको विज्ञानलाई प्रयोग गरी
गणना गर्ने हो
भने कुनै व्यक्तिले
केवल ८ ओटा
भविष्यवाणीलाई पुरा गर्ने
सम्भावना १०१७ मा १
हुन्छ ।
फ्रिज रिडनुर
पुरा
भएको भविष्यवाणीको साक्षी
धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा लेखिएको
हो भनी बताउने
शङ्कारहित प्रमाण हो भनी
बाइबल आफैले बताउँछ
।
ग्रान्ट आर.
जेफ्री
एदोमको
निर्जनताको विषयमा पटक–पटक
भविष्यवाणी गरिएको छ । अगमवक्ताहरूका समयमा यस्तो भविष्यवाणी
बिलकुल पुरा हुँदैन
जस्तो देखिन्थ्यो ।
एदोमीहरूलाई धपाएपछि पनि नबाती
कुलका मानिसहरूले त्यहाँ
समृद्ध सभ्यताको विकास गरे
जुन शताब्दीऔंसम्म जारी
रह्यो । तर
परमेश्वरले भन्नुभएको छ, ‘म
त्यसलाई उजाड पार्नेछु
।’ आज यो
भूमि मरुभूमिमा परिणत
भएको छ । परमेश्वरको साँचो वचनको
लागि यो मूक
साक्षी हो ।
पेट्रा [एदोमको राजधानी] यस भविष्यवाणीको
अक्षरश: समाप्तिको उल्लेखनीय उदाहरण
हो । ४,०००
मानिस अटाउने रङ्गशाला,
मन्दिरहरू, वेदीहरू र स्मारकहरू
भएको यो भव्य
प्राचीन राजधानी अहिले मौन
र एकलो छ
। समयको वेगसँगै
यी नष्ट हुँदै
आएका छन् ।
डेभिड सी.
हिगिङ्ग्स
झण्डै
२,००० वर्षसम्म
आफ्नो प्राचीन मातृभूमिबाट
टाढा भएपछि दस
लाखभन्दा बढी यहूदीहरूको
इस्राएल भूमितर्फ भएको फिर्ती
इतिहासकै सबैभन्दा उदेक र
उल्लेखनीय आश्चर्यकर्महरूमध्ये एक हो
। आफ्नो मातृभूमितर्फ
भएको यहूदीहरूको आधुनिक
फिर्तीको बारेमा भएको अझै
चकित पार्ने कुरो
त यो हो
कि यस विषयमा
यर्मिया अगमवक्ताले २,५००
वर्षअगि सविस्तार ढङ्गमा भविष्यवाणी
गरेका थिए ।
जर्ज डेभिस
भविष्यवाणी
ज्ञानको एउटा आश्चर्यकर्म
हो । आश्चर्यकर्मको
शक्तिजस्तै यो पनि
वास्तवमा अलौकिक अस्तित्वको अधीनमा
पर्छ । तसर्थ,
बाइबलमा हामी सविस्तार
ढङ्गमा पुरा भएका
भविष्यवाणीहरू पाउँछौँ भने यसका
लेखकहरूसित अलौकिक बुद्धि थियो
भन्ने प्रष्ट साक्षी
हामीसँग छ ।
चाल्र्स एलियोट
टुरोसको
अन्तिम विनाश पुरा हुनेथियो
किनभने यो सहर
फेरि कहिल्यै पुनर्निर्मित
हुनेछैन भनी परमेश्वरले
पूर्ववाणी गर्नुभएको थियो ।
एक समयको वाणिज्यको
ठुलो केन्द्र आज
भग्नावशेष भएको छ
। यसको वरिपरिको
ठाउँ पुनर्निर्माण गरिएको
छ, तर सुरुको
त्यो स्थल परमेश्वरको
भयानक दण्डको मौन
साक्षी बनेको छ ।
चाल्र्स एच्.
डायर
१२
अक्टोबर ५३९ ख्रीष्टपूर्वमा
बेबिलोन फारसका कोरेसको हातमा
पर्यो
र त्यस समयदेखि
सहरको पतनको थालनी
भयो । जर्सिसले
यसलाई लुटे ।
अलेक्ज्याण्डर महान्को समयमा तिनले
यसको भव्य मन्दिरलाई
पुनर्निर्माण गर्ने सोच बनाए
तर रकम बढी
लाग्ने भएकोले त्यस विचारलाई
स्थगित गरिदिए । अलेक्ज्याण्डरका
उत्तराधिकारीहरूको समयमा यो क्षेत्र
तीव्र रूपमा विनाश
हुँदै गयो र
छिट्टै यो उजाडस्थानमा
परिणत भयो ।
टाइग्रिसमा बेजोड सिलुकिया सहरको
निर्माण गर्ने सिलुकस निकाटोर
(३१२–२८० ख्रीष्टपूर्व)
को समयबाट सुन्दर
बेबिलोन कहिल्यै बिउँतेन ।
मेरिल अङ्गर,
बाइबल
टिप्पणीकार,
विद्वान्साथै
ईश्वरशास्त्री
यो
सहर [निनवे] हराउने थियो
भन्ने भविष्यवाणी उल्लेखनीय
रूपमा पुरा भएको
तथ्य सर्वविदितै छ
। निनवेको पतनपश्चात्
यो इतिहासबाट पूर्ण
रूपमा गायब भयो
। ख्रीष्टाब्द १८४२
बाट फ्रान्सेली बोट्टा
र अङ्ग्रेजद्वय लेयार्ड
र रलिन्सोनले यस
क्षेत्रको उत्खनन गरे र
एक पटक गौरवपूर्ण
यस सहरका भग्नावशेषहरू
पत्ता लगाए ।
चाल्र्स फेनवर्ग