१७
वर्षको ठिटो अस्पतालको
बेडमा पस्रिरहेको थियो
। उसले विष
सेवन गरेर आत्महत्या
गर्ने प्रयास गरेको
भए तापनि भाग्यवश:
नमरेर उसलाई त्यहाँ
ल्याइएको रहेछ ।
ऊ कुरा गर्ने
अवस्थामा थिएन यद्यपि
सुन्न भने सक्थ्यो
। कोही एक
जनाले उसकी आमाको
हातमा बाइबल थमाइदियो
। छोरोको लागि
आमाले चर्को सोरमा
यूहन्ना १४:१९
लाई पढिन्, “म
जीवित भएको हुनाले,
तिमीहरू पनि जीवित
रहनेछौ ।” जीवित भन्ने शब्दले उसको
ह्दयलाई छोयो ।
तत्काल उसले आफ्नो
जीवन येशूमा समर्पित
गर्यो,
“येशू, यदि तपाईंले
नै यो जीवन
दिनुहुन्छ भने म
यो चाहन्छु ।
मलाई यो अस्पतालको
शैय्याबाट कुशलसाथ बाहिर लैजानुस्
। म प्रतिज्ञा
गर्दछु कि सत्यताको
खोजीमा म हरसम्भाव्य
प्रयास गर्नेछु ।”
येशूले
तिनलाई अस्पतालबाहिर मात्र ल्याउनुभएन तर
तिनी त संसारभरि
नै परिचित प्रचारकसाथै
लेखक कहलाइएका छन्
। तिनको नाउँ
हो— रबी जकरिया
।
२६
मार्च १९४६ मा
हाम्रै छिमेकी मुलुक भारतको
चेन्नई सहरमा जन्मेका रबी
जकरिया नयाँ दिल्लीमा
हुर्केका थिए ।
हिन्दु धर्मको वर्गीकरणअनुसार तिनका
पुर्खाहरू उच्च जातका
थिए जसलाई नाम्बुदिरिस
भनिन्थ्यो । मिसनरीहरूबाट
सुसमाचार सुनेपछि तिनीहरूले ख्रीष्टियान
विश्वासलाई अङ्गालेका थिए ।
रबी ख्रीष्टियान परिवारमा
हुर्केको भए तापनि
तिनले सुसमाचारको अर्थलाई
बुझिसकेका थिएनन् । पढाइमा
सिपालु नभएका रबीको बुझाइमा
तिनको शैक्षिक असफलता
परिवारको निम्ति लाज हुन्थ्यो
भन्ने ठानेर तिनले
आत्महत्यालाई उपचारको रूपमा देखेका
थिए । तर
तिनको जीवनमा परमेश्वरको
योजना अद्भूत थियो
।
ख्रीष्टाब्द
१९६६ मा रबी
आफ्नो परिवारसँगै क्यानडा
बसाइँ सरे ।
ट्रिनिटी
इन्टरनेसनल
युनिभर्सिटीबाट मास्टर अफ
डिभिनिटी
हासिल गरेका रबी सुसमाचार
सुनाउँदै ७० भन्दा
बेसी मुलुकहरूमा पुगिसकेका
छन् । तिनी
वर्तमान समयका प्रखर ख्रीष्टियान
प्रचारकसाथै रक्षाशास्त्री (अपोलोजिस्ट) हुन् ।
तिनका मनग्गे कृतिहरूमध्ये
क्यान
म्यान
लिभ
विदआउट
गड
? ले स्वर्ण पदक जितेको
छ । तिनी
RZIM नामक संस्थाका
संस्थापकसाथै संस्थाप्रमुख हुन् ।
हार्बड,
जोन हप्किन्स, अक्सफोर्डजस्ता
विश्वका नामी विश्वविद्यालयहरूमा
प्रवचन तोडिसकेका रबीले बिसभन्दा
बेसी पुस्तकहरू लेख्नुकासाथै
सम्पादन गरेका छन् ।
तिनका कतिपय पुस्तकहरू
रुसी, चिनियाँ, कोरिएनसाथै
अन्य भाषाहरूमा पनि
अनुवाद भएका छन्
। तिनी सीएनएन,
फक्ससाथै अन्य अन्तर्राष्ट्रिय
मिडियाहरूमा पनि देखा
परिसकेका छन् ।
रेडियोबाट पनि तार्किक
रूपमा ख्रीष्टको सन्देशलाई
फैलाउन सफल रबी
आफ्नी पत्नी र
तिन सन्तानसहित अमेरिकामा
बस्छन् ।
यसरी
ख्रीष्टियान परिवारमा जन्मेको भए
तापनि १७ वर्षको
उमेरसम्म नास्तिक रहेका रबी
असफल आत्महत्यापश्चात् बाइबलको
वचनबाट परिवर्तित भई पक्का
येशू ख्रीष्टको भक्त
बने ।