येशूले
आफ्नो जीवन दुष्ट
र भ्रष्ट पुस्ताको
बिचमा बिताउनुभयो ।
तथापि मानव चोलामा
उहाँले जुन अनुकरणीय
जीवन जिउनुभयो त्यो
उच्चतम प्रशंसाको लायक छ
। यस मानव
धरतीमा येशू मात्रै
एक यस्तो अनुपम
व्यक्तित्व हुनुहुन्छ जसले पापरहित
जीवन जिउनुभयो ।
यो कुनै कथन
मात्रै होइन तर
गवाहीहरूमा आधारित उचित निष्कर्ष
हो । उहाँका
मित्रहरूले मात्र उहाँले सिद्ध
जीवन जिउनुभयो भनेर
गवाही दिएका छैनन्
तर उहाँका शत्रुहरूले
पनि उहाँमा कुनै
खोट देखाउन सकेनन्
। उहाँले मात्र
यसको दाबी गर्नुभएन
तर उहाँको जाँचपडताल
गर्ने अधिकारीहरू पनि
उही निचोडमा पुगे
। हामी यहाँ
दस जनाको गवाहीलाई
हेर्नेछौँ ।
१.
येशूको गवाही
येशूको
मृत्युको चाहना गर्ने उहाँका
चिरपरिचित प्रतिद्वन्द्वीहरूको सामना गर्नुहुँदा उहाँले
तिनीहरूलाई प्रश्न गर्नुभयो, “तिमीहरूमध्ये
कसले मलाई पापको
दोष लाउन सक्छ”
(यूहन्ना ८:४६)
? कसैले पनि उत्तर
दिने आँट गर्न
सकेन । किन
? किनकि उहाँलाई पापको दोष
लगाउने तिनीहरूसँग कुनै प्रमाण
नै थिएन ।
२.
पन्तियस पिलातसको गवाही
पिलातस
रोमी प्रान्त यहूदामाथि
ख्रीष्टाब्द २६–३६
सम्म बडाहाकिम थिए
। रोमीहरू र
यहूदीहरूको बिचमा वैमनस्य थियो
। येशू यहूदी
हुनुहुन्थ्यो भने पिलातस
रोमी । बडाहाकिम
भएकोले येशूको जाँचपडताल गर्ने
जिम्मा तिनको काँधसम्म आइपुगेको
थियो । अनुसन्धानपश्चात्
तिनले येशूको बारेमा
उचित निष्कर्ष निकाले,
“तिमीहरूकै सामुन्ने केरकार गर्दा
तिमीहरूले यिनमाथि लाएका अभियोगको
दोषी भेट्टाइनँ” (लूका
२३:१४) ।
३.
पिलातसकी पत्नीको गवाही
पिलातसकी
पत्नीको नाउँ उल्लेख
नभए तापनि उनले
येशूको बारेमा जे गवाही
दिएका छन् त्यो
उल्लेखनीय छ ।
पिलातस न्याय–आसनमा बसिरहेको
बेलामा तिनकी पत्नीले तिनलाई
एउटा खबर पठाइन्,
“त्यस निर्दोष मानिसलाई
केही नगर्नुहोस्” (मत्ती
२७:१९) ।
सायद, निर्दोष मानिसलाई
दण्डाज्ञा दिएको खण्डमा उनका
पति र परिवारमाथि
परमेश्वरको न्याय आइपर्नेथियो भनी
डराएका थिए पिलातसकी
पत्नी ।
४.
रोमी कप्तानको गवाही
लूकाको
विवरणअनुसार जब येशूले
क्रूसमा प्राण त्याग गर्नुभयो
त्यहाँ केही असाधारण
घटनाहरू घटे— सारा
देशलाई अन्धकारले ढाक्यो; सूर्यको
तेज कम भयो
अनि मन्दिरको पर्दा
च्यातियो । यी
अनौठा घटनाहरू देखेपछि
क्रूसको छेउमा उभिएका रोमी
कप्तानले भने, “निश्चय नै
यिनी धार्मिक मानिस
थिए” (लूका २३:४७) ।
५.
क्रूसमा टाँगिएको अपराधीको गवाही
येशूको
दायाँबायाँ दुई जना
अपराधी येशूसँगै क्रूसमा टाँगिएका
थिए । आफूहरूको
दण्डलाई न्यायोचित मान्दै येशूको
बारेमाचाहिँ एक जनाले
गवाही दियो, “यी
मानिसले त केही
अनुचित काम गरेका
छैनन्” (लूका २३:४१) ।
६.
यूहन्नाको गवाही
मछुवाबाट
येशूको प्रेरित बनेका यूहन्ना
नयाँ करारका पाँच
ओटा पुस्तकका लेखक
हुन् । चेलाहरूमध्येमा
तिनी सबैभन्दा नजिकका
चेला थिए ।
सम्भवत: तिनले येशूलाई साँढे
तिन वर्षसम्म दिनप्रतिदिन
बिहानदेखि बेलुकासम्म राम्ररी अवलोकन
गरेका थिए ।
तिनले येशूको बारेमा
लेखे, “पाप हरण
गर्नलाई नै उहाँ
प्रकट हुनुभएको हो
भन्ने कुरा तिमीहरू
जान्दछौ । र
उहाँमा कुनै पाप
छैन” (१ यूहन्ना
३:५) ।
७.
पत्रुसको गवाही
पत्रुस
नयाँ करारका दुई
ओटा पुस्तकका लेखक
हुन् । यूहन्नाजस्तै
तिनी पनि जालाहारीबाट
येशूको चेला बनेका
थिए । येशूका
तिन जना नजिकका
चेलामध्ये पत्रुस एक थिए
। येशूको साँढे
तिन वर्षे सेवा–कार्यमा तिनी पनि
येशूसँगै हिँडे । कुनै
समय आफ्ना मालिक
येशूलाई इन्कार गरेको भए
तापनि आफ्नो विश्वासको
निम्ति सहिद बनेका
पत्रुसले येशूले पापरहित जीवन
जिउनुभयो भनी लेखेका
छन्, “उहाँले कुनै
पाप गर्नुभएन, र
उहाँको मुखमा कुनै छलको
कुरा पाइएन” (१
पत्रुस २:२२)
।
८.
पावलको गवाही
नयाँ
करारमा पावलले १३ ओटा
पत्रहरू लेखेका छन् ।
आदि मण्डलीलाई उग्र
रूपमा सतावट गर्ने
पावल पुनरुत्थान हुनुभएका
येशूलाई भेटेपछि नाटकीय रूपमा
परिवर्तन भए ।
तिनले कसरी युरोपलाई
सुसमाचारले सिँचित गरे र
यरूशलेमदेखि रोमसम्म सुसमाचारलाई पुर्याए
भनी प्रेरितको पुस्तकमा
पढ्न पाइन्छ ।
येशूलाई ग्रहण गरेपछि कुटाइ–पिटाइ, हुलदङ्गा, भोक,
कैद आदिजस्ता सबै
किसिमका आपद्–विपद्
भोगेका पावल सहिद
बनी यस धरतीबाट
बिदा भएका थिए
। निस्सन्देह, तिनको
गवाही वजनदार छ,
“किनकि हामी उहाँमा
परमेश्वरको धार्मिकता बन्न सकौं
भनेर पाप नचिन्नुहुनेलाई
परमेश्वरले हाम्रा खातिर पाप
बनाउनुभयो” (२ कोरिन्थी
५:२१) ।
९. यहूदा इस्करियोतको गवाही
इस्करियोत
येशूका १२ जना
चेलामध्ये एक थियो
जसले येशूलाई धोका
दियो । ऊ येशूप्रति बफादार भएन
। तथापि येशू
निर्दोष हुनुहुन्थ्यो भन्ने सत्यता बताउनबाट
भने ऊ चुकेन,
“मैले निर्दोष मानिसलाई
धोका दिएर पाप
गरेको छु” (मत्ती
२७:४) ।
१०.
हिब्रूका लेखकको गवाही
हिब्रूहरूलाई
लेखिएको पत्रको लेखक अज्ञात
छ । येशूले
सिद्ध जीवन जिउनुभयो
भनेर चाहिँ तिनले
गवाही दिएका छन्
“हामीजस्तै उहाँ सबै
कुरामा परीक्षित हुनुभयो, र
पनि पापरहित हुनुहुन्थ्यो”
(हिब्रू ४:१५)
।