menu bar

Monday, August 31, 2015

गरिबहरूको सेवा गर्ने क्रममा सहिद बनेका डिकन लरेन्स



संसारमा रहुञ्जेल गरिबी सधैँ जीवनको एउटा हिस्सा बनेको तर यसको न्यूनीकरणको लागि येशू ख्रीष्टको मण्डलीले जति काम गरेको त्यति अर्को कुनै संस्थाले गरेको छैन ख्रीष्टियान अगुवाहरूले सहादतको बिन्दुसम्म पनि गरिबहरूको सहायता गरेको नमुना पाइन्छ इतिहासमा   

सन्त लरेन्स तेस्रो शताब्दीमा बाँचेका खीष्टियान मण्डलीका एक जना डिकन थिए तिनी अति नै दानशील थिए, खास गरी गरिबहरूप्रति तिनी रोमी साम्राज्यको अरागोन भन्ने ठाउँमा बस्थे त्यस बेला भलेरिएन रोमी सम्राट् थिए ती दिनमा मण्डलीले सतावट भोग्नु कुनै नयाँ कुरो हुन्थेन

कुनै एउटा सतावटमा डिकन लरेन्सलाईमण्डलीका सम्पत्तिहरूरोमी अधिकारीलाई सुम्पिदिनू भन्ने आदेश जारी भयो तिनले केही गरिबहरू, अपहेलितहरू लङ्गडाहरूलाई ल्याए यसो भने, “मण्डलीका सम्पत्तिहरू यी नै हुन् डिकनको यस्तो प्रतिक्रिया सुनेर रोमी अधिकारी यति क्रुद्ध बने कि अन्तत: डिकन सहिद हुन पुगे

आज फ्लोरिडामा घरबारविहीनहरूको लागि भनेर खोलिएको आश्रयस्थल खडा यसको नाउँ रहेको सन्त लरेन्स च्यापल यसले घरबारविहीनहरूलाई खुवाउने काम गर्दछ; पत्रमन्जूषा उपलब्ध गराउँछ; रोजगारको लागि सल्लाह दिन्छ; टेलिफोनसाथै अन्य सुविधाहरू प्रदान गर्दछ

   

Leave Your Comments Here.


Sunday, August 30, 2015

मुलरले एउटा आत्माको लागि ५२ वर्षसम्म निरन्तर रूपमा प्रार्थना गरे



ख्रीष्टियान जगत्मा जर्ज मुलरलाई प्रार्थनाको योद्धाको रूपमा चिनिन्छ उन्नाइसौँ शताब्दीको आरम्भमा इङ्गल्यान्डमा जन्मेका मुलर ९२ वर्षको उमेरमा आफ्नो अनन्त घरमा प्रवेश गरेका थिए तिनले आफ्नो जीवन कालमा १०,००० भन्दा बेसी अनाथ बाल बालिकाहरूको हेरचाह गरे तिनले ११७ ओटा स्कुलको स्थापना गरे जसमार्फत एक लाख बिस हजारभन्दा बढी बाल बालिकाहरूले शिक्षा हासिल गरे जसमध्ये अधिकांश अनाथ केटाकेटीहरू थिए

जर्ज मुलरले हरेक कुरोको लागि प्रार्थना गर्थे परमेश्वरले त्यसको जवाफ दिनुहुन्थ्यो भनेर पनि अपेक्षा गर्थे आफ्नो जीवनको पछिल्लो समयमा पुरै बाइबललाई वर्षको चार पटक पढेर सिद्धयाउने आदत बनाएका मुलरले प्रार्थना बाइबल अध्ययनमा दैनिक घण्टौँ बिताउँथे दिन प्रतिदिन परमेश्वरमाथि तिनको विश्वास मजबुत हुँदै गइरहेको थियो तिनको जीवनमा परमेश्वरले प्रार्थना सुन्नुभएका कैयौँ रोचकसाथै प्रेरणादायी प्रसङ्गहरू छन् यहाँ हामी एउटा प्रसङ्गलाई हेर्नेछौँ

एक दिनको कुरो हो तिनले आफ्ना पाँच जना साथीहरूका लागि प्रार्थना गर्न थाले धेरै महिना बितेपछि पाँच जनामध्ये एक जनाले प्रभु येशूमा विश्वास गरे दस वर्षपश्चात् अर्का दुई जना पनि येशूका अनुयायी बने चौथो मानिसलाई प्रभु येशूमा आउन २५ वर्ष लाग्यो आफ्नो मृत्यु नहोउञ्जेलसम्म मुलर प्रार्थनामा लागिरहे, पाँचौँ मित्रका लागि एक एक दिन ती मित्रले प्रभु येशूलाई चिन्नेथिए भन्ने अपेक्षासाथ मुलरले ती साथीको लागि ५२ वर्षसम्म प्रार्थना गरिरहे मुलर थाकेनन् मुलरको अन्त्येष्टिको केही समयपश्चात् ती पाँचौँ मित्रले पनि उद्धार पाए

निरन्तर प्रार्थना गरिरहो” ( थेसलोनिकी :१७) भन्ने प्रेरित पावलको अर्ती मुलरको जीवनमा वास्तवमै लागु भएको देखिन्छ     

    

Leave Your Comments Here.


Saturday, August 29, 2015

क्रूसमा टाँगिएका कति जना अपराधीले येशूको अपमान गरे— एक जनाले (लूका २३:३९) वा दुवै जनाले (मत्ती २७:४४ र मर्कूस १५:३२) ?



प्रभु येशू ख्रीष्ट क्रूसमा झुन्ड्याइनुहुँदा उहाँका दायाँ बायाँ दुई जना डाँकाहरू पनि उहाँसँगै क्रूसमा टाँगिएका थिए एक जनाले वा दुवै जनाले येशूको अपमान गरे भन्ने सम्बन्धमा सुसमाचारका विवरणहरू बेमेल भएको जस्ता देखिन्छन्
  • मत्ती— “अनि उहाँसँग क्रूसमा झुन्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे” (मत्ती २७:४४)
  • मर्कूस— “उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे” (१५:३२)
  • लूका— “क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, ‘के तिमी ख्रीष्ट होइनौ ? तिमी आफैलाई हामीलाई बचाऊ’” (२३:३९)

यी तिन ओटा प्रतिवेदनलाई एक अर्कामा तुलना गरेर पढ्दा हामी प्रस्ट हुन्छौँ कि लेखकद्वय मत्ती मर्कूसका भनाइअनुसार दुवै अपराधीहरूले येशूको निन्दा गरे जब कि लूकाको अभिलेखअनुसार केवल एक जनाले कति जनाले येशूको निन्दा गरेएक वा दुवै ?

सुरुमा दुवै जना डाँकाले मुक्तिदाताको अपमान गरे सम्भवत: येशूको महानतालाई देखेर पछि एक जनाचाहिँले पश्चात्ताप गर्यो

येशू क्रूसमा टाँगिनुहुँदा उहाँले भन्नुभएको थियो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) क्रूसबाट येशूले बोल्नुभएका सात ओटा वाणीमध्ये यो पहिलो वाणीलाई क्षमाको वाणी भनिन्छ रोमी सिपाहीहरूलगायत अन्य जति पनि  येशूलाई क्रूसमा टाँग्न संलग्न थिए तिनीहरूलाई क्षमा दिइयोस् भनी येशूले पितासँग बिन्ती गर्नुभयो येशूको उदाहरण वचनबाट प्रभावित भई पश्चात्ताप नगर्ने अपराधीलाई हप्काउँदै पश्चात्ताप गर्नेचाहिँले भन्यो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस् ? हाम्रो दण्ड न्यायोचित , किनकि हामीले आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले केही अनुचित काम गरेका छैनन्” (लूका २३:४०४१) पश्चात्तापी अपराधीको निवेदनलाई स्वीकार गर्नुहुँदै येशूले उसलाई प्रतिज्ञा गर्नुभयो, “साँच्चै तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३)

तब, यी सबै विवरणहरूलाई विश्लेषण गरी हामी निष्कर्ष निकाल्न सक्छौँ कि सुरुमा दुवै जनाले येशूको अपमान गरे जसको विषयमा मत्ती लूकाले अभिलिखित गरेका छन् पछि दुईमध्ये एक जनाले पश्चात्ताप गर्यो जसको विषयमा लूकाले लेखेका छन्            



Leave Your Comments Here.


Thursday, August 27, 2015

पर्चा पढेर ख्रीष्टियान बनेका अमेरिकामाथि आक्रमण गर्ने जापानी कप्तानको घतलाग्दो कथा


डिसेम्बर १९४१ को दिन अमेरिकाको लागि दु:खको दिन साबित हुन पुग्यो उक्त दिन जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गर्यो परिणामत: अमेरिका दोस्रो विश्वयुद्धमा होमियो यस आक्रमणमा अमेरिकाले आफ्ना ,४०० जनतासहित ठुलो क्षति बेहोर्नुपर्यो जापानी कप्तान मित्सु फुचिडाले यस आक्रमणको अगुवाइ गरेका थिए

वर्षसम्म लम्बिएको दोस्रो विश्व युद्ध समाप्त भएपछि कप्तान फुचिडा जीवनको यस्तो घडीमा आइपुगे कि तिनी निराशपूर्ण जीवन जिउँदै थिए कुनै एक अपरिचित अमेरिकनले कप्तानको हातमा एउटा पर्चा थमाइदियो तिनी त्यस पर्चामा लेखिएको सत्य कथाबाट यति उत्साही भए कि तिनले ख्रीष्टियान मिसनरीहरू बाइबलको खोजी गरे त्यो पर्चा जापानको जेलमा परेका नास्तिक पाइलटको विषयमा थियो जसले झ्यालखानामा नै बाइबल पढेर प्रभु येशूलाई अङ्गालेका थिए त्यो पर्चा यति शक्तिशाली साबित हुन पुग्यो कि ख्रीष्टाब्द १९५० मा कप्तान फुचिडाले आफ्नो जीवन प्रभु येशूमा सुम्पे तिनी सामान्य विश्वासीमा मात्र सीमित रहेनन् तर ख्रीष्टको प्रेम बाँड्न तिनी आफ्नो देशको विभिन्न भूभागसाथै अमेरिकासम्म पुगे तिनी एक परिचित सुसमाचार प्रचारक बने आफ्नो परिवर्तनको कथा बताउन तिनले अमेरिकासाथै युरोप चाहारे
  
पर्ल हार्बरमा आक्रमण गरेको पच्चिसौँ वार्षिकोत्सवमा त्यस भूमिमा फुचिडा आफै पनि सामेल भए बाँचेकाहरूका निम्ति तिनले हातमा एउटा उपहार लिएर आएका थिए त्यो थियोलूका २३:३४ कुँदिएको बाइबल यस पदमा येशूले आफैलाई सताउनेहरूलाई क्षमा दिइओस् भनी पितासँग बिन्ती गर्नुभएको , “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन् फुचिडाले क्षमाको लागि बिन्ती गरे किनभने ठिक २५ वर्षअगि आफ्नो नैतिक अज्ञानतामा तिनले उक्त भूमिमा आक्रमण गरेका थिए ख्रीष्टाब्द १९७६ मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म फुचिडाले विश्वसनीयतासाथ आफ्ना मुक्तिदाताको सेवा गरे

    

Leave Your Comments Here.


Wednesday, August 26, 2015

मोजमज्जाको जीवनबाट मिसनरी जीवनमा प्रवेश गरेका जेभियर



ख्रीष्टाब्द १५०६ मा वर्तमान स्पेनको भूमिमा जन्मिएका फ्रान्सिस जेभियरले आफ्नो जीवन मोजमज्जामा बिताएका थिए तिनको परिवारमा जन्मेका पाँच जना सन्तानमध्ये तिनी कान्छा थिए तिनका बुबा आमाले तिनी मण्डलीको सेवामा उत्रेको चाहना राखे तापनि तिनी बागी बने संसारको सुखचैनमा रमाउन चाहने जेभियर समय बित्दै गएपछि संसारका ती कुराहरूबाट पनि वाक्क बने

यसै क्रममा जेभियरको भेट इग्नेसियस लोयोला नाउँ गरेको समर्पित ख्रीष्टियान व्यक्तिसित भयो एक रात ती दुई जना बातचित गर्दै थिए लोयोलाले मत्तीको सुसमाचारमा उल्लिखित येशूको भनाइलाई उद्धृत गरे, “सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ ?” (मत्ती १६:२६) येशूका यी वचनहरूले तिनको ह्दयलाई डामे तत्काल तिनले आफ्नो जीवन येशूमा समर्पित गरे   

परमेश्वरले जेभियरलाई यति अद्भूत रूपमा चलाउनुभयो कि तिनी मण्डली इतिहासकै महानतम मिसनरीहरूमध्ये एक बने तिनी येशूको समाज नामक संस्थाका सहसंस्थापक हुन् ख्रीष्टियान मिसनरीहरू नपुगेका विभिन्न मुलुकहरूमा तिनी पहिलो पटक येशूको सन्देश लिएर गए       

Leave Your Comments Here.


Tuesday, August 25, 2015

बाइबलीय पात्र बालामको शिलालेख पत्ता लागेसँगै आलोचकहरूको दृष्टिकोणमा परिवर्तन



गन्ती २२२४ अध्यायहरूले बालामको कथालाई वर्णन गर्छन् बओरका छोरा बालामसित भविष्यवाणी बोल्ने क्षमता थियो

इस्राएलीहरू प्रतिज्ञाको देशतर्फ प्रस्थान गर्दै थिए तिनीहरू अगाडि बढिरहेको खबरले मोआबका राजा बालाक भयभीत भए इस्राएलीहरूलाई सराप दिन अगमवक्ता बालामलाई भाडामा लिने निधो गरे तिनले तर परमेश्वर सपनामा बालामकहाँ देखा पर्नु भई उहाँले इस्राएल जातिलाई सराप दिन बालामलाई मनाही गर्नुभयो अन्तत: परमेश्वरको अनुमति पाएर बालाम आफ्नो गन्तव्यमा पुग्छन् तिनले इस्राएलीहरूको पक्षमा सुन्दर ईश्वरवाणी बोल्छन्

बाइबलभन्दा बाहिर बालाम नाउँ गरेको कुनै अगमवक्ताको अभिलेख उपलब्ध थिएन तसर्थ, बाइबलका आलोचकहरूले बालाम गधा बोलेको घटनालाई काल्पनिक कथाको दर्जा दिँदै आएका थिए तर बिसौँ शताब्दीको उत्तराद्र्धमा फेला पारिएको पुरातात्त्विक खोजले आलोचकहरूको यस दृष्टिकोणलाई बदल्न बाध्य पारेको

ख्रीष्टाब्द १९६७ मा जोर्डनको पूर्वी तटमा अवस्थित डेर अल्ला नाउँ गरेको सहरमा एउटा खोज फेला पारियो जसलाई बालामको शिलालेख भनेर चिनिन्छ यस शिलालेखमा बालाम तिनको भविष्यवाणीबारे उल्लेख गरिएको बाइबलीय अगमवक्ताबारे बताउने यो नै हालसम्म पत्ता लागेको प्राचीनतम पुरातात्त्विक खोज हो करिब ८०० ख्रीष्टपूर्वको मिति दिइएको यस शिलालेखलाई अहिले जोर्डनको सिटाडेल सङ्ग्रहालयमा राखिएको

अगमवक्ताको रूपमा बालामको ख्याति बाइबलीय विवरणसित स्पष्टत: मेल खान्छ जुन भवनमा यस लेखोटलाई फेला पारिएको थियो त्यो सम्भवत: राजा उज्जियाह (यशैया :) को शासनकालमा महाभूकम्पको कारणले नष्ट भयो तर फेला पारिएको लेखोट निकै पुरानो जस्तो देखिन्छ यो शिलालेख पहिले नै प्रचार प्रसारमा आइसकेको पाठयांशको भागजस्तो देखिन्छ जुन ठाउँमा बसेर बालामले इस्राएलीहरूको पक्षमा ईश्वरवाणी बोलेको थियो त्यो ठाउँ यस शिलालेख पत्ता लागेको ठाउँबाट ३० माइल पनि टाढा छैन

बालामको शिलालेखको आविष्कारसँगै इस्राएलीहरूको प्रस्थान, उजाडस्थानसाथै प्रतिज्ञा देशमाथिको कब्जासित जोडिएका घटनाहरूलाई काल्पनिक ठान्नेहरूलाई धक्का पुगेको अब यो प्रस्ट भएको कि बाइबलले भनेझैँ बालाम एक ऐतिहासिक व्यक्ति थिए     

    

Leave Your Comments Here.