प्रवचनको
क्षेत्रमा आफ्नो अद्वितीय वाक्पटुता
र जोसको कारणले
जोनले ख्रिसोस्टोम भन्ने
नाउँ पाएका थिए
। यस नाउँको
अर्थ हुन्छ: सुनौलो
मुख । प्रवचनको
लागि ख्यातिप्राप्त तिनी
कन्स्टेनटिनोपलका प्रधान बिशपसाथै आदि
मण्डलीका पिता थिए
। तिनले पुरै
पुरानो करार र
नयाँ करारलाई कण्ठस्थ
पारेका थिए ।
ख्रीष्टियान विश्वासका नैतिक पक्षहरूलाई
जोड दिने प्रचारक
थिए जोन ।
तिनी आफ्नो समयका
एक महानतम वक्ता
थिए ।
जोनको
जन्म करिब ख्रीष्टाब्द
३४९ मा एन्टिओखिया
(हाल टर्कीमा पर्ने)
मा भएको थियो
। यो त्यही
ठाउँ हो जहाँ
ख्रीष्टका अनुयायीहरूलाई पहिलो पटक ख्रीष्टियान
भनिएको थियो (प्रेरित ११:२६) ।
जोनका पिता उच्च
तहका सैनिक अधिकारी
थिए । तर
तिनी जन्मेको केही
समय बित्न नपाउँदै
बुबाको मृत्यु भएपछि तिनलाई
हुर्काउने जिम्मा आमाको काँधमा
परेको थियो ।
जोनले
एन्टिओखियामा उत्कृष्ट शिक्षा हासिल
गरे । बिस
वर्षको उमेरमा येशूलाई विश्वास
गरेका र तेइस
वर्षको उमेरमा पानीको बप्तिस्मा
लिएका जोनले वकिल
पेसालाई अङ्गाल्ने आफ्नो उद्देश्यलाई
त्यागी आफ्नो पुरै समय
मण्डलीको निम्ति समर्पित गरे
। परमेश्वरले तिनमा
भएको वाक्पटुताको क्षमतालाई
उहाँको राज्य बिस्तारको निम्ति
तयार पार्दै हुनुहुन्थ्यो
।
तिनले
बाह् वर्षसम्म एन्टिओखियाको
मण्डलीमा प्रचार गरे ।
एउटै विषयमा वा
एउटै पुस्तकबाट श्रृङ्खलाबद्ध
रूपमा प्रचार गर्नु
तिनको आदत थियो
। तिनको प्रवचन
सुन्न मानिसहरूको भिड
लाग्ने गथ्र्यो ।
जोन
प्रचारको निम्ति यति प्रसिद्ध
भए कि कन्स्टेनटिनोपलकी
सम्राज्ञीले तिनी दरबारको
निम्ति प्रचारक बनेको चाहिन्
र तिनलाई अपहरण
गराएर दरबारमा ल्याइन्
। निडर प्रचारक
जोनले धर्मशास्त्रको यथार्थतालाई
निर्भिकतासाथ प्रस्तुत गर्थे ।
भोग
विलास, भ्रष्टता, अनैतिकताले भरिएको
एउटा विशाल सहर
थियो कन्स्टेनटिनोपल ।
यी सबै दुष्टयाईंहरूको
विरुद्धमा जोनले जोडदार रूपमा
प्रचार गर्थे । तिनको
प्रवचनबाट ठेस पुर्याइएका
धेरै मानिसहरूमध्ये एक
थिइन्— सम्राज्ञी इयुडोसिया ।
प्रचारक
जोनदेखि सम्राज्ञी निकै बेखुसी
भइन् र उनले
तिनलाई निर्वासनमा पठाइदिइन् ।
छोटो समय निर्वासनमा
बिताएर फर्केपछि जोन झनै पापको
विरुद्धमा उर्लिन थाले ।
तिनले खुलमखुला सम्राज्ञीको
विरोध गरे ।
सम्राट्ले तिनलाई अपदस्थ गरे
तर जोन त्यसलाई
स्वीकार गर्न राजी
भएनन् । बप्तिस्माको
विधि जारी भइरहेको
मण्डलीमा सम्राट्ले सेना पठाए
र आराधकहरूको रगत
बप्तिस्माको पानीसितै मिसियो ।
जोनलाई पुन: निर्वासनमा
पठाइयो ।
जोन
निर्वासनमा छँदा पनि
तिनको प्रभाव जारी
नै थियो किनकि
विभिन्न ठाउँका मानिसहरू तिनलाई
भेट्न त्यहीँ पुग्थे
। सम्राज्ञीलाई तिनको
प्रभाव असह्य भएको थियो
। त्यसैले उनले
प्रचारकलाई अर्कै ठाउँमा पठाउने निधो गरिन्
। सिपाहीहरूले बाटोमा
तिनीसँग निर्ममतापूर्वक व्यवहार गरे ।
फलस्वरूप ख्रीष्टाब्द ४०७ मा
यात्रामा नै तिनको
निधन भयो ।
तिनको
शवलाई अनिश्चित ठाउँमा
दफन गरिएको भए
तापनि पछि मण्डलीले
तिनको आदर गर्दै
त्यहाँबाट तिनको लासलाई झिकी
कन्स्टेनटिनोपलमा लग्यो । सतावटको
बिगबिगी नभएको अवस्थामा तिनी
आफ्नो विश्वासको निम्ति
सहिद भएर बिदा
भएका थिए ।