menu bar

Tuesday, August 18, 2015

आखिरी घडीसम्म विश्वासयोग्य मिसनरी आलेन गार्डिनर



आलेन गार्डिनर परमेश्वरका एक विश्वासयोग्य मिसनरीको नाउँ हो अठारौँ शताब्दीमा जन्मेका ब्रिटिस नागरिक गार्डिनर दक्षिण अमेरिकामा पर्ने पाटागोनिया भन्ने ठाउँमा मिसनरी भएर गएका थिए

आफ्नो मुक्तिदाताको सेवा गर्ने क्रममा गार्डिनरले जीवनमा थुप्रै कठिनाइ दु:खकष्टहरू झेल्नुपर्यो विपत्तिका बाबजुत पनि तिनले भने, “परमेश्वरले मलाई शक्ति प्रदान गर्नुभएसम्म असफलताले मलाई त्रसित पार्नेछैन

ख्रीष्टाब्द १८५१ मा ५७ वर्षको उमेरमा तिनी यस धरतीबाट बिदा भए दक्षिण अमेरिकामा पर्ने पिक्टोन नाउँ गरेको टापुमा सेवा गर्ने क्रममा रोग भोकले गर्दा तिनको निधन भएको थियो तिनको मृत शरीरनेर तिनको दैनिकी पाइएको थियो जसमा तिनले भोग्नुपरेका भोक, प्यास, चोट पटक एकलोपनाबारे अभिलिखित गरिएको थियो उक्त दैनिकीको अन्त्यमा तिनले पढ्न सक्ने गरी यी हरफहरू लेख्ने सङ्घर्ष गरेका थिए, “परमेश्वरको भलाइको संवेगले अभिभूत भएको छु ”    

Leave Your Comments Here.