“येशू
साँचो मुक्तिदाता हुनुहुन्छ
कि हुनुहुन्न भनी
मैले बिहानै प्रार्थना
गर्दा मैले बाँसुरीको
प्रस्ट आवाज र
बन्दुक पड्केको ठुलो आवाज
सुनेँ जसले कोठा
नै हल्लाइदिए ।
मैले माथिबाट मलाई
तिन पटक बोलाइएको
आवाज सुनेँ, ‘सन
चु किल, सन
चु किल, सन
चु किल !’ म
थर्थर काँपेँ र
मेरो शिर नै
नउठाई मैले भनेँ,
‘पिता परमेश्वर जसले
मलाई प्रेम गर्नुहुन्छ,
मेरा पाप क्षमा
गरिदिनुहोस् र मलाई
बचाउनुहोस् ।’ आँसु
झार्दै म ठुलो
स्वरमा चिच्च्याएँ । मेरो
शरीर तातो भयो
र मैले जोशकासाथ
प्रार्थना गरेँ ।”
ख्रीष्टाब्द
१८९६ मा २७
वर्षको उमेरमा सन चु
किलले अनुभव गरेको
आत्मिक परिवर्तनको बयान हो
यो । ख्रीष्टियान
हुनुअगि तिनी ताओ
धर्मावलम्बी थिए ।
कोरियाई
ख्रीष्टियान इतिहासमा सन चु
किलको नाउँ अग्रपङ्क्तिमा
आउँछ । तिनी
नै पहिलो अभिषिक्त
पास्टर थिए ।
कोरियाई मण्डलीको स्वरूपको स्थापना
गर्ने ख्रीष्टाब्द १९०७
को महान् जागृतिका
हिमायती सनलाई प्रायश: “कोरियाई
मण्डलीका पिता” भनिएको छ
।
१५
मार्च १८६९ मा
सन चु किलको
जन्म कोरियामा भएको
थियो । तिन
वर्षको उमेरदेखि नै तिनले
चिनियाँ साहित्यमा दख्खल प्राप्त
तिनकी आमाबाट चिनियाँ
वर्णमाला सिक्न थालेका थिए
। सात वर्षको
उमेरमा तिनी स्कुलमा
प्रवेश गरे ।
एघार वर्षको उमेरमा
बिहे गरेका सन
वर्तमान संसारदेखि वाक्क भएर
धार्मिक जगत्मा प्रवेश गरेका
थिए ।
प्योङयोङमा
सन ताओ धर्मका
ख्यातिप्राप्त अगुवाको रूपमा चिनिए
। दस वर्षको
तालिमपश्चात् तिनले अलौकिक शक्तिहरू
प्राप्त गरे ।
तथापि ताओ धर्मले
तिनको आत्मिक भोकलाई
तृप्त पार्न भने
सकेन ।
अमेरिकी
मिसनरी समुएल ए. मोफेटसँगको
भेटले सनको जीवनमा
उल्लेखनीय परिवर्तन ल्यायो ।
ती मिसनरीले प्योङ्योङमा
सुसमाचार प्रचार गर्न थाले
जसले सनको ध्यान
पनि खिँच्यो ।
तिनी ख्रीष्टियान विश्वासबारे
जान्न उत्सुक भए
। सन नयाँ
धर्मदेखि डराएका थिए यद्यपि
तिनी यसबारे उत्सुक
थिए । तिनले
बाइबल पढ्न थाले
तर बाइबलले तिनलाई
छोएन । त्यसैले,
तिनी ताओ धर्ममा
नै केन्द्रित हुन
थाले ।
सनका
घनिष्ठ मित्र किम जो
पहिले नै ख्रीष्टियान
बनिसकेका थिए तिनले
सनको हातमा दुई
ओटा पुस्तक थमाइदिए:
पिलग्रिम्स
प्रोग्रेस
र मोफेटद्वारा अनूदित
क्याटेकिज्म
। सनले ख्रीष्टियान
विश्वासलाई अङ्गाल्नुमा यी दुई
ओटा पुस्तकले उल्लेखनीय
प्रभाव पारेका थिए ।
आफ्नो जीवन
प्रभु येशूमा समर्पित
गरेपछि तिनी प्योङयोङस्थित
सेन्ट्रल
प्रेसबिटेरिएन
चर्चमा गए
र १५ अगस्ट
१८९६ तिनले पानीको
बप्तिस्मा लिए ।
अन्तत: तिनी त्यही
मण्डलीको पास्टर बने ।
मण्डली भवन बनाउनको
लागि तिनले आफ्नो
जग्गा योगदान गरे
र तिनको जग्गामा
नयाँ मण्डली भवन
खडा गरियो ।
२५
नोभेम्बर १९३५ मा
सनले जागृति सभालाई
अगुवाई गरिरहँदा तिनले आघातको
महसुस गरे र
त्यसको भोलिपल्ट तिनी प्रभुमा
सुते ।