menu bar

Sunday, August 2, 2015

नामुद जँड्याहाबाट लोकप्रिय बाइबलको सम्पादक बनेका स्कोफिल्ड



वर्षौंअगिको कुरो हो अमेरिकाको मिसौरी राज्यमा अवस्थित सन्त लुइस सहरमा कुनै एक जना वकिल एक ख्रीष्टियानकहाँ गए, व्यापारको सिलसिलामा दुई जना एक अर्काबाट बिदा हुनुअगि ख्रीष्टियान व्यक्तिले भने, “तपाईंलाई प्राय: एउटा प्रश्न सोध्न चाहन्थेँ तर मलाई डर लागेको

वकिलले भने, “के जान्न चाहनुहुन्छ ?”

ती मानिसले जिज्ञासा पोखे, “तपाईं ख्रीष्टियान हुनुहुन्छ कि हुनुहुन्न होला ?”

वकिलले टाउको हल्लाउँदै भने, “कुनै पनि जँड्याहा परमेश्वरको राज्यभित्र प्रवेश गर्न सक्दैन भनी बाइबलले बताउँछ भन्ने कुरो मलाई थाहा , मेरो कमजोरी के हो तपाईं जान्नुहुन्छ !”

तपाईंले मेरो प्रश्नको उत्तर दिइरहनुभएको छैन”, विश्वासीले भने

साँचो भन्नुपर्दा, कसरी ख्रीष्टियान हुने भन्ने विषयमा कसैले मलाई व्याख्या गरेको मलाई याद छैन”, वकिलले जान्ने उत्सुकता जाहेर गर्यो

बाइबललाई उठाउँदै ती ख्रीष्टियानले बाइबलबाट केही पदहरू पढे सबै मानिसहरू दण्डको भागिदर भए तापनि ख्रीष्ट हराएकाहरूलाई खोज्न आएनुभएको थियो भनी तिनलाई देखाए तिनले जारी राखे, “उहाँ तपाईंको पापको सट्टामा मर्नुभएको थियो उहाँ तपाईंको मुक्तिदाता हुनुहुन्छ भनी तपाईंले स्वीकार गर्नुभयो भने तपाईंले क्षमा पाउनुहुनेछ यदि येशूलाई ग्रहण गर्न तपाईं इच्छुक हुनुहुन्छ भने आउनुस् हामी सँगसँगै प्रार्थना गरौँ

वकिल सहमत भए आफ्नो पालो आएपछि तिनले व्यक्त गरे, “हे येशू, रक्सीको दास बनेको छु कसरी उद्धार पाउने भनी तपाईंका एक जना दासले मलाई देखाएको हे परमेश्वर, मेरा पाप क्षमा गरिदिनुहोस् मेरो जीवनमा भएको यस भयानक आदतको शक्तिमाथि विजय हासिल गर्न मलाई मद्दत गरिदिनुहोस् त्यहीँ नै तिनले प्रभु येशूमाथि विश्वास गरे

ती वकिल अरू कोही नभएर सी. आई. स्कोफिल्ड थिए जसले पछि स्कोफिल्ड रेफेरेन्स बाइबलको सम्पादन गरे तिनकै नाउँमा राखिएको यस बाइबलले निकै लोकप्रियता कमायो ख्रीष्टाब्द १८४३ मा अमेरिकामा जन्मेका स्कोफिल्ड ईश्वरशास्त्री, सेवक लेखक कहलाइए       

Leave Your Comments Here.