तिनको
नाउँ हो, चिफ
तारिरी । तिनी
दक्षिण अमेरिकाको पश्चिममा पर्ने
पेरू नामक राष्ट्रका जङ्गली आदिवासी
थिए । तिनी
थिए मान्छेको शिकार
गर्नेहरूका मुखिया । तिनी
यति डरलाग्दा थिए
कि तिनले अन्य
दस जना मुखियालाई
मारेर तिनीहरूका टाउका
गेँडिदिएका थिए ।
तिनले ती टाउकाहरूको
प्रयोग गरी आफ्नो
कुटीको सामु भएका
खम्बाहरूलाई सजाएका थिए ।
तिनले जङ्गलमा बस्ने
अन्य कैयौँ मानिसहरूलाई
पनि मृत्युको मुखमा
पुर्याइदिएका
थिए । तिनी
देखेर पेरुका सेना
पनि त्रसित हुन्थे
र तिनको इलाकामा
जाने आँट गर्दैनथ्ये
।
तर
लोरेट्टा एन्डरसन र डोरिक
कोस नाउँ गरेका
दुई जना बाइबल
अनुवादकहरूले तारिरीको क्षेत्रमा जाने
आँट गरे ।
ती अनुवादकहरूले आफूसित
कलम, सिसाकलम, बाइबलजस्ता
सामग्रीबाहेक अन्य कुनै
हातहतियार बोकेनन् । लाग्थ्यो,
तिनीहरू मृत्युको मुखमा होमिँदै
थिए । तर
परमेश्वरको प्रबन्ध बुझिनसक्ने छ
। ती डरलाग्दा
मुखियाले अनुवादकहरूप्रति स्नेह प्रकट गरे
। निश्चय नै,
अनुवादकहरूको कुनै पनि
गतिविधि तिनको निम्ति त्रासदीपूर्ण
नभएकोले तिनले ती अनुवादकद्वयमाथि
हमला नगरेको हुनुपर्छ
।
ती
दुई अनुवादकले अनौठो
र अज्ञात प्रेमलाई
प्रदर्शन गरे जसले
मुखियालाई उत्सुक तुल्यायो ।
तिनीहरूले मुखियाको भाषा सिके
अनि परमेश्वरले संसारलाई
गर्नुभएको महान् प्रेमको विषयमा
बताए ।
अन्ततोगत्वा,
ख्रीष्टको सुसमाचारको शक्तिले ती
कठोर मुखियको ह्दयलाई
नरम बनायो अनि
तिनले आफ्नो जीवन
प्रभु येशूमा सुम्पे
। तिनी ख्रीष्टमा
आएपछि तिनले आफ्ना
जातिका झण्डै दुई सय
मानिसहरूलाई प्रभु येशूमा डोर्याए
। ख्रीष्टाब्द १९६४
मा अमेरिकाको न्युयोर्क
सहरमा भएको विश्व
मेलामा स्विच दबाउने काम
यी मुखियाले नै
गरेका थिए ।