उन्नाइसौँ
शताब्दीका अमेरिकाका ख्याति प्राप्त
प्रचारकसाथै प्रकाशकको नाउँ हो,
डी. एल. मुडी
। मुडी बाइबल
इन्स्टिच्युटसाथै मुडी प्रकाशनका संस्थापक
मुडीले मुडी चर्च
पनि स्थापना गरेका
थिए । सुसमाचारको
निम्ति प्रतिबद्ध मुडीले हरेक
दिन कम्तीमा एक
जना व्यक्तिलाई येशूको
बारेमा बताउने करार नै
बाँधेका थिए परमेश्वरसित
।
एक
रातको कुरो हो
। झण्डै दस
बजिसकेको हुन्छ । मुडीले
त्यस दिन सुसमाचार
नै नसुनाएको याद
गरे तिनले ।
तिनी राती नै
सडकमा निस्के ।
सिकागोस्थित लेक
स्ट्रिट
नामक सडकमा राखिएको
बत्तीको खम्बानेर उभिएको मान्छेलाई
तिनले सोधे, “के
तपाईं ख्रीष्टियान हुनुहुन्छ
?” त्यो मान्छे रिसले चुर
भयो । उसले
मुडीलाई नालामा फ्याँकिदिने धम्की
दियो ।
पछि
त्यो मान्छे मण्डलीको
एल्डरकहाँ गयो र
मुडीको विषयमा उसले गुनासो
पोख्यो, “सिकागोमा दस जना
मानिसले गरेको भलाइभन्दा मुडी
एकलैले बेसी हानि
गर्दै छन् ।”
आफ्नो उत्साहलाई काबुमा
राख्न एल्डरले मुडीलाई
बिन्ती गरे ।
तिन महिनापछि वाईएमसीए
नामक सङ्गठनको अफिसमा
कसैले ढोका ढकढक
गर्यो
र मुडी ब्युँझिए
। यो त्यही
मानिस थियो जसलाई
मुडीले सुसमाचार सुनाएका थिए
। उसले मुडीलाई
भन्यो, “मेरो आत्माको
बारेमा म तपाईंसँग
कुराकानी गर्न चाहन्छु
।” मुडीसित आफूले
गरेको रुखो व्यवहारप्रति
उसले खेद प्रकट
गर्यो
। मुडीले सुसमाचार
सुनाएको रातदेखि उसलाई चैन
भएको थिएन भनेर
पनि उसले बतायो
। मुडीले उसलाई
प्रभुमा डोर्याए र
ऊ मण्डलीको जोसिलो
सेवक बन्यो ।