आफ्नो
दोस्रो आगमनको समयबारे बोल्नुहुँदै
येशूले भन्नुभयो, “तर त्यस
दिन र त्यस
घडीको विषयमा पिताले
बाहेक अरू कसैले
जान्दैन, न त
स्वर्गमा हुने स्वर्गदूतहरूले
न त पुत्रले”
(मर्कूस १३:३२)
। परमेश्वरको एउटा
गुण हो— उहाँ
सर्वज्ञानी हुनुहुन्छ अर्थात् उहाँलाई
हरेक कुरो थाहा
छ । हरेक
कुरोभित्र भूत, वर्तमान
र भविष्यसाथै वास्तविक
र अवास्तविक सबै
कुरो पर्छन् ।
यदि येशू परमेश्वर
हुनुहुन्छ भने कसरी
उहाँलाई आफ्नो आगमनको समय
थाहा नहुन सक्छ
?
येशू
उही समयमा परमेश्वर
र मानिस दुवै
हुनुहुन्थ्यो । उहाँमा
ईश्वरीय र मानवीय
दुवै स्वभावहरू थिए
। एकातिर, उहाँको
जीवनमा पुरा भएका
मनग्गे मसीहसम्बन्धी भविष्यवाणीहरू, उहाँको पापरहित जीवन
र उहाँको शारीरिक
पुनरुत्थानले उहाँको ईश्वरत्वको पुष्टि
गर्छन् भने अर्कोतिर,
उहाँको शारीरिक जन्म, सामान्य
हुर्काइसाथै मृत्युले उहाँको मानवताको
पुष्टि गर्छन् ।
परमेश्वरको
रूपमा येशूलाई आफ्नो
आगमनको घडी राम्ररी
थाहा थियो तर
मानिसको रूपमा उहाँ त्यस
समयबारे अनभिज्ञ हुनुहुन्थ्यो ।
परमेश्वरको रूपमा उहाँ असीमित
हुनुहुन्छ भने मानिसको
रूपमा सीमित ।
मानिसको रूपमा “येशू बुद्धिमा,
कदमा र परमेश्वर
र मानिसहरूको अनुग्रहमा
बढ्दैजानुभयो” (लूका २:५२) ।
तर परमेश्वरको रूपमा
उहाँको “वैभव र
बुद्धि र ज्ञान
कति गहिरो” छ
! (रोमी ११:३३)
।
त्यसकारण,
हामी निष्कर्ष निकाल्न
सक्छौँ कि उहाँले
आफ्नो आगमनको घडीबारे
उहाँलाई थाहा थिएन
भन्नुहुँदा उहाँले मानवीय दृष्टिकोणबाट
बोल्दै हुनुहुन्थ्यो । यस्तो
कथन उहाँ परमेश्वर
हुनुहुन्छ भन्ने इन्कार होइन
बरु उहाँ मानिस
हुनुहुन्छ भन्ने स्वीकार हो
।