menu bar

Thursday, August 27, 2015

पर्चा पढेर ख्रीष्टियान बनेका अमेरिकामाथि आक्रमण गर्ने जापानी कप्तानको घतलाग्दो कथा


डिसेम्बर १९४१ को दिन अमेरिकाको लागि दु:खको दिन साबित हुन पुग्यो उक्त दिन जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गर्यो परिणामत: अमेरिका दोस्रो विश्वयुद्धमा होमियो यस आक्रमणमा अमेरिकाले आफ्ना ,४०० जनतासहित ठुलो क्षति बेहोर्नुपर्यो जापानी कप्तान मित्सु फुचिडाले यस आक्रमणको अगुवाइ गरेका थिए

वर्षसम्म लम्बिएको दोस्रो विश्व युद्ध समाप्त भएपछि कप्तान फुचिडा जीवनको यस्तो घडीमा आइपुगे कि तिनी निराशपूर्ण जीवन जिउँदै थिए कुनै एक अपरिचित अमेरिकनले कप्तानको हातमा एउटा पर्चा थमाइदियो तिनी त्यस पर्चामा लेखिएको सत्य कथाबाट यति उत्साही भए कि तिनले ख्रीष्टियान मिसनरीहरू बाइबलको खोजी गरे त्यो पर्चा जापानको जेलमा परेका नास्तिक पाइलटको विषयमा थियो जसले झ्यालखानामा नै बाइबल पढेर प्रभु येशूलाई अङ्गालेका थिए त्यो पर्चा यति शक्तिशाली साबित हुन पुग्यो कि ख्रीष्टाब्द १९५० मा कप्तान फुचिडाले आफ्नो जीवन प्रभु येशूमा सुम्पे तिनी सामान्य विश्वासीमा मात्र सीमित रहेनन् तर ख्रीष्टको प्रेम बाँड्न तिनी आफ्नो देशको विभिन्न भूभागसाथै अमेरिकासम्म पुगे तिनी एक परिचित सुसमाचार प्रचारक बने आफ्नो परिवर्तनको कथा बताउन तिनले अमेरिकासाथै युरोप चाहारे
  
पर्ल हार्बरमा आक्रमण गरेको पच्चिसौँ वार्षिकोत्सवमा त्यस भूमिमा फुचिडा आफै पनि सामेल भए बाँचेकाहरूका निम्ति तिनले हातमा एउटा उपहार लिएर आएका थिए त्यो थियोलूका २३:३४ कुँदिएको बाइबल यस पदमा येशूले आफैलाई सताउनेहरूलाई क्षमा दिइओस् भनी पितासँग बिन्ती गर्नुभएको , “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन् फुचिडाले क्षमाको लागि बिन्ती गरे किनभने ठिक २५ वर्षअगि आफ्नो नैतिक अज्ञानतामा तिनले उक्त भूमिमा आक्रमण गरेका थिए ख्रीष्टाब्द १९७६ मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म फुचिडाले विश्वसनीयतासाथ आफ्ना मुक्तिदाताको सेवा गरे

    

Leave Your Comments Here.