ख्रीष्टाब्द
१५०६ मा वर्तमान
स्पेनको भूमिमा जन्मिएका फ्रान्सिस
जेभियरले आफ्नो जीवन मोजमज्जामा बिताएका
थिए । तिनको
परिवारमा जन्मेका पाँच जना
सन्तानमध्ये तिनी कान्छा
थिए । तिनका
बुबा आमाले तिनी
मण्डलीको सेवामा उत्रेको चाहना
राखे तापनि तिनी
बागी बने ।
संसारको सुखचैनमा रमाउन चाहने
जेभियर समय बित्दै
गएपछि संसारका ती
कुराहरूबाट पनि वाक्क
बने ।
यसै
क्रममा जेभियरको भेट इग्नेसियस
लोयोला नाउँ गरेको
समर्पित ख्रीष्टियान व्यक्तिसित भयो
। एक रात
ती दुई जना
बातचित गर्दै थिए ।
लोयोलाले मत्तीको सुसमाचारमा उल्लिखित
येशूको भनाइलाई उद्धृत गरे,
“सारा जगत् प्राप्त
गरेर पनि आफ्नो प्राण
गुमायो भने, मानिसलाई
के लाभ हुन्छ
? अथवा मानिसले आफ्नो प्राणको सट्टामा
के दिन सक्छ
?” (मत्ती १६:२६)
। येशूका यी
वचनहरूले तिनको ह्दयलाई डामे
। तत्काल तिनले
आफ्नो जीवन येशूमा समर्पित गरे
।
परमेश्वरले
जेभियरलाई यति अद्भूत
रूपमा चलाउनुभयो कि
तिनी मण्डली इतिहासकै
महानतम मिसनरीहरूमध्ये एक बने
। तिनी येशूको समाज नामक संस्थाका
सह–संस्थापक हुन्
। ख्रीष्टियान मिसनरीहरू
नपुगेका विभिन्न मुलुकहरूमा तिनी
पहिलो पटक येशूको
सन्देश लिएर गए
।