उत्तर
अमेरिकामा पर्ने एउटा देशको
नाउँ हो, क्यानडा
। यो राष्ट्रको
पश्चिममा अल्बर्टा नाउँ गरेको
प्रान्त पर्दछ । जब
पहिलो पटक येशू
ख्रीष्टको सुसमाचार लिएर मिसनरीहरू
यस प्रान्तमा आइपुगे
क्रि इन्डियन नामक
जातिको मुखियाले मिसनरीहरूलाई निर्दयतापूर्वक
विरोध गरे ।
ती मुखियाको नाउँ
थियो— मास्केपेटुन ।
तर परमेश्वरले तिनको
ह्दयमा बिस्तारै काम गरिरहनुभएको
थियो । एउटा
यस्तो समय आयो
जुन बेला तिनले
आफ्नो जीवन येशूमा
अर्पण गरे ।
अब तिनी ख्रीष्टियान
विरोधी रहेनन्, बरु ख्रीष्टियान
मूल्य मान्यतालाई अङ्गाल्ने
ख्रीष्टको सेवक बने
।
तिनले
येशूमाथि विश्वास गरेको केही
समय बितेपछि ब्ल्याकफुट
नाउँ गरेको जातिको
एक जना सदस्यले
ती मुखियाको पिताको
हत्या गरिदियो ।
मास्केपेटुन त्यस हत्याराको
गाउँमा गए र
उसलाई तिनको सामु
हाजिर गराइयोस् भनी
अनुरोध गरे ।
त्यस दोषी मानिसलाई
मुखियाले भने, “तपाईंले मेरा
पिताको हत्या गर्नुभएको छ
। त्यसैले, अब
तपाईं नै मेरा
पिता हुनुपर्छ ।
तपाईं मेरो सबैभन्दा
उत्तम घोडामा सवार
हुनुपर्छ र तपाईंले
मेरो सबैभन्दा उत्तम
वस्त्र धारण गर्नुपर्छ
।”
तिन
छक खाँदै पश्चात्तापले
लज्जित भएर मुखियाका
शत्रुले भन्यो, “मेरो छोरो,
अब तपाईंले मलाई
मार्नुभएको छ !” तिनको
भनाइको अर्थ यही
थियो कि तिनको
ह्दयमा भएको घृणा
ती मुखियाको क्षमा
र दयाको कारणले
पूर्णत: हटेर गएको
थियो ।
आफ्नो शत्रुलाई पनि क्षमा
दिनुपर्छ भन्ने येशूको शिक्षालाई
ती मुखियाले वास्तवमै
आफ्नो जीवनमा उतारेका
थिए ।