भौतिकशास्त्रसम्बन्धी
हालैका सिद्धान्तहरूको दृष्टिकोणबाट हेर्दा ख्रीष्टियमत केवल
धर्म होइन तर
परीक्षणात्मक तवरले जाँच गर्न
सकिने विज्ञान हो
।
फ्र्याङ्क जे.
टिप्लर,
भौतिकशास्त्रीसाथै
विश्व–उत्पत्तिशास्त्रविद्
बौद्धिक
संरचनाको सन्निकट प्रतिफल छ:
यसले डार्बिनवादी विकासवादको
नास्तिकवादी सम्पत्तिलाई नष्ट पार्छ
। बौद्धिक संरचनाले
बौद्धिक रूपमा सन्तुष्ट नास्तिक
हुन असम्भव बनाइदिन्छ
।
विलियम ए.
डेम्ब्स्की,
गणितज्ञ,
दार्शनिकसाथै
ईश्वरशास्त्री
बाइबलको
परमेश्वर जिनोम [कुनै
पनि जीवनको आनुवंशिक
अंश] को
पनि परमेश्वर हुनुहुन्छ
। उहाँलाई मण्डलीमा
वा प्रयोगशालामा आराधना
चढाउन सकिन्छ ।
उहाँको सृष्टि तेजस्वी, विस्मयकारी,
धेरै जटिल र
सुन्दर छ ।
फ्रान्सिस एस.
कोलिन्स,
जेनोमविद्
एउटा
अङ्ग्रेजी वाक्य वा कम्प्युटर
सफ्टवेरमा भएको जानकारी
मसीको रसायनशास्त्र वा
चुम्बकको भौतिकशास्त्रबाट व्युत्पन्न हुँदैन तर
[त्यो]
भौतिकशास्त्र र रसायनशास्त्रभन्दा
बाहिरी स्रोतबाट आउँछ ।
वास्तवमा दुवै अवस्थाहरूमा
सन्देश माध्यमको धर्मभन्दा परबाट
आउँछ । डीएनएमा
भएको जानकारी पनि
यसको भौतिक माध्यमभन्दा
परबाट आउँछ ।
स्टिफेन सी.
मेएर,
लेखकसाथै
विज्ञानका
दार्शनिक
एउटा
खगोलविद्को लागि विश्व–ब्रम्हाण्डको बारेमा भएको सबैभन्दा
आश्चर्यपूर्ण कुरो यसको
विशाल आकार होइन
न त यसको
लामो आयु नै
हो, न त यसका सिमाहरूभित्र
हुने शक्तिहरूको उग्रता
नै हो ।
खगोलविद्लाई छक्क पार्ने
कुरो त यसको
सिद्ध सुव्यवस्थित अवस्था
हो । हाम्रो
सौर्य प्रणालीको स–साना भूउपग्रहहरूदेखि
लिएर हामीभन्दा धेरै
पर रहेका विशाल
तारापुञ्जहरूसम्म भ्रमको कुनै सङ्केत
पाईंदैन । कुनै
पनि कुरो रीत
नपुर्याई
गरिएको छैन ।
विश्वको सुव्यवस्थित अवस्था विज्ञानको
सर्वोत्तम खोज हो
।
एफ. आर.
मोल्टन,
खगोलविद्
वैज्ञानिक
सिद्धान्तको वर्तमान अवस्थाबाट हेर्दा
मेरो विचारमा विश्वव्यापी
चेतना वा वचन
उचित सम्भाव्य निष्कर्ष
हो ।
आर्थुर एडिङ्गटन,
खगोलव्दि,
भौतिकशास्त्रीसाथै
गणितज्ञ
यदि
यो विश्वलाई सर्वाधिक
कडा मापनद्वारा नबनाइएको
भए हामी कहिल्यै
पनि अस्तित्वमा आउन
सक्नेथिएनौँ । विश्व
मानिसलाई जिउनको लागि सृष्टि
गरिएको थियो भनी
यी परिस्थितिहरूले अङ्कित
गर्छन् भन्ने मेरो राय
रहेको छ ।
जोन ओकिफे,
नासाका
खगोलविद्
[विगत]
५० वर्षभन्दा बेसी
समय लगाएर डीएनए
अनुसन्धनबारे पत्ता लागेका खोजहरूले
संरचनाको पक्षमा नयाँ र
अत्यधिक शक्तिशाली तर्कका लागि
सामग्रीहरू जुटाएका छन् ।
एन्टोनी फ्लु,
दार्शनिक
यो
विश्वको एउटा उद्देश्य
छ भनी भन्छु
म । यो
संयोगवश: अस्तित्वमा आएको होइन
।
रोजर पेनरोज,
भौतिकशास्त्री,
गणितज्ञसाथै
विज्ञानका
दार्शनिक
झण्डै
बिस वर्षअगि विश्व–उत्पत्तिशास्त्रविद्को रूपमा मैले मेरो
पेसाको थालनी गर्दा म
एक दृढ नास्तिक
थिएँ । एक
दिन यहूदी–ख्रीष्टियान
ईश्वरशास्त्रका मुख्य दाबीहरूलाई देखाउने
र अहिले हामीले
बुझेअनुसार यी दाबीहरू
भौतिक विज्ञानका नियमहरूका
सिधा निगमन तर्कहरू
हुन् भन्ने मनसाय
व्यक्त गर्ने पुस्तक लेख्ने
थिएँ भनी मेरो
सबैभन्दा परको सपनामा
पनि मैले कहिल्यै
कल्पना गरेको थिएनँ ।
भौतिकशास्त्रबारे मेरो आफ्नै
विशेष शाखाबाट उत्पन्न
अटल तर्कशास्त्रले मलाई
यी निष्कर्ष निकाल्न
बाध्य पारेको हो
।
फ्र्याङ्क जे. टिप्लर,
भौतिकशास्त्रीसाथै
विश्व–उत्पत्तिशास्त्रविद्
हामीलाई
थाहा छ कि
प्रकृतिलाई सबै सम्भाव्य
गणितको सबैभन्दा उत्कृष्ट नियमद्वारा
व्याख्या गरिन्छ किनभने यसलाई
परमेश्वरले सृजनुभयो ।
अलेक्ज्यान्डर पोलिअकोभ,
भौतिकशास्त्री
कसले
सृजना गरे यी
नियमहरूलाई ? सधैँ परमेश्वरको
आवश्यकता पर्छ भन्ने
कुरामा कुनै प्रश्न
छैन ।
ब्यारी पार्कर,
लेखकसाथै
विश्व–उत्पत्तिशास्त्रविद्
म
विश्वमा र मेरो
जीवनमा परमेश्वरको आवश्यकता देख्दछु
।
आर्थुर एल.
स्काओ,
भौतिकशास्त्री
भौतिक
संसारबारे हाम्रो वैज्ञानिक समझद्वारा
प्रस्तुत यो अति
उत्कृष्ट सुव्यवस्थित अवस्थाले परमेश्वरको
माग गर्दछ ।
भेरा किस्टिकोस्की,
भौतिकशास्त्री,
शिक्षकसाथै
अभियन्ता